वाङ्गला सम्पर्क समाज रुपन्देहीद्धारा शुभकामना आदान प्रदान ।

भैरहवा,चैत्र २६
अर्घाखांची वाङ्गला सम्पर्क समाज रुपन्देहीको आयोजनामा नयां वर्ष २०७४ सालको उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम शनिवार भैरहवामा सम्पन्न भएको छ ।
समाजका अध्यक्ष जिवनाराण अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वाङ्गला मा जन्मेर वा कर्मथलो भएपनि रुपन्देहीका विभिन्न ठाउंमा वसोवास गर्दै आएका वाङ्गला वासीहरुको जमघट रहेको थियो ।
सो अवसरमा बोल्दै समाजका सललाहकार चन्द्रमणि अधिकारी(रामु),कृष्ण प्रसाद भट्टराई,राधा भट्टराई,राधा भुषाल लगायतले बोल्दै एकै स्थानका व्यतिmहरु यसरी जम्मा भएर शुभकामना आदान प्रदान गर्न पाउंदा खुशी लागेको बताए ।
सोही अवसरमा कृष्ण प्रसाद भट्टरईको संयोजकत्वमा समाजको भैरहवा नगर कमिटि समेत गठन गरिएको छ । जसको सहसंयोजकमा सुवास चन्द्र अधिकारी,सदस्यहरुमा राधा भट्टराई,तुलसीराम भट्टराई,मिरा अधिकारी, माया भुषाल खनाल,सावित्री अधिकारी,लेखनाथ अधिकारी,छविलाल भट्टराई,लक्ष्मण न्यौपानेलाई चयन गरिएको छ । यस्तै समाजको सल्लाहकारमा सागर अधिकारी,ठाकुर अधिकारी,जयनारायण श्रेष्ठ,लक्ष्मी पाण्डे रहेका छन् ।
कार्यक्रमको संचालन प्रकाश खनालले गरेका थिए ।

LEAVE A REPLY