देश विकासका लागि एमाले बन्नोस् : भुसाल

भैरहवा, २९ चैत ।
नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले देशको मुहार फेर्नका लागि युवाशक्तिहरु एमाले बन्नु पर्ने बताएका छन् । उनले लामो समय देश राजनीतिक कलहका कारण अगाडि बढ्न नसकेको बताउादै देशको सम्बृद्धि र आर्थिक विकासका लागि सम्पूर्ण युवाशक्तिलाई एमालेमा समाहित हुन आग्रह गरे ।
अनेरास्ववियु भैरहवा बहुमुखी क्याम्पस इकाई कमिटीद्वारा मंगलबार भैरहवा बहुमुखी क्याम्पसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भुसालले अबका युवा नै देश विकासको मेरुदण्ड भएको बताउादै आर्थिक क्रान्तिविना देश विकास असम्भव भएको बताए । पूर्वमन्त्री समेत रहेका भुसालले छिमेकी मित्रराष्ट्रहरु भारत र चीनले छोटो समयमै सम्बृद्धिमा फड्को मारेको बताउादै अब नेपालले पनि त्यही गतिमा विकास गर्नु पर्ने बताए ।
भुसालले कुनै पनि देशको विकासका लागि युवा शक्ति नै प्रमुख शक्ति भएको बताउादै मुलुकबाट बेरोजगारी हटाउनका लागि त्यस मुलुकका युवाहरुको शक्तिले नै शिन्चिएर मात्र सम्भव हुने बताए ।
क्याम्पस कमिटीका अध्यक्ष सरोज ठकुरीको अध्यक्षता, लक्ष्मी केसीको संचालन र सचिव भीम भण्डारीको संचालनमा भएको कार्यक्रममा हिजराज पन्थी, हरिप्रसाद अधिकारी, जीवलाल अर्याल, उमा काफ्ले, उमा अधिकारी, थानेश्वर पौडेल, घनेश्न्रविक्रम पाण्डे लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा क्याम्पस कमिटीद्वारा प्रकाशित क्णलेण्डरको समेत विमोचन गरिएको थियो भने सांस्कृतिक नाच पनि प्रस्तुत गरिएको थियो ।

LEAVE A REPLY