जन उत्थानद्वारा साइकल दौड प्रतियोगिता

कोटिहवा पुष २२
जनउत्थान बचत तथा ऋण सहकारी संस्थाले भोलि हुन गइरहेको संस्थाको ११ औं वार्षिकोत्सवको अघिल्लो दिन खुला साइकल दौड प्रतियोगिता शुक्रबार सम्पन्न गरेको छ ।
पछिल्लो समय युवाहरु साइकल भन्दा मोटरसाइकलमा लालायित हुदै गएको अवस्थामा साइकल चढौं स्वस्थ रहौं भन्ने नाराका साथ युवाहरुलाई साइकल चलाउन अभिप्रेरित गर्न साइकल दौड प्रतियोगिता राखिएको संस्थाका अध्यक्ष मेखराज पुनले जानकारी दिए ।
प्रतियोगिताको उद्घाटन गर्दै डिभिजन सहकारी कार्यालय रुपन्देहीका प्रमुख नेत्र प्रसाद घिमिरेले सहकारीले बचत उठाउने र ऋण लगानी मात्र नगरी सहकारीको समुदाय प्रति चासो भन्ने सिद्धान्तमा आधारित विभिन्न सामाजिक कृयाकलापहरु गर्दै आइरहेकोमा संस्थालाई धन्यवाद दिए ।
प्रतियोगितामा ३० जनाले सहभागिता जनाएका थिए । प्रतियोगितामा पन्नीलाल केवट प्रथम, सुन्दर केवट द्वितीय र राजु चौधरी तृतीय भएका थिए । प्रतियोगितामा प्रथम हुनेलाई रु.७०००।—, द्वितीय हुनेलाई रु.५०००।— र तृतीय हुनेलाई रु.३०००।— पुरस्कार शनिबार एक कार्यक्रमका बिचमा प्रदान गरीने छ । साथै सहभागीहरुलाई एक एक वटा टिसर्ट र चिया कपको व्यवस्था गरिएको थियो ।
प्रतियोगिताका विजेताहरुलाई शनिबार २३ गते पशुपति उच्च मा.वि. कोटिहवामा हुन गइरहेको ११ औं जनउत्थान महोत्सवमा पुरस्कार वितरण गरीने छ । कार्यक्रममा संस्थाले गरिब तथा जेहन्दार छात्रवृत्ती, चर्पी निर्माणमा आर्थिक अनुदान, विद्यालय अक्षयकोष सहयोग, युवा विकास अक्षय कोष सहयोग, बाख्रा पालकलाई निब्र्याज ऋण सहयोग जस्ता विभिन्न सामाजिक कृयाकलापहरु पनि गर्ने जनाईएको छ ।
२०६२ पौष १ गते डिभिजन सहकारी कार्यालय रुपन्देहीमा दर्ता भएको यस संस्थामा हाल ८ हजार ४ सय १३ जना शेयर सदस्यहरु र २० जना कर्मचारीहरु छन भने यसको कुल पूजी करिब ७२ करोड छ । संस्थाले यस आर्थिक वर्ष २०७३/७४ को अन्त्य सम्ममा १० हजार शेयर सदस्य र ८३ करोड कुल पूजी पुर्‍याउने लक्ष्य लिएको जनाएको छ ।

LEAVE A REPLY