गुरु योजना पुरा गर्न अझ पांच अर्ब रुपैया अभाव ,चार दशकमा ८० प्रतिशत पुरा

दिपेश पछाई,
भैरहवा बैशाख २
बुद्ध जन्मस्थल लुम्बिनी गुरुयोजनाको ८० प्रतिसत काम सकिएको छ । गुरु योजनाका अधिकांम्श कामहरु सकिएका छन् गुरु योजना अन्तरगतका ६ वटा बिभिन्न प्रशासनिक भवनहरुको मात्र काम बांकी रहेको लुम्बिनी बिकास कोषका सदस्य सचिव अजित मान तामाङ्गले बताए । बांकी काम सक्नका लागी अझै करिब ५ अर्ब रुपैया लाग्ने उनले बताए । यि कामहरु सकिए पछि लुम्विनी जापनिज वास्तुकलावीद् प्रोफेसर केन्जो टाङ्गेले १९७८ मा तयार गरेको गुरुयोजना अनुसार पुरा हुने छ । नेपाल सरकारले छिटो रुपमा बांकी काम सक्न कोषलाई निर्देशन दिए पनि कर्मचारी अभावका समयमै काम सकिन गाह्रो रहेको सदस्य सचिव तामाङ्गले बताए । ६ वटा महत्वपुर्ण प्रशासनिक भवन निमार्णका लागी कम्तीमा पनि १५ जना ईन्जीनयर आबस्यक पर्दछ तर कोषमा तिन जना बाट काम चलाउनु परेको अवस्था छ , यसले गर्दा काममा ढिलाई हुने देखिन्छ तामाङ्गले भने ।
जापानी वास्तुकलाविद केञ्जो टाँगेले बनाएको गुरुयोजनामा ७ सय ६८ हेक्टर अर्थात ३ वर्गमाइल क्षेत्रमा पवित्र उद्यान, मोनाष्ट्रिक जोन र न्यु लुम्बिनी भिलेजका रुपमा लुम्बिनीको विकास गरिदै छ । पवित्र उद्यानमा मायादेवी मन्दिर, तलाउ र शान्ति बगैचा, मोनाष्ट्रिक जोनमा ४२ वटा देशका आ–आफ्ना संस्कृति झल्कने विहार र न्यु लुम्बिनीग्राममा बसपार्क, होटल, आवास लगायतका संरचना हुनेछन् ।
चार भागमा विभाजित लुम्विनी गुरुयोजनाको पवित्र उद्यान क्षेत्रमा निर्माणका काम सकिएका छन् । उद्यानलाई परिक्रमा गरेको पोखरी , पोखरीको वरिपरि रहेको भिरालो जमिनमा दुवो,फूल तथा छहारी दिने स–साना रुख रोप्ने काम , पोखरीको डिलमा बनेको परिक्रमा पथमा ईंटा छाप्ने काम पनि पुरा भएको छ ।
पवित्र उद्यान क्षेत्र भित्र करिव ७० लाखको लागतमा पुरातात्विक कार्यालय भवन निर्माण गरिएको छ । शान्ति दीप र परिक्रमा पोखरी जोड्ने दुइवटा पोखरी र त्यसको छेउंमा आकर्षक मिनि पर्यटक सूचना केन्द्र सकिएको छ ।
पूर्वी विहार क्षेत्रमा १३ वटा मूलुकहरुले आकर्षक विहारहरुको निर्माण पुरा गरेका छन् । पश्चिमी विहार क्षेत्रमा केही विहारका निर्माण काम जारी छन् । २९ मध्ये २६ वटा मुलुकहरुले विहार निर्माण गरिरहेका छन् । विहार क्षेत्रमा केन्द्रिय नहरको दायांबायां अत्याधुनिक सुविधासम्पन्न चार वटा शौचालय बन्नेछन् । एउटा शौचालय निर्माणमा ५० लाख लगानी गरिनेछ । बसपार्कमा थप एउटा शौचालय बन्नेछ ।
न्यू लुम्विनी भिलेज क्षेत्रमा भने निर्माणका ठूला काम वांकी छन् । चालु आर्थिक वर्षदेखि यस क्षेत्रका महत्वपूर्ण संरचनाहरुको निर्माण कार्य शुरु भएको छ । पर्यटक सूचना केन्द्र र लुम्विनी विकास कोषको प्रशासनिक भवन निर्माण शुरु भएको छ । सञ्चालनमा रहेको म्यूजियमको शैलीमा यस्ता ८ वटा भवनहरु बन्ने छन् । जस मध्ये २ वटा सकिएका छन् । बैंक,प्रहरी,उपचार भवन,ट्राभल एजेण्ट र रेष्टुरेष्टका लागि यस्ता भवनहरु बन्नेछन् ।
आगामी ५ वर्षभित्र लुम्विनी गुरुयोजनाका सवै कामहरु सक्ने योजना रहेको कोषका सदस्य सचिव अजितमान तामाङ्ले बताए ।
जापनीज वास्तुकलावीद् प्रोफेसर केन्जो टाङ्गेले सन् १९७८ मा बनाएको लुम्विनी गुरुयोजना पुरा गर्न सरकारले लुम्विनी विकास कोषमार्फत काम गरिरहेको छ । लुम्विनी गुरुयोजना पुरा गर्न अझै पांच अर्व रुपियां खर्च लाग्ने अनुमान लुम्विनी विकास कोषको छ ।
खर्च विवरण अनुसार लुम्विनी गुरुयोजना भित्र विहार क्षेत्रमा सवैभन्दा बढी १ अर्व ३८ करोड ८२ लाख ८८ हजार खर्च भएको छ । १२ वटा विहारहरु नेपालले निर्माण गरेको छ । सवैभन्दा बढी आकर्षक मानिने चाइना र जर्मनी विहार निर्माणका लागि ति मुलुकहरुले ५२ करोड ८० लाख लगानी गरेका छन् । अर्को मुलुक थाइल्याण्डले १० करोड २५ लाखको लागतमा विहार बनाएको छ । विहार क्षेत्रमा अझै २२ करोड लगानी हुने अनुमान छ ।
यस क्षेत्रका आकर्षक संरचना मानिने लुम्विनी संग्रहालय भारत सरकारको ३१ करोड ६८ लाख सहयोगमा निर्माण भएको छ भने जापानको अन्तरराष्ट्रिय संस्था रेयूकाइले ३० करोड ८० लाखको लागतमा अन्तरराष्ट्रिय बौद्ध अनुसन्धान केन्द्र निर्माण गरेको छ । यो क्षेत्रमा अझै २ अर्व ३५ करोड ५२ लाखको लागतमा विभिन्न भौतिक संरचनाहरु निर्माण हुनेछन् ।
लुम्विनीको सवैभन्दा बढी सुन्दर,आकर्षक र महत्वपूर्ण मानिने पवित्र उद्यान क्षेत्रमा ३८ करोड ८१ लाख लगानी भएको छ । यो क्षेत्रमा परिक्रमा पोखरी निर्माणका लागि १३ करोड ३७ लाख लगानी गरिएको छ भने मायादेवी मन्दिर निर्माणका लागि ७ करोड रुपियां लगानी भएको थियो । गुरुयोजना अनुसार पवित्र उद्यानको सुन्दरता थप्न र केही उत्खननका काम गर्न ५२ करोड रुपियां लाग्ने अनुमान छ । त्यस्तै लुम्विनीको मेरुदण्ड मानिने केन्द्रिय नहर क्षेत्रमा २९ करोड ७३ लाख लगानी गरिएको छ । यो क्षेत्रमा नहर निर्माणमा मात्रै २४ करोड खर्च भएको थियो । यहां गुरुयोजना अनुसार बांकी नहर निर्माण, नदी डाइभर्सन, सांकेतिक पेभेलियन निर्माण,विद्युतीय ब्यवस्थापन र पानी ट्यांकी निर्माणका लागि २ अर्ब ५२ करोड ८६ लाख थप लगानी लाग्ने अनुमान छ ।
कोषका सदस्य सचिब अजितमान तामाङ्ले लुम्विनीको सुन्दरता थप्न विभिन्न भौतिक निर्माणका काम बांकी रहेपनि यस्ता काममा धेरै रकम खर्च हुने भएकाले सरकारले पर्याप्त बजेट पठाए पांच वर्ष भित्र लुम्विनी गुरुयोजना पुरा गर्न सकिने बताए ।
अन्तरराष्ट्रिय स्तरमा लुम्विनीको चर्चा बढ्दै गएको र बार्षिक १० लाख पर्यटक सरकारको लक्ष्य छ ।

LEAVE A REPLY