भैरहवामा सडक खाना महोत्सवको सम्पुर्ण तयारी पुरा

दिपेश पछाई
भैरहवा, चैत ३० ।
नव बर्ष–२०७४ सालको पुर्व सन्ध्यामा बिहीबार हुन लागेको सडक खाना महोत्सवको तयारी पुरा भएको छ ।
पर्यटन प्रबद्र्धन गरौं, घुमफिर बर्ष–२०७३ सफल पारौं भन्ने उदेश्यका साथ “भैरहवा जाउ, सडकमै खाउ, सडकमै रमाउ” भन्ने मूल नाराका साथ भैरहवाको देवकोटा चोक देखि सिद्धार्थ बसपार्क सम्म सडक खाना महोत्सवका तथा बृहत साास्कृतिक कार्यक्रम आयोजना गरीएको हो ।
उद्योग व्यापार संगठन रुपन्देहीको आयोजना तथा सिद्धार्थ होटल एसोसिएसन (सान), सिद्धार्थ एसोसिएसन अफ ट्राभल एण्ड टुर एजेन्ट्स, मदिरा व्यवसायी संघ, होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठनको सह आयोजनामा महोत्सव संचालन गर्न लागिएको हो ।
सडक खाना महोत्सवको तयारी पुरा भएको आयोजक संस्थाका अध्यक्ष नारायण प्रसाद भण्डारीले बताए ।
भैरहवा क्षेत्रको पहिचान तथा साास्कृतिक परम्पराको विकास गर्नुको साथै यस क्षेत्रको समग्र विकास गर्नमा समेत सहयोग पुराउने उदेश्यले महोत्सव सम्पन्न गर्न लागिएको अध्यक्ष भण्डारीले बताए ।
महोत्सवमा भैरहवा, लुम्बिनी र बुटवल सम्मका विभिन्न स्तरीय होटलहरुको परिकार तथा विभिन्न फरक–फरक समुदायहरुको परिकार समेतलाई समावेश गरी ३० भन्दा बढी स्टलहरु दर्ता भईसकेको स्टेज तथा स्टल व्यवस्थापन समितिका संयोजक तथा सह आयोजक सिद्धार्थ होटल एसोसिएसनका अध्यक्ष चन्द्र प्रकाश श्रेष्ठले बताए ।
कार्यक्रममा राष्ट्रिय स्तरका कलाकारहरु हाास्य कलाकारहरुमा (पोख्रेली धुर्मुस) युवराज भण्डारी र सुरेन्द्र परियार, लोक तथादोहोरी कलाकारहरु बालचन्द्र बराल, जमुना राना, सपना गाहा, डिजे आसा गुरुङ, पप गायीका माण्डवी त्रिपाठी, भोजपुरी कलाकार लयागत विभिन्न स्थानीय कलाकार हरुको समेत प्रस्तुती रहने साास्कृतिक संयोजक केशब ज्ञवालीले बताए । महोत्सवमा ३० हजार दर्शकको उपस्थिती रहने आयोजकले लक्ष लिएको छ ।

उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष नारायण प्रसाद भण्डारीको अध्यक्षता तथा महासचिव अनिल ज्ञवालीको संचालनमा सम्पन्न पत्रकार सम्मेलनमा संगठनका कोषाध्यक्ष तथा कार्यक्रमका संयोजक सचिन रोक्का, संगठनका उपाध्यक्ष उषाकिरण गुरुङ, सचिव दर्पण श्रेष्ठ, सह कोषाध्यक्ष टिकाराम भट्टराई, होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठनका अध्यक्ष रामचन्द्र रेग्मी, लगायतको सहभागिता रहेको थियो ।

LEAVE A REPLY