दर्पणछाया २ को टोली बुटवलमा


बुटवल, चैत २
नेपाली चलचित्र दपर्णछाया २ को निर्माण युनिट चलचित्र प्रचारप्रसारको अभियानमा देशव्यापी भ्रमण लागेको छ ।
चलचित्र पत्रकार संघ रुपन्देहीले आयोजना गरेको पत्रकार सम्मेलनमा चलचित्रको निर्माण युनिटले चलचित्रको विषयमा जानाकारी गराउनुका साथै दर्शक सामु बसेर चलचित्र समेत हेरेको छ । डा. लोपसङ लामाको प्रस्तुती चलचित्र दपर्ण छाया २ शुक्रबार देखि अल नेपाल प्रदर्शनमा आएको हो ।
१८ बर्ष पहिलो चलचित्र दपर्णछाया प्रदर्शनमा आएको थियो । चलचित्रका निर्देशक तुल्सी घिमिरेले १८ बर्ष अगाडिको चलचित्रको दोस्रो अध्ययान आएपनि यसका पात्र एवं कथा भने नया रहेको बताए । संगितसाग जोडिएको उक्त चलचित्र पारिबारीक चलचित्र भएको भन्दै चलचित्र हेर्न सिनेमा घर सम्म पुगेका दर्शकलाई चलचित्रले निराश नबनाउने उहाको भनाइ छ । ८४ लाखको लगानीमा निर्माण भएको चलचित्रले करिव २ करोडको कारोबार गर्ने लक्ष्य निर्माण युनिटले गरेको छ ।
चलचित्र सहारा फिल्मको ब्यानरमा निर्माण भएको हो । नायक पुष्पल खडकाले पत्रकार सम्मेलनमा अग्रज संग काम गर्दा धेरै कुरा सिकेको बताए । रामेश्वर कार्कीको छायांकन रहेको फिल्ममा रञ्जित गजमेर र चन्दन लोम्जेलको संगीत राखिएको छ । फिल्मको सम्पादन प्रकाश बराइलीले गरे । चलचित्रमा पुष्पल खडका, साहार कार्की, श्रद्धा प्रसाई, सरोज खनाल, फिरोज, सुमन घिमिरे लगाएका कलाकारहरुको मुख्य भुमिका रहेको छ ।
काठमाडौं र भारतका सिक्किम, दार्जििलङमा छायांकन गरिएको दर्पण छाया २ मा सरोज खनाल, बीएस राणा, शेरबहादुर गुरुङ लगायतको पनि विशेष भूमिका रहेको छ । कार्यक्रम चलचित्र पत्रकार संघ रुपन्देहीका अध्यक्ष सुमन श्रेष्ठको अध्यक्षता तथा सचिव रमेश अर्यालको सञ्चालनमा सम्पन्न भएको थियो ।

LEAVE A REPLY