भैरहवा मर्निंग वाक गु्रपको शुभकामना आदाप्रदान सिद्धार्थनगरलाई बौद्ध नगर बनाउने अभियान पुन सुरु

भैरहवा बैशाख २
बिहानी हिडाई गर्ने पाकापुस्ताहरुको समुह ‘भैरहवा मर्निङ्ग वाक ग्रुप’बिएमजीले नवबर्ष २०७४को उपलक्ष्यमा सिद्धार्थनगरलाई बुद्धमय बनाउने अभियान अन्तरगत तेश्रो चरणमा बौद्ध झन्डा बितरण कार्यक्रम नाया बर्षको दिनबाट सुरुवात गरेको छ ।
झन्डा बितरण कार्यक्रम सुभारम्भ गर्दै अखिल नेपाल भिक्षु महासंघका केन्द्रिय अध्यक्ष भिक्षु मैत्री महास्थबिरले नाया बर्षको अबसरमा बुद्धभुमि लुम्बिनीको प्रबेशद्धार सिद्धार्थनगर(भैरहवा)लाई बुद्धमय बनाउन थालिएको प्रयास प्रशंसनिय भएको बताए । लुम्बिनी बिकाश कोषका आध्यात्मिक सल्लाहकार समेत रहेका भिक्षु मैत्रीले भैरहवा मर्निंग वाक गु्रपले सचेतनामुलक काम गर्दै आएकोमा भबिश्यमा यस्ता कामलाई अझ फराकिलो बनाउदै निरन्तर गर्नु पर्नेमा जोड दिए ।
भिक्षु मैत्रीले बुद्धको पञ्चशिललाई अंगिकार गर्दै भगवान बुद्धको उपदेशलाई आत्मसाथ गरेमा नाया बर्ष २०७४ सार्थक हुने बिश्वास ब्यक्त गरे ।
सो अबसरमा सस्कृतीबिद प्रा.डा. गितु गिरीले शान्तिका दुत बुद्धको जन्मथलोका नेपालीहरुले आपसी भाईचारा अभिबृद्धीका लागी बुद्धका ज्ञानलाई अंगिकार गर्दै अघि बढनु पर्नेमा जोड दिए ।
भैरहवा मर्निंग वाक गु्रपका अध्यक्ष ओमकार गौचनले बुद्ध नगरी बनाउने अभियान अन्तरगत झन्डा फहराउने कार्यक्रम भैरहेको र अब आप्mनै घरलाई बुद्ध रंग (पहेलो)ले रंगाउने प्रतिबद्धता जनाउदै सबै नगरबासीमा यो अभियानलाई साथ दिदै बिश्वकै नमुना बौद्ध शान्ति शहरका रुपमा सिद्धार्थनगरलाई स्थापित गराउन आग्रह गरे । उन्ले नगरका समसामयिक मुद्धाहरुलाई सम्बन्धित सरोकारवाला निकायमा पुृरयाउने आफुहरुको अभियान निरन्तर चल्ने जनाए ।
ग्रुपका उपाध्यक्ष बाबुराम केसीको स्वागत मन्तब्य तथा सचिब राजु नारायण श्रेष्ठको सञ्चालनमा सम्पन्न कार्यक्रममा प्रा. डा. कपिल लामिछाने, बरीष्ठ आख्यानकार बनमाली निराकार, उद्योग बाणिज्य महासंघका निबर्तमान केन्द्रिय सदस्य महेन्द्र कुमार श्रेष्ठ, सिद्धार्थ उद्योग बाणिज्य संघका बरीष्ठ उपाध्यक्ष डा. शान्त कुमार शर्मा,सद्धार्थ होटल एशोसियसनका अध्यक्ष चन्द्र प्रकाश श्रेष्ठ(सिपी), उद्योगपति एबं भैरहवा उच्च माबिका अध्यक्ष नारायण अग्रवाल, समाजसेबि दिलिप भट्टराई, न्यूज ओके राष्ट्रिय साप्ताहिकका सम्पादक मनोरञ्जन शर्मा, रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीका अध्यक्ष बिमल सेञ्चुरी, सिद्धार्थ साहित्य परीषदका अध्यक्ष डिल्लीराज भट्टराई, बैदिक सनातन धर्म सेवा समितीका अध्यक्ष जानुका भट्टराई लगायतले मन्तब्य ब्यक्त गर्दै २०७४ शान्ति बर्षका रुपमा रहने र देशले सम्बृद्धीको मार्ग कोर्ने बताउदै भैरहवा मर्निंग वाक ग्रुपले जुन अभियानको सुरुवात गरेकोछ, उक्त अभियानलाई पर्बका रुपमा मनाउदै भैरहवा शहरलाई बौद्ध शहर बनाउन स्थानिय बासीले सहयोग गर्नु पर्ने बताए ।

LEAVE A REPLY