नवयुवा हरियो सडेन डेथबाट सेमिफाइनलमा

भैरहवा, माघ २५
नवयुवा खेलकुद तथा सास्कृतिक परिवारको आयोजनामा संचालन भइरहेको सातौं नवयुवा कपको मंगलबार भएको अन्तीम क्वाटरफाईनल खेलमा आयोजक नवयुवाको हरियो टिम सडेन डेथबाट विजयी भएको छ । भीजन युवा क्लब तर्कुला बीच भएको प्रतिस्पर्धामा ० का बिरुद्ध १ गोलले जित हात पारी आयोजक हरियो टिम प्रतियोगिताको सेमिफाईनलमा प्रबेश गरेको हो ।
प्रतियोगितामा निर्धारित समयभीत्र नवयुवा हरियो टिमका खेलाडी सरोज थापाले खेलको २५ औं मिनटमा पहिलो गोल गरेका थिएभने भीजनका खेलाडि हदित गुरुङले खेलको ४५ औं मिनटमा गोल गरी खेललाई बराबरीमा परिणत गरेका थिए । लगत्तै खेल टाई ब्रेकरमा परिणत भएको थियो । तर टाई ब्रेकरमापनि कुनैपनि टिमबाट गोल नभएपछि खेल सडेन डेथमा प्रबेश गरेपछि आयोजक रातोका खेलाडीले खेल जित्न सफल भएको आयोजक संस्थाका सचिव दिनेश पुनले बताए । प्रतियोगितामा भीजन युवा क्लबका टिम क्याप्टेन नविन पुन म्यान अफ द म्याच घोषित भएका थिए भने आयोजक हरियोका खेलाडि जितेश गुरुङ र टिम क्याप्टेन उमेश थापाले खेल बिरुद्ध एलो कार्ड पाएको सचिव पुनले बताए ।
प्रतियोगितामा बुधबारको पहिलो सेमिफाईनल खेल आयोजक रातो टिम र लिस्नु फुटवल क्लब होटिहवा बीच हुने आयोजकले जनाएको छ ।
सहीद दिवसको अवसरमा पडसरीको कर्मडााडा खेल मैदानमा सुरु गरिएकोजिल्ला स्तरीय क्लव स्तरीय नक आउट फुटबल प्रतियोगीतामा प्रथम हुनेले १ लाख ११ हजार १ सय एघार रुपैया, दोस्रो हुनेले ५५ हजार ५ सय ५५ रुपैयाा पुरस्कार प्राप्त गर्ने छन् भने सर्वाधिक गोलकर्ता, सर्वाेत्कृष्ट गोल रक्षक, सर्वाेत्कृष्ट खेलाडि लाई जनही ५–५ हजार प्रदान गरीने छ । जिल्लाका विभिन्न स्थानबाट १४ टिम सहभागी भएको प्रतियोगीता २९ गते समापन हुने आयोजकले जनाएको छ ।

LEAVE A REPLY