खाद्य तथा पोषणको सुरक्षा यान्त्रीकरणको आवश्यकता

भैरहवा बैशाख २
कृषिको उत्पादन र उत्पादकत्व नबढाए खाद्य तथा पोषण सुरक्षाको ग्यारेण्टी गर्न समस्या पर्ने कृषि विभागका महानिर्देशक दिल्लीराम भण्डारीले बताउानुभएको छ ।
रुपन्देहीको शुद्धोधन गााउपालिका ५ शान्तिनगरमा सामुदायिक धान नर्सरी शिलन्यास तथा मेसिनबाट चैते धान रोपाई कार्यक्रमको उद्घाटन गर्दै महानिर्देशक भण्डारीले किसानहरु परम्परागत खेति प्रणालीमै सिमित रहादा खाद्य तथा पोषणका लागि भारतको भर पर्नुपर्ने बाध्यता रहेको बताउनुभयो । देश आत्मनिर्भर हुने सट्टा परनिर्भरता बढ्दै गएको छ, सबै युवा विदेश पलायन छन्, भारतबाट खाद्यान्य, फलफुल आए खान पाइन्छ नभए अपुग हुने गरेको छ, महानिर्देशक भण्डारीले भन्नुभयो । बढ्दो परनिर्भरतालाई कम गर्न सरकारले कृषि पेशालाई आधुनिकीकरण तथा यान्त्रीकरण गर्न केहि वर्ष यता कृषि बजेटको प्रवाह बढाएकोले सरकारी अनुदानको बजेट सबै किसानलाई सदुपयोग गर्न आग्रह गर्नुभयो । लागत अनुसार उत्पादन तथा त्यसबाट फाइदा लिन यान्त्रीकरणको आवश्यता अपरिहार्य रहेको उहााले बताउनुभयो । कृषि विकास कार्यालय मार्फत अनुदानका कार्यक्रमहरु गर्दा दुरुपयोग भएको गुनासो किसानहरुले गर्ने गरेको बताउादै महानिर्देशक भण्डारीले आगामि वर्षहरुबाट अनुदानको कार्यक्रम किसानकै खाटामा रकम आउने गरि सञ्चालन हुन लागेको बताउनुभयो । अब कुनै कर्मचारीले तपाईको रकम दुरुपयोग गर्न पाउने छैन ढुक्क भएर आधुकिक कृषि प्रणाली अबलम्बन गर्दै व्यवसाहिक कृषि गर्नुहोस्, भण्डारीले आग्रह गर्नुभयो ।
कार्यक्रममा बोल्दै जिल्ला कृषि विकास कार्यालयका प्रमुख भोजराज सापकोटाले कृषिमा प्रतिशपर्धी हुन न्यून लागतमा बढी उत्पादन लिनुको अन्य विकल्प नभएको बताउनुभयो । जसका लागि यान्त्रीकरण र उन्नत प्िरवधी अपनाउनु पर्ने नत्र बिश्व बजारसाग प्रतिसपर्धी हुन नसकिने उहााले बताउनुभयो । नाफा मुलक खेति गर्न, युवाहरुलाई कृषि पेशामा आकर्षित गर्न पनि यान्त्रीकरणको आवश्यकता रहेको उहााले बताउनुभयो । परम्परागत खेती प्रणाली बाट खेति गर्दा भन्दा धान रोप्ने मेसिनले धान रोप्दा २५ प्रतिशत सम्म लागत कम हुन्छ, उत्पादन पनि २० प्रतिशत बढी हुने कृषि कार्यालयका प्रमुख भोजराज सापकोटाले बताउनुभयो । महाकल्प कृषि सहकारी संस्था लिमिटेडले खरिद गरेको धान रोप्ने मेसिनको प्रसंशा गर्दै वरिष्ठ कृषि अधिकृत सापकोटाले यो मेसिन विश्व बजारमा प्रमाणीत भैसकेको र अन्य देशहरुले अपनाइसकेकोले आशंका नगर्न आग्रह गर्नुभयो । अब अन्य सहकारीहरुले पनि यान्त्रीक औजारहरुको खरिद गरि त्यसको प्रयोगबाट लागत र उत्पादकत्व बढाउन अग्रसर हुने अहिले आवश्कता रहेको सापकोटाले बताउनुभयो । कार्यक्रममा बोल्दै सहकारीका अध्यक्ष विष्णु गौतमले किसानहरुको हक हीतका लागि खोलिएको सहकारी भएकोले धान रोप्ने मेसिनबाट सबै किसनहरुले फाइदा लिन सक्ने बताउनुभयो । सिचाईको राम्रो व्यवस्था नहुादा आकाशे पानीको भरमा खेती गर्नुपर्ने बाध्यता रहेकोले दोहोरो धान खेती गर्न समस्या परेको महाकल्प कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष विष्णु गौतमले बताउनुभयो । महाकल्प कृषि सहकारी संस्था लिमिटेड वि.सं २०७१ सालमा स्थापना भएको संस्था हो । सहकारीमा अहिले ५०० जना सेयर सदस्यहरु छन् । सहकारीको आफ्नै दुध डेरी सञ्चालनमा छन् । गााउमा दैनिक ७०० लिटर दुध उत्पादन हुने गरेको छ । सहकारीले किसानहरुलाई सौलियतपूर्ण ऋणमा एउटा गाई या भौसि किन्नको लागि ८० हजार बराबर रकम ६ प्रतिशत अनुदानमा प्रवाह गरेको छ । उक्त कार्यक्रमका लागि १ करोड ६० लाख रकम बित्तिय संस्थासाग सम्झौता गरि सञ्चालन गरेको अध्यक्ष गौतमले बताउनुभयो ।
कार्यक्रममा अन्नपूर्ण वीउ उत्पादक कृषि सहकारी संस्थाका सल्लाहकार निर बहादुर राना, स्थानीय समाजसेवी धन बहादुर थापा लगायतले बोल्दै कृषिलाई व्यवसायीकरण गर्दै भारतीय बजारसाग प्रतिशपर्धा गर्न कम लागतमा बढी आम्दानी लिन यान्त्रीकरण आवश्यक रहेको बताउादै अब किसान दाजुभाइहरुलाई यान्त्रीक औजारहरु प्रयोग गर्न प्रेरित गर्ने बताउनुभयो । खिमानन्द भुषालको स्वागत र नवराज भुषालको सञ्चानलमा कार्यक्रम सम्पन्न भएको थियो ।

LEAVE A REPLY