सिद्धार्थनगरको प्रमुखका लागी म योग्य छु : महेन्द्र कुमार श्रेष्ठ

जन्मस्थल गुल्मी रहेर करीब ३ दशक देखि रुपन्देहीको भैरहवाकोलाई कर्मथलो बनाउदै आएका महेन्द्र कुमार श्रेष्ठ , नेपाल उद्योग बाणिज्य महासंघका निबर्तमान केन्द्रिय सदस्य हुन् । बिभिन्न ब्यबसायमा आबद्ध रहेका श्रेष्ठ सिद्धार्थ उद्योग बाणिज्य संघको पुर्ब अध्यक्ष समेत हुन् । उहां दुई कार्यकाल संघमा अध्यक्ष भएका थिए । उद्योगी ब्यबसायी मात्र नभई बिभिन्न संघ सस्था साथै हरेक समुदाय बर्गमा लोकप्रिय मानिन्छन् । नेपाली कांग्रेसमा २०४८ सालदेखिनै कृयाशिल सदस्यता लिएका श्रेष्ठ यही बैशाख ३१ गते हुने स्थानियतहको निर्बाचनमा सिद्धार्थनगर नगर पालिकाको प्रमुख पदमा दाबेदारी राख्दै आएका छन् । उहाको उम्मेदवारीको दाबी गर्ने आधार लगायतका बिषयमा गरीएको कुराकानीको संक्षेप प्रस्तुत गरीएको छ ।

सिद्धार्थनगर नगर पालिकाको प्रमुख पदमा तपाईले दाबेदारी गर्नु भएको छ । तर नेपाली कांग्रेसको राजनितीमा तपाईको खासै योगदान छैन भन्नछ अरु ?

हो मैले नगरप्रमुख पदमा आप्mनो दाबेदारी पेश गरेको छु । नगर प्रमुख पदमा म आकांक्षी हो । मैले टिकट पाएमा जित्ने प्रबल आधारहरु पनि छन् । पार्टी भित्रैबाट मलाई तपाई जस्तो योग्य मानिस उठनु पर्छ भनेका छन् । रहयो पार्टीमा भुमिकाको कुरा । मैले २०४८ सालमा कांग्रेसको कृयाशिल सदस्य लिएको हु । त्यसपछी निरन्तर रुपमा म कांग्रेस संग जोडिदै आएको छु । कांग्रेसको भातृसस्थामा म नरहे पनि अन्य बिभिन्न माध्यमबाट सहयोग गर्दै आएको छु । अन्य राजनैतिक दलहरुको जस्तो कांग्रेसको उद्योग ब्यापार क्षेत्रको शुभेच्छुक सस्था भएको भए म त्यही सस्थामा आबद्ध हुने थिए । तर अरु शुभेच्छुक सस्थामा नरहे पनि मैले आप्mनो क्षमताले भ्याए सम्म कांग्रेसको हितमा नै काम गरी सहयोग गरेको छु । अहिले टिकट नपाए पनि मेरो सहयोग निरन्तर रहन्छ ।

टिकट पाए जित्ने आधार छ भन्नु भयो,के होलान आधारहरु ?

नेपाली कांग्रेसको बुद्धिजिबी सर्कलबाट पार्टीमा कृयाशिल सदस्य रहेको र सबै क्षेत्रमा लोकप्रिय छन भने त्यस्ता ब्यक्तीलाई उम्मेदवार बनाउदा निर्बाचन पनि जितिने बताउदै आएका छन् । मुख्य आधार भनेको अहिले मेरो लोकप्रियता हो । म उद्योग ब्यबसाय क्षेत्रमा मात्रै नभई अन्य क्षेत्र, बर्ग , पार्टीमा समेत लोकप्रियता रहेको छ । आप्mनो बखान आफैले गरे जस्तो होला तर तपाईहरुले बजारको माहौल बुझनुस अहिले हाम्रो भन्दा पनि योग्य क्षमतावान ब्यक्ती चयन हुनु पर्छ भनेर सबै पार्टी र तथस्ट मतदाताहरुले भन्दै आएका छन् । नगरलाई हाक्ने क्षमता म संग छ ।
म धेरै सामाजिक क्षेत्रमा रहेर काम पनि गरेको र सहयोगी भूमिका सबै ठाउमा निर्बाह गरेको जग जाहेरै छ । नेपाली कांग्रेसको प्रतिबद्ध भोट बाहेक स्वतन्त्र (न्युट्रल) मतदाताहरुको भोट तान्न सक्ने खुबी म संग छ । बजारमा लोकप्रियताको आधारमा म अगाडी छु । तपाई निर्बाचनमा उठनोस जित सुनिश्चित पार्न हामी लाग्छौ भनेर उद्योगी ब्यबसायी मात्र होईन अन्य दलका साथीहरुले बचन दिनु भएको छ । पार्टीको सहयोग त छदैछ । नेपाली कांग्रेसले डा. राम शरण महत र महेश आचार्यलाई उहाहरुको क्षमताको आधारमा अगाडी ल्याएको हो । म मा पनि क्षमता छ । पार्टीले यो कुरा पनि हेर्नु परयो । म पनि केही गर्न सक्छु , सिद्धार्थनगरलाई गतिशिल बनाउन सक्ने योजनाहरु म संग छन् । भबिश्यको सिद्धार्थनगर भनेको काठमाण्डौ संग प्रतिष्पर्धा गर्ने शहर हो । त्यसैले क्षमतावान, योग्य र दुरदृष्टी भएको ब्यक्तीलाई नेपाली कांग्रेसले मात्र होईन अन्यदलहरुले पनि उठाउनु पर्छ ।

छिमेकी बुटवलको तुलनामा भैरहवा किन पछाडी धकेलिएको होला ?

निश्चय पनि अहिले सिद्धार्थनगर हरेक कुरामा छिमेकी शहर भन्दा पछाडी धकेलिएको छ । यो हामी सबैले स्विकार गर्नै पर्छ । बुटवलको बिकाशका लागी त्यहा सबै राजनितीक दलहरु एकजुट हुन्छन् । त्यो सस्कार सिद्धार्थनगरमा पाईएन । बास्तबमा भन्ने हो भने सिद्धार्थनगरले क्षमतावान नेता पाउनै सकेन् । मन्त्रीहरु , सांसद पाएता पनि लिडरसिप गर्ने नेताहामीलाई सदैब खडकियो । बिकाश निर्माण लगायतका कुरामा हामी कहिल्यै एकजुट हुन सकेनौ । भोटको राजनिती बढी भयो हामी कहा । छिमेकका पडसरी, चिल्हिया, बसन्तपुर बगाहा लगायतका तत्कालिन गाबिसलाई हामीले गाभेर उप महानगर पालिका बनाउन सक्थ्यौ । तर यो कुरामा हाी चुक्यौ । जुन कारणले गर्दा हामी यथास्थितीमा बस्न बाध्य भयौ । अब पनि बिकाश निर्माण लगायतका कुरामा हामी एकजुट हुन सकेनौ भने बुटवलले त पछी पारी सक्यो, छिमेकका तिलोत्तमा, लुम्बिनी नगरपालिकाले पनि हामीलाई पछी पार्ने निश्चिन्त छ । त्यसैले सिद्धार्थनगरको बिकाशलाई अब गतिदिन एक जुट हुनु पर्छ र निर्बाचनमा योग्य, क्षमतावान ब्यक्तीलाई टिकट दिएर जिताउनु पर्छ भन्ने मेरो मान्यता हो ।

तपाईले नगरप्रमुखको टिकट पाउनु भयो भने प्रतिष्पर्धा को संग हुने देख्नु हुन्छ ?

मैले टिकट पाएको खन्डमा प्रतिष्पर्धा नेकपा एमाले र राप्रपाका उम्मेदवार संग हुन्छ । तर पार्टीका कार्यकर्ताले अन्तरघाट नगर्ने हो भने प्रतिष्पर्धा निश्चित रुपमा नेपाली कांग्रेस र एमाले बिच हुनेछ । सुनिदैछ , बिगतमा नगर पालिकाका प्रमुख भईसकेका ब्यक्तीत्वहरु पुनह निर्बाचनमा उठने हल्ला चलेको छ । बिगतमा नेतृत्वले साना कुराहरु पनि पुरा गर्न नसक्दा हामी अहिले पछाडी परेका हौ । देशकै ठुलो भन्सार नाका, बुद्ध जन्मस्थल लुम्बिनीको गेट वे यही भएर पनि हामीले क्यास गर्न नसकेको कारण नेतृत्वको अभाब हो । त्यसैले अब नेतृत्व गर्न सक्ने ब्यक्तीलाई टिकट दिनु पर्छ । मैले देशको ५४ जिल्लाको नगरपालिकाहरुको अवलोकन गरी त्यहाको बिकाश निर्माण कार्यको बारेमा जानकारी लिएको छु । दक्ष ब्यबस्थापन र कुशल नेतृत्वका लागी जापानमा २० दिनको तालिम लिएको छु । बिभिन्न देशहरु भ्रमण गरी त्यहाको बिकाशक्रमको अध्धयन गरेको छु । अबको एजेन्डा भनेको आर्थिक बिकाश र सम्बृद्धी भएको र त्यस्का लागी अन्यदल संग प्रतिष्पर्धा गर्न सक्ने एकमात्र ब्यक्ती म भएकाले नेपाली कांग्रेसले मलाई टिकट प्रदान गरी सिद्धार्थनगरको स्वर्णिम भबिश्यको खाका खोर्ने जिम्मेवारी प्रदान गर्नेमा ढुक्क छु । कांग्रेस पार्टी सहीत अन्य सबै शुभचिन्तकले सहयोग गर्नु हुनेछ भन्नेमा बिश्वस्त छु ।

LEAVE A REPLY