ओभर लोडका गाडी नेपाल पठाए आन्दोलन गर्ने

भैरहवा, पुस २०
संयुक्त पश्चिमाञ्चल ट्रक यातायात व्यवसायी समिति तथा लुम्बिनी ट्रक यातायात व्यवसायीले अबका दिनमा भैरहवा भन्सार कार्यालयबाट नेपाल प्रवेश गर्ने मालवाहक ट्रकको क्षमता भन्दा बढी सामान नेपाल प्रवेश गराएमा आन्दोलन गर्ने बताएका छन् । भैरहवाको बाइपासमा भएको पत्रकार सम्मेलनमा व्यवसायीहरुले यस्तो बताएका हुन् ।
ओभरलोडका कारण बाटो र पुलहरु भत्कादै गएको र नेपाली ट्रक व्यवसायी धरासायी भन्ने अवस्था आएपछि स्थानीय प्रशासन साग लामो दुरीका मालवाहक गाडि भन्सारमै भार मिलान गरि पठाउाने सहमति भएतापनि कार्यान्वयनमा नआएकोले यस्ता कार्य तत्काल नरोकिएमा ट्रक व्यवसायीहरु आन्दोलनमा उत्रन बाध्य हुने पश्चिमाञ्चल ट्रक यातायात व्यवसायी समितिका अध्यक्ष टीकाराम गौतमले बताए ।
भारतीय गाडिले ओभरलोड बोक्दा बाटो बिग्रने, नेपाली गाडी धरासायी बन्ने र ओभरलोडकै कारण नवलपरासीको दाउन्नेमा भारतीय गाडी दुर्घटना दिन दिनै बढ्दै जानुका साथै सामान पनि टुटफुट र हराउने गर्दा समेत बेवास्ता गरेकोले अब आन्दोलनमै लाग्नु पर्ने एक मात्र विकल्प रहेको लुम्बिनी ट्रक यातायात व्यवसायी समितिका अध्यक्ष बिष्णु प्रसाद खरेलले बताए । अहिले नेपाल सरकारले लिएको नयाा नीति स्वागत योग्य छ तर त्यसलाई कार्यान्वयमा ल्याउन सबैले आ आफ्नो ठाउाबाट सहयोग गर्न खरेलले आग्रह गरे ।
भारतीय गाडीले टुटफुट हुने सामान ल्याउने गरेकोले सामान भन्सारमै झारेर गाडी पठाउादा खर्च बढ्ने भएकोले भार मिलान गर्न नसकेको भैरहवा भन्सार कार्यालय प्रमुख भूपालराज शाक्यले बताए । ओभरलोड बोकेकै कारण सडकमा दुर्घटना बढ्दै गएको र ओभरलोडका गाडी ट्राफिक नियममा छाड्ने भन्ने नभएकोले यस्तो गतिविधि रोक्न ट्राफिक एक्लैले समाधान गर्न नसक्ने भएकोले यस्ता गाडी भन्सारबाट नै रोक लगाउनु पर्ने ट्राफिक प्रहरी पोष्ट बेलहीयाका इन्चार्ज दामोदर मल्लले बताए । अहिले सम्म ट्राफिकले जरिवाना काटेर गाडीहरु छाड्ने गरेको इन्चार्ज मल्ल बताउाछन् ।

LEAVE A REPLY