एमालेको विजयीलाई कुनै शक्तिले रोक्न सक्दैन: उपाध्याय

भैरहवा, २६ चैत ।
नेकपा एमाले सिद्धार्थनगर भैरहवाले चुनावी अभियान तीव्रता दिएको छ ।
आगामी बैशाख ३१ गते हुने स्थानीय निर्वाचनलाई लक्षित कार्यक्रमहरु गरिरहेको पार्टीले जनाएको छ । अभियान अन्तर्गत शनिबार सिद्धार्थनगर नगरपालिका वडा नं. ६, ७ को भेला सम्पन्न भएको छ भने वडा स्तरीय प्रचार प्रसार कार्यालय पनि स्थापना गरिएको छ ।
छुट्टाछुट्टै भेलालाई सम्बोधन गर्दै एमाले पााच नम्बर प्रदेश कमिटी सदस्य पुष्पाञ्जली उपाध्यायले एमालेको विजयीलाई कुनै शक्तिले रोक्न नसक्ने बताइन् । उनले एमाले मात्रै जनहीतमा काम गर्ने सच्चा पार्टी भएको बताउादै पार्टीका सबै कार्यकर्ताहरु एकजुट भएर अभियानमा सहभागी हुनु पर्ने बताइन् । उपाध्यायले पछिल्लो समय एमालेलाई आरोप लगाएर केही शक्तिहरुले सदियौंदेखि मिलेर बसेको समुदायमा फूट ल्याउन लागेको भन्दै त्यसतर्फ सचेत रहन आग्रह गरिन ।
एमाले रुपन्देही जिल्ला कमिटी सदस्य हरिप्रसाद अधिकारीले मधेसको विकासमा एमालेले गरेको योगदान इतिहासले पनि सम्झिरहने बताए । उनले तराईका केही मण्डले प्रवृत्तिका नेताहरुले भन्दैमा एमाले मधेस विरोधी नहुने बरु एमाले आगामी निर्वाचनमा मधेसबाट भारी मतकासाथ विजयी हुने दावी गरे । अधिकारीले सिद्धार्थनगरमा एमालेसाग कुनै शक्तिको पनि प्रतिस्पर्धा नहुने बताउादै कार्यकर्ताहरुलाई चुनाव केन्द्रित कार्यक्रममा होमिन आग्रह गरे ।
भेलालाई सम्बोधन गर्दै एमाले क्षेत्र नं. २ इन्चार्य हितराज पन्थी, पूर्व जिल्ला सचिव राजेन्द्रप्रसाद पन्थी नेताहरु जीवलाल अर्याल, पम्फावति खनाल, उमा अधिकारी, उमा काफ्ले, प्रेमकुमार सेन्चुरी,भरतकुमार पोखरेल, लालमोहम्द पठान, घनेन्द्र विक्रम पाण्डे, शरदचन्द्र श्रीवास्तव, थानेश्वर पौडेलले पार्टीका सबै निकाय एक ढिक्का भएर लागे एमालेले सिद्धार्थनगरका प्रमुख, उपप्रमुखसहित सबै वडाहरुमा वडा अध्यक्षसहित बहुमतले विजयी हुने बताए । उनीहरुले अहिले राष्ट्रियस्तरमै एमालेप्रति जनताको अभिमत सार्वजनिक रुपमै प्रकट भइरहेको बताउादै त्यसलाई बाचयराख्न पार्टीका सबै पंक्ति एक हुनुको विकल्प नरहेको बताए ।
अभियान अन्तर्गत एमाले सिद्धार्थनगरले अहिलेसम्म सिनपा १, २, ३, ८, ९, १२, र १३ को भेला तथा प्रचार प्रसार कार्यालय स्थापना यसअघि नै गरिसकेको जनाएको छ ।

LEAVE A REPLY