गायक अमृत गुरुड.द्धारा बाललिकालाई खेल सामाग्री सहयोग

भैरहवा फागुन १३
नेपथ्य ब्राण्डका गायक अमृत गुरुड.ले बुटवलका बालबालिकालाई खेल सामाग्री वितरण गर्नुभएको छ ।
नेपथ्य सांगीतिक अभियान अन्तरगत बुटवल आएका गायक गुरुड.ले एन्फा एकेडेमीमा फुटबलको आवासिय प्रशिक्षण लिएका बालबालिकालाई खेल सामाग्री दिनुभएको हो । जसमा प्रतियोगिताको समयमा लगाउने जुत्ता, सिनकार्ड लगायत छन् ।
खेल अभ्यास र सुरक्षाका लागि सबैभन्दा बढी यी सामाग्री आवश्यक परेपनि आर्थिक अभावले सबै बालबालिका किन्न सक्ने हैसियतमा नरहेकाले सहयोग गरेको गायक गुरुड.ले बताउनुभयो ।
एन्फा एकेडेमी बुटवलमा हाल विभिन्न जिल्लाका २७ जना बालबालिकाले फुटबलको आवासिय प्रशिक्षण लिइरहेका छन् । खेल आफ्नो र देशको नाम कमाउने तथा सारीरिक र मानसिक स्वास्थ्य राम्रो बनाउने माध्ययम भएपनि धेरै अभिभावकले अझैपनि आफ्ना छोराछोरीलाई खेलाडी बनाउन खोज्दैनन् । गायक गुरुड.ले यो समस्या हटाउन पनि सहयोगको थालनी गरेको बताउनुभयो । बालबालिकाले पढ्न र खेल्न पाउनु पर्छ भन्ने उद्धेश्यका नेपथ्य ब्राण्डले हाल राष्ट्रव्यापि सहयोग र चेतनामूलक अभियान सञ्चालन गरेको छ ।

LEAVE A REPLY