सौर्य एयरलाइन्सको भैरहवा काठमाण्डौ उडान सुरु

भैरहवा चैत्र ३१
सौर्य एयरलाइन्सले बिहिवार देखि भैरहवा काठमाडौ दैनिक उडान सुरु गरेको छ ।
एयरलाइन्सले भैरहवा काठमाडौका लागि प्रत्येक दिन बिहान ९ बजेर १० मिनेट उडान भर्ने जनाएको छ ।
२ वर्षअघि स्थापनाको चरणमा भैरहवा काठमाडौ सेवा सुरु गरेको एयरलाइन्सले विमान अनुसारको भैरहवा बिमानस्थलमा आई.एफ.आर एपरोच नभएको कारण दुई महिनामा आफ्नो सेवा बन्द गर्नुपरेको मार्केटिङ प्रमुख मुकेश खनालले जानकारी दिए ।
मुलुकको ५ वटा शहरबाट सेवा दिदै आएको एयरलाइन्सले बिहिवार देखि भैरहवाबाट सेवा प्रदान गर्न सुरु गरेको हो ।
एयरलाइन्सले छिटै नया जहाज थपे साग भैरहवा कामाण्डौ दैनिक दुई उडान भर्ने एयरलाईन्सका प्रबन्धक निर्देशक गोपाल भट्टराईले जानकारी दिए ।
उनले क्यानेडाको बोम्वार्डियर कम्पनीमा निर्मित ५० सिट क्षमता भएको सिआरजे २०० सिरिजको जहाज यात्रुहरुका लागि निकै सुरक्षित र आरमदायि रहेको दावी गरे ।
काठमाडाौ–भैरहवा सहित काठमाडौा नेपालगञ्ज, काठमाडाौ भद्रपुर र काठमाडौा विराटनगर सेवा प्रदान गर्दै आएको एयरलाईन्सले छिट्टै थप एक विमान आएसागै काठमाण्डौ धनगढी पनि उडान भर्ने प्रबन्धक निर्देशक भट्टराईले बताए ।
एयरलाइन्सको भैरहवा स्टेशन ईन्चार्ज नितिनकुमार श्रीवास्तवले जेट इन्जिन जडान गरिएको सौर्यको विमानले अन्य विमानको तुलनामा कम समयमा (१९ देखि २२ मिनेटमा) भैरहवा देखि काठमाण्डौ पुगिने दावी गरे ।

LEAVE A REPLY