अन्तराष्ट्रिय स्तरको युरो किड्स प्रति बिध्यार्थीहरुको आक्रशण बढ्दो छ , संचालक प्रतिष्ठा चालीसे मल्ल

बालमनोविज्ञानलाई प्राथमिकता नै युरोको विषेशता । युरो किड्स दोस्रो बर्षमा प्रबेश

अहिलेको व्यस्त दैनिकी, त्यसको बीचमा बालबच्चाको रेखदेख । अहिले शहरमा बस्ने जो कोही अभिभावलाई आई पर्ने समस्या हो यो । तर अब भैरहवामा संचालनमा आएको युरो किड्स प्रि स्कुलले अभिभावकको यो समस्यालाई सहजै समाधान गर्ने छ । ईन्टरनेश्नल स्तरको युरो किड्स सिद्धार्थ ईस्टिचयुट अफ एजुकेशन एण्ड डेभ्लप्मेन्टले भैरहवाको खजहनामा ०७२ जेष्ठको १७ गतेदेखि औपचारिक शुभारम्भ गरेको छ । बाल मनोविज्ञानलाई ध्यानमा राखेर संचालन गरिएको सो किड्सको बारेमा थप जानकारी लिई अभिभावक समक्ष पुऱ्याउने उद्देश्यले भैरहवा अनलाईनले युरो किड्सका संचालक तथा प्रशासकीय प्रमुख प्रतिष्ठा चालिसे मल्लसंग गरिएको कुराकानीको मुख्य अंश प्रस्तुत छ ।

युरो किड्स संचालन गर्नुको मुख्य उद्देश्य के हो ?
प्ले वे मेथड प्री स्कुल स्थापना गर्नुको मुख्य उद्देश्य भनेकै १८ महिना देखि ५ वर्ष उमेर समुहका बालबालिकालाई बिना कुनै बोझ पढाई प्रति आर्कषण गर्नु हो । यसमा बालबालिकाको बौद्धिक,सामाजिक तथा शारिरीक विकासमा पनि ध्यान दिईन्छ ।
कति जना सम्म बच्चा राख्न सक्ने क्षमता छ ?
अहिले १ सय २५ जना बालबालिकालाई पुर्णरुपमा हेरचाह गर्न सक्ने क्षमता रहेको छ । तर भविश्यमा आवश्यकतालाई हेरेर यसको क्षमता बढाउन सक्ने गरी संरचना निर्माण गरिएको छ ।
बजारमा थुपै्र किड्स केयरहरु संचालनमा छन् ति भन्दा के कुरामा भिन्न छ युरो ?
युरो किड्सको आफ्नै किसिमको विषेशता छ । म अरुसंग दाज्न चाहन्न तर हामी क्वालिटीलाई बेष्ट दिन्छौ भन्ने ग्यारेण्टी दिन सक्छौं । बालबालिकालाई स्याहार सुसार,उनीहरुको खानपान,सरसफाई,खेल सामग्री,ेरेष्टरुम,मनोरञ्जन,हरेक पक्षमा हामीले ध्यान पुऱ्याएका छौं । ठुलो व्यतिm जस्तो परिस्थितिमा पनि वातावरणसंग एड्जष्ट गर्न सक्छ तर बालबच्चालाई वातावरणमा घुलमिल गराउनको लागि सानातिना कुराहरुमा ध्यान पुऱ्याउनु पर्ने हुन्छ । यो हामी गरिरहेका छौं ।
भैरहवामा नयां ंहुनुहुन्छ अभिभावकहरुले कत्तिको चासो दिएको पाउनु भएको छ ?
भैरहवामा यस किसिमको सविधायुतिm किड्सको अभाव अभिभावकहरुमा रहेछ । यति छोटो समयमै धेरै अभिभावकहरुले भिजिट गरीसक्नु भएको छ । आफ्ना बालबालिकाको चिन्ता सबै अभिभावकलाई हुन्छ । यहां आईसकेपछि सबै अभिभावक यहांको वातावरण देखेर ढुक्क हुनुहुन्छ । सबै खुसी हुनुहुन्छ । अहिले त दैनिक जसो अभिभावकहरु आईरहेकै अवस्था छ ।
बालबालिकालाई विना बोझ पढाईमा आकर्षित गर्ने भन्नु हुन्छ कसरी सम्भव छ ?
एकदम सम्भव छ । यही कुरालाई व्यवहारमा देखाउन कै लागि हामीले युरो संचालनमा ल्याएका हौं । यो कुरा यहा बालबालिका राख्ने अभिभावकले महसुस गरिरहनु भएको छ । जुन बच्चा स्कुल नाम सुन्ने वित्तिकै रुन थाल्थ्यो,जाने मनै गर्दैनथ्यो उही बच्चा युरोमा भर्ना भएको भोलिपल्टदेखि नै खुशी भएर आउंछन् । किन कि उनीहरुलाई किताव रटाएर पढाईदैन् यहां । किड्समा बालबालिकालाई आर्कर्षित गर्ने र उनीहरुको बालमनोविज्ञानलाई मध्येनजर गरेर खेल सामग्री,श्रव्य तथा दृष्यको माध्यमबाट सिकाईने व्यवस्था समेत रहेको छ । दश जना बच्चा बरावर १ जना शिक्षकको व्यवस्था,उनीहरुको स्याहार सुसारका लागी आयाको बन्दोबस्ती गरिएको छ ।
शिक्षिका तथा आयाहरुको लागि त्यही किसिमको प्रशिक्षण दिनु भएको छ त ?
मलाई लाग्छ एउटी आमालाई बच्चा कसरी स्याहार्नु पर्छ भनेर तालिम दिनु पर्दैन् । यहां जति पनि शिक्षिका तथा आया हुनुहुन्छ सबै आमा हुनुहुन्छ । आमाको सन्तानप्रतिको मोह कस्तो हुन्छ बयान गर्नु पर्दैन् । तर पनि हामी कहां सबै शिक्षिकाहरु वषौं सम्म यही क्षेत्रमा काम गरेका अनुभवी हुनुुहुन्छ । उहांहरुको कवालिटीमा नो कमेण्ट ।
वालबालिकालाई बौद्धिक,शारिरीक तथा सामाजिक विकासका लागि के कस्ता मेथड अपनाउनु हुन्छ त ?
सबैभन्दा मुख्य कुरा डा. हावरको थेउरीलाई हामी आत्मसाथ गर्छौ । बच्चाको ट्यालेन्टलाई हेरेर उ के मा फिट छ त्यही अनुरुपको सिकाई हुन्छ । कुनै बच्चामा गाउनेकला हुन्छ,कुनैमा संगितप्रतिको रुची हुन्छ त कतिपय खेलमा । बच्चालाई उसको ईच्छा र चाहाना अनुरुपको क्षेत्रमा सपोर्ट गर्दा उसमा दवाव पर्दैन र स्फुर्त रुपमा उसको ज्ञानको विकास हुन्छ । यस्तै उनीहरुको शारिरीक व्यायामलाई ध्यानमा रखेर बेवी जिम रुपको छुट्टै व्यवस्था गरिएको छ । उनीहरुको मनोरञ्जनको लागि टेलिभिजन,खेलौना आदिको व्यवस्था गरिएको छ ।जहां उनीहरुको स्वस्थताका लागि व्यायाम गराईन्छ । अर्को कुरा बच्चाहरुलाई हामीले माटो,पानी,जस्ता बस्तुहरुसंग खेल्ने,भिड्ने वातावरणको पनि विकास गर्नु पर्छ ।
यहांं धेरै नयां चिजको सुरुवात संगै निरन्तरतामा चुनौति देखिन्छ यसमा के भन्नु हुन्छ ?
हामी अभिभावकहरुलाई ढुक्क हुन अनुरोध गर्छौं । यसको निरन्तरतामा कुनै शंका छैन्। म त यो पनि भन्छु कि हामी क्वालिटीमा समेत निरन्तरता दिन्छौं त्यही अनुरुप योजना बनाएर हामी संचालनमा ल्याएका हौं । हामी कहां बच्चालाई ल्याउने पुऱ्याउने आदि सुविधा पनि रहेका छन् ।

LEAVE A REPLY