सिदार्थ होटल एसोसिएसनको आयोजनामा भैरहवामा औद्योगिक ब्यापार मेला शुरु

दिपेश पछाई
भैरहवा,माघ २५,
“आन्तरीक पर्यटन प्रबद्र्धन गरौ, घुमफिर बर्ष २०१७ सफल पारौ” भन्ने नारा सहित सिद्धार्थ होटल एसोसिएसन अफ नेपालको आयोजना तथा रुपन्देही क्रिकेट संघको सहआयोजनामा मंगलबार देखि भैरहवामा राष्ट्रिय पर्यटन प्रबद्र्धन तथा, कृषि तथा औद्योगिक ब्यापार मेला २०७३ शुरु भएको छ ।
महोत्सवको उदघाटन गर्दै आपूर्ति मन्त्री दिपक बोहोराले भैरहवामा मेला तथा अन्य प्रर्दशनीको लागी जग्गा अभाव भएको कारण उद्योगी व्यापारीलाई भैरहवा मण्डपको लागी जग्गा खोजी गर्न आग्रह गरे । उनले भैरहवा मण्डप स्थापनाको लागी आफु पनि सक्दो सहयोग गर्ने उनले प्रतिवद्धता जनाए ।
गौतम बुद्ध अन्तराष्ट्रिय बिमानास्थलका कारण भैरहवाको भविष्य उज्वल भएको कारण अधिग्रहण हुने जग्गाको मुआब्जा प्रक्रिया छिटो मिलाई काम अगाडी बढाउन समेत आग्रह गरे ।
प्रत्येक वर्ष सिद्धार्थ उद्योग वाणिज्य संघ र उद्योग व्यापार संगठनले पालैपालो भैरहवामा महोत्सव आयोजना गर्दै आएपनि यस वर्ष जग्गाको अभावमा उद्योग वाणिज्य संघ महोत्सव स्थगित गरेपछि आफुहरुले महोत्सवको आयोजना गरेको सिद्धार्थ होटल एसोसिएसन अफ नेपालका संयोजक चन्द्र प्रकाश श्रेष्ठले बताए

उदघाटन कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले भैरहवामा मेला र प्रर्दशनी लगायत अन्य ठूला समारोह गर्न स्थलको अभाव रहेको कारण सबै मिलेर यसको निकास खोज्न सुझाव दिएका थिए ।
“आन्तरीक पर्यटन प्रबद्र्धन गरौ,घुमफिर बर्ष सफल पारौ” भन्ने नारा सहित भैरहवामा शुरु भएको मेलामा पर्यटन क्षेत्रका गतिबिधी संगसंगै बिभिन्न क्षेत्रका २ सय ६५ स्टल रहेको छ । मेलामा कृषी,उद्योग, ब्यापार, हस्तकला, तयारी पोशाक, छाला जुत्ता, खाद्यान्न, अटोमोबाईल्स, बैंक तथा बित्तिय सस्था, सूचना प्रबिधी, रेष्टुरेन्ट, बिद्युतिय सामग्री, छाला जुत्ता, लगायतका स्टलहरु रहेको मेला मूल आयोजक समितिका संयोजक चन्द्र प्रकाश श्रेष्ठले बताए ।
पर्यटन प्रबद्र्धन महोत्सब तथा औद्योगिक ब्यापार मेलामा स्वदेशी तथा गुणस्तरीय वस्तु तथा सेवाहरुको उपभोगप्रति उपभोक्ताहरुलाई जागरुक बनाई सीमावर्ती बजारमा पाइने सामानहरु बीचको तुलनात्मक मूल्यका बारेमा उपभोक्ताहरुलाई जानकारी दिने, स्थानीयस्तरमा उत्पादित वास्तुकला तथा हस्तकलाका सामग्रीको बजार प्रबद्र्घन गर्ने, लुम्बिनी क्षेत्रमा मा आन्तरिक र बाह्य पर्यटनलाई प्रबद्र्घन गर्ने, व्यावसायिक क्षेत्रका प्रतिस्पर्धात्मक अवसर र चुनौतीहरुका नवीन संभावनाहरु पहिचान र सदुपयोग गर्ने उद्धेश्यलाई मध्यनजर गर्दै सिद्धार्थ होटल संघले पहिलो पटक मेला आयोजना गर्न गैरहेको र यस्लाई सबैले मिलेर सफल बनाउनु पर्ने अध्यक्ष श्रेष्ठले बताए ।

मेलाको माध्यमबाट स्थानिय पर्यटन स्थलहरुको को प्रवद्र्धन, स्वदेशी उद्योगहरुको उत्पादन तथा सेवाहरुको प्रवद्र्धन तथा प्रचार प्रसार, औधोगिक प्रतिष्ठान र उपभोक्ता बिच प्रत्यक्ष सम्पर्क भेटघाट गराउने अवसर प्रदान गर्ने, स्थानिय स्तरको हस्तकला, घरेलु तथा कृषिजन्य उत्पादनहरुको प्रर्दशनी, नबिन प्रबिधिको प्रर्दशनी हुने भएकाले सबैका लागी मेला अबसर हुने क्रिकेट संघ रुपन्देहीका अध्यक्ष प्रशान्त बिक्रम मल्लले बताए । कार्यक्रममा लुम्बिनी प्रेस क्लबका अध्यक्ष माधव ढुड.गाना , मदिरा ब्यावसायी महासंघका बरिष्ठ उपाध्यक्ष खिम बहादुर खत्री , पर्यटन ब्यावसायी बिक्रम पाण्डे , रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बिनोद प्रकास सिंह , सिदार्थ उधोग बाणीज्य संघका अध्यक्ष राम कुमार शर्मा , साम्सद मनमोहन भट्र्राई लगायतले बोल्दै भैरहवामा जग्गा अभावमा मेला महोत्वस संञ्चालन गर्न कठिनाई भएको बताएका थिए ।
कार्यक्रम उदघाटन पूर्व भैरहवाको देवकोटाचोक बाट बिभिन्न संस्कृति झल्किने झाकी सहित नगर परिक्रमा गरिएको थियो ।

LEAVE A REPLY