लुम्बिनीमा नमस्ते अभियान आईतबार बाट सुरु

भैरहवा चैत २६
अतिथि भगवान हुन् ‘अतिथि देवो भव’ भन्ने हाम्रो मौलिक सभ्यता तथा संस्कृतिलाई व्यवहारिक रूपमा आत्मसात गर्दै पर्यटकहरु प्रति देखाउने व्यवहार, सत्कार तथा आतिथ्यमा पनि सो कुरा प्रतिबिम्बित होस् भन्ने लक्ष्य राख्दै आज आईतबार लुम्बिनीमा ‘नमस्ते अभियान’ सुरु हुदैछ । यो बिषेश अभियान लुम्बिनी सहीत , काठमाण्डौ, पोखरा र चितवनमा पनि एक साथ सुरु हुदैछ ।
नेपालको अर्थतन्त्रको महत्वपुर्ण आधारको रूपमा रहेको पर्यटनलाई थप उर्जाको साथमा विश्वब्यापी रूपमा प्रवर्धन गर्ने उदेश्यले गैर आवासीय नेपाली संघ(एनआरएन) र नेपाल पर्यटन बोर्डको विशेष सक्रियतामा यो कार्यक्रम सुरु हुन लागेको हो ।
गत बर्ष गैर आवासीय नेपाली संघ(एनआरएन) , नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, गैर आवासीय नेपाली संघ– पर्यटन प्रवर्धन समिति तथा निजि क्षेत्रका पर्यटन संघ संस्थाहरुको संयुक्त तत्वाबधानमा अतिथि देवो भव अभियान थालिएको एनआरएनका उपाध्यक्ष तथा नेपाल पर्यटन प्रवर्धन समितिका अध्यक्ष भवन भट्टले बताए ।
उक्त अभियानको उदेश्य बिशेष रूपमा नेपालका विभिन्न पर्यटन सरोकारवालाहरुलाई व्यवसायिकता साथ साथै अतिथि भगवान हुन भन्ने हाम्रो मौलिक सभ्यता तथा संस्कृतिलाई व्यवहारिक रूपमा उतार्नु, पर्यटकलाई गरीने ब्यबहारमा परीबर्तन गर्ने र उनिहरु नेपाल भ्रमणमा आउदा प्रदान गरीने आतिथ्यता सत्कारबाट उनिहरुलाई खुसी मिलोस र पैसा खर्च गरेर पनि यस्तो आत्मसम्मान हुदो रहेछ भन्ने भान उनिहरुमा देपखिने बनाउनका लागी पनि यो कार्यक्रमको सुरुवात भएको हो, भट्टले भने ।
लुम्बिनीमा हुने कार्यक्रमको तयारी पुरा भएको स्थानिय संयोजनकर्ता मनोरञ्जन शर्माले बताए । कार्यक्रम सुभारम्भ अघि लुम्बिनीमा नमस्ते अभियान लेखिएको तुल ब्यानर सहीत अतिथीहरुलाई नमस्ते गर्ने , जस्ता कार्यक्रम रहेको शर्माले बताए । कार्यक्रममा एनआरएनका प्रतिनिधी,लुम्बिनी स्थित बिभिन्न स्वदेशी तथा बिदेशी बिहारका प्रमुख भिक्षुहरु,लुम्बिनी बिकाश कोषका प्रतिनिधीहरु, पर्यटन ब्यबसायी, सरोकारवाला संघसस्थाका प्रतिनिधी, बिभिन्न संघसस्था,उद्योगी ब्यबसायी, संचारकर्मि सहभागी हुने छन् ।

LEAVE A REPLY