जनउत्थान द्धारा आ.व. २०७४/७५ को वार्षिक बजेट निर्माणको लागि सूझाव संकलन

भैरहवा बैशाख २
जनउत्थान बचत तथा ऋण सहकारी संस्थाले आ.व. २०७४/७५ को वार्षिक बजेट निर्माणको लागि सूझाव संकलन कार्यशाला गोष्ठी सम्पन्न गरेको छ ।
बुद्धिजिबी, ब्यापार, कृषि, भु.पु, महिला जस्ता विभिन्न क्षेत्रका ७१ जना शेयर सदस्यहरु, संचालक तथा सल्लाहकारहरुलाई बोलाई आगामी आर्थिक वर्ष २०७३/७४ को लागि वार्षिक बजेट निर्माणको पूर्वसन्ध्यामा एक दिने पूर्व बजेट सुझाव संकलन कार्यशाला सम्पन्न गरेको हो ।
संस्थाका अध्यक्ष ज्ञानु पौडयालको अध्यक्षतामा र सचिव हरिराम केवटको स्वागतमा सम्पन्न कार्यक्रममा जनउत्थान साकोसको गतिविधिबारे व्यवस्थापक रनबहादुर थापाले जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा कृषक, बुद्धिजीवी, ब्यापारी, महिला गरी ४ वटा समूहमा विभाजन गरी संस्थाको विभिन्न कार्यक्रमहरुको बारेमा समूह छलफल गराइएको थियो ।
कार्यक्रममा बुद्धिजिबीबाट अनिरुद्र प्रसाद पाठक, महिलाबाट पुनम चौधरी, कृषकबाट लिलबहादुर क्षेत्री, ब्यापारीबाट शान्ति देवकोटाले संस्थाको समूह छलफलबाट आएका निष्कर्षहरुलाई सुझावको रुपमा प्रस्तुत गर्नु भएको थियो भने कार्यक्रमको अन्तमा सहभागीहरुको तर्फबाट शान्ति अधिकारी, कुलानन्द भुषाल, सल्लाहकार ईश्वरचन्द्र पोख्रेल र संस्थापक अध्यक्ष मेखराज पुनले संस्थाको गतिविधिहरुको बारेमा जानकारी गराएका थिए ।
कार्यक्रमका अध्यक्ष ज्ञानु पौडयालले कार्यक्रमको उपलब्धि राम्रो भएको र सुझावहरुले संस्थालाई मार्गनिर्देशन गर्ने भएकोले आगामी दिनहरुमा पनि यसता कार्यक्रमहरुलाई निरन्तरता दिने बताउनु भयो ।

LEAVE A REPLY