‘अतिथि देवो भव:’ अभियान सुरु

लुम्बिनीमा पर्यटकको बसाई लम्ब्याउने कार्यक्रम ल्याउन सुझाव

दिपेश पछाई ,
भैरहवा चैत २७
नेपालमा बाह्य पर्यटक भित्र्राउन आईतबार देखी ‘अतिथि देवो भव:’ अभियान सुरु भएको छ । ‘हाम्रा पाहुनालाई नमस्तेले स्वागत गरौं’ भन्ने नारा दिइएको अभियान लुम्बिनीसगै काठमाडौं, पोखरा र चितवनमा पनि एकैसाथ सुरू गरिएको छ ।
पयर्टन प्रवद्र्धनका लागि भन्दै गैरआवासीय नेपाली संघ (एनआरएनए) र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा आइतबार बाट नमस्ते अभियान सुरू गरिएको हो ।
नेपालमा पर्यटक भित्र्याउन अथिति देवो भव: भन्दै नमस्ते अभियान सुरू भएको हो । बुद्ध जन्मस्थल लुम्बिनीबाट अभियानको सुरूआत गरिएको छ । त्यसअघि लुम्बिनीको महिलवार गेटबाट र्याली निकालिएको थियो ।
नेपालको नेचर, कल्चर र एड्भेञ्चरको परिचय दिदै अतिथिदेवो भव: भन्ने नेपाली संस्कारलाई व्यवहारमा उतार्नका लागि यो अभियान सुरु गरिएको जनाईएको छ ।
‘सत्कारमा पनि नेपाल अगाडि छ भनेर देखाउन तथा आफ्नो संस्कृतिको रुपमा रहेको अतिथि देवो भव:लाई बाह्य देशमा चरितार्थ गर्नका लागि यो अभियान महत्वपूर्ण रहने आयोजकको बिश्वास छ ।
विश्वका ७५ देशमा एनआएनएका राष्ट्रिय समन्वय परिषद् छ । सो परिषदमार्फत विभिन्न देशमा एकजना एनआरएनएले तीनजना पर्यटकलाई नेपाल पठाउने लक्ष्यसहित अभियान सुरु गरिएको आयोजकले जनाएको छ ।
‘विदेशबाट पर्यटक पठाएर मात्रै भएन, उनीहरुलाई राम्रो आतिथ्यता हुनुपर्यो, स्वागत सत्कार राम्रो भयो भने न पर्यटक दोहोर्याएर आउछन् ‘यहाबाट फर्केर आफ्नो देश जादा उनीहरुले साथीभाइलाई पनि भन्छन् त्यसैका लागि अतिथिदेवो भव: र नमस्ते कार्यक्रम ल्याइएको पर्यटक बोर्डका वरिष्ठ अधिकृत प्रदीप बस्नेतले बताए ।

अभियानले विभिन्न देशमा बुद्ध वाज बर्न इन नेपाल, नेपाल डे लगायत कार्यक्रमहरू गर्ने योजना रहेको जनाएको छ ।
एनआरएनएले नमस्ते अभियानअन्तर्गत पर्यटक भित्र्याउन अतिथि देवो भव: लेखिएको लोगोसमेत अन्तर्रा्ष्टि्रयस्तरमा ब्रान्डिङ गर्दै आएको छ । संघका ७५ राष्ट्रमा रहेका शाखामार्फत् लोगोलाई बजारीकरण गरिदै छ ।
पर्यटक आगमन बढाउन पर्यटन बोर्डले नेपालमा स्वागत र सम्मानको कार्यक्रम गर्ने बोर्डका वरिष्ठ अधिकृत प्रदीप बस्नेतले बताए । पर्यटकको भिसा नवीकरणलाई सहज बनाउने, लुम्बिनी क्षेत्रमा नेपाली गाइडलाई प्राथमिकता दिनेजस्ता योजनाहरू बोर्डका छन् ।
लोगोमा गरिने विद्युतीय सेन्सरले लोगो लगाएर नेपाल आउने पर्यटकको विमानस्थलदेखि होटल र ट्याक्सीमा समेत ट्रयाक गरिने योजना छ । तर, यसो गर्दा पर्यटकको प्राइभेसी पूर्ण रूपले सुरक्षित राखिने बस्नेतले जानकारी दिए ।
लुम्बिनीमा पर्यटक आगमन वृद्धि भए पनि बसाइ लम्बिन सकेको छैन । बसाइ लम्ब्याउनका लागि विकास कोषले काम गर्नुपर्ने सरोकारवालाको जोड छ । रूपन्देहीका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहले लुम्बिनीलाई आकर्षक वनाउन र पर्यटकको बसाइ बढाउन सांस्कृतिक कार्यक्रम गर्नुपर्ने बताए ।
लुम्बिनी विकास कोषका सांस्कृतिक सल्लाहकार भिक्षु मैत्रेयले राजदूतावासबाट प्रचारात्मक कार्यक्रम गर्ने हो भने धेरै पर्यटक नेपाल ल्याउन सकिने बताए । उनले भारतमा लुम्बिनी बनाइादैछ भन्ने कुराको प्रचार नेपालीले गर्न आवश्यक नभएको र चिन्ता लिन पनि नपर्ने बताए ।
लुम्बिनी विकास कोषका कोषाध्यक्ष सुरेन्ऽमुनि शाक्यले श्रीलंका र वर्माका पर्यटकलाई पर्यटन व्यवसायमा जोड्न नसकिएको बताए । त्यहाबाट आउने पर्यटकहरू भारत हुदै आउने र ४५ मिनेट लुम्बिनीमा घुमेर फर्किने गरेको उनले बताए ।
स्थानीय विकास अधिकारी युवराज सुवेदीले पर्यटकको वसाइ लम्ब्याउने विषयमा सबै चिन्तित हुनुपर्ने बताए । होटल व्यवसायी सीपी श्रेष्ठले पर्यटक आगमनसागै होटलको लगानीमा समेत बृद्धि भएको बताए ।

LEAVE A REPLY