बीज भण्डाररुको अनुगमन

हजारौ मुल्य बराबरका सुचिकृत नभएका बीउहरु जफत ।

भैरहवा पौष २१
जिल्ला अनुगमन समितिले भैरहवा क्षेत्र र हाटि बनगाई गाविसमा रहेका बीज भण्डारहरुको अनुगमन गरेको छ ।
नेपाल सरकारले सुचिकृत नगरेका बीउहरु बजारमा बिक्रि बितरण भएको गुनासो कृषकहरुले जिल्ला कृषि विकास कार्यालय रुपन्देहीमा गरेपछि अनुगमन गरेको हो । अनुगमनका क्रममा लुम्बिनी रोडमा रहेको चौरासीया बीज भण्डारबाट टोलीले ६६ हजार ५ सय ५० मुल्य बराबरको सुचिकृत नभएका बीउहरु बरामद गरेको छ । जसमा बोडीको बीउ १९० प्याकेट, फर्सीको २०० प्याकेट, गाजर १८ प्याकेट, घिरौला ५ प्याकेट, बन्दा ५ प्याकेट रहेको बाणिज्य कार्यालयका प्रमुख बेध प्रकाश उपाध्यायले जानकारी दिए ।
अनुगमनका क्रममा बिक्री केन्द्रहरुमा सरकारले बिक्रीका लागी तोकीएका भन्दा बाहीर रहेका बीउ , बीज भण्डार र बिषादी बिक्री एकै ठाउबाट गरेको पाइृएको थियो । त्यसरी बिक्री बितरण गरेका पसलहरुलाई सचेत गराईएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख भोजराज सापकोटाले बताए । त्यसैगरी बिक्री केन्द्रमा तालीम प्राप्त ब्याक्ती रहेको हुनु पर्नेमा जो कोहीले पनि बिक्री गरेको पाईएकाले तालीम प्राप्त ब्यक्तीले मात्र बिक्री बितरण गर्न गराउन निर्देशन दिएको छ ।
टोलीले बीउ बिक्रि गर्नका लागी ईजाजत प्रमाण पत्र लिनु पर्ने जनाएको छ । हाल नेपालमा ६५ वटा बालीका ६ सय ५ वटा जातहरु बिक्री बितरणका लागि सुचिकृत भएका छन् । ति बीउ मात्र बिक्री बितरण गर्न पाईने प्राबधान रहेको जिल्ला कृषि विकास कार्यालयका बाली विकास अधिकृत बिनोद ज्ञवालीले जानकारी दिए । अनुगमनमा जिल्ला प्रशासन कार्यालय, बाणिज्य कार्यालय, जिल्ला कृषि बिकास कार्यालय, कृषि सामाग्री कम्पनी लिमिटेड र पत्रकार सहितको टोलीले अनुगमन गरेको थियो ।

LEAVE A REPLY