नेकपा एमाले सिद्धार्थनगर द्धारा मेयर पदका लागी हरी अधिकारीको नाम सिफारीस

भैरहवा बैशाख ४
नेकपा एमालेले बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि सिद्धार्थनगर बाट मेयर पदका लागी हरी अधिकारीको नाम सिफारीस गरेको छ ।
नेकपा एमाले सिद्धार्थनगर नगरकमिटी को १२ औं बैठकमा नगरका विभिन्न पदमा उम्मेदवारी शिफारिस गरेको हो ।
जसमा मेयर पदका लागि हरि प्रसाद अधिकारीलाई सर्व सम्मत चयन गरी नाम शिफारिस गरि पठाइएको हो । मेयर पदका उम्मेदवार अधिकारी यस अघिको चुनावमा उपमेयर भई कार्य सन्चालन गरिसक्नु भएको छ । पार्टीको जिल्ला कमिटी सहित क्षेत्र न.२ को इन्चार्जको जिम्मेवारी पनि समाली सक्नुभएको छ ।
त्यसैगरी उपमेयर पदमा उमा काफ्ले र पम्फावति खनाल को नाम शिफारिस भएको छ । त्यसैगरि बैठकले वडा न.२ को वडा अध्यक्षमा दिपक थापालाई ,३ न.वडामा थानेश्वर पौडेललाई, ४ न. वडामा इस्लाम अलि,५ न.मा चेद बहादुर क्षेत्री,वडा न. ६ मा नसिवदार मुसलमान,११ न.को वडा अध्यक्षमा दिलिप यादव,१२ मा घनेन्द्र विक्रम पाण्डे र १३ न. वडाको वडा अध्यक्षमा सतिस प्रसाद मरासिनी लाई सर्व सम्मत चयन गरी उम्मेदवारी मा नाम शिफारिस गरेको छ ।
नगर कमिटीका अध्यक्ष राम बहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा सांसद आदित्य नारायण कसौधन,पुष्पान्जली उपाध्याय,भरत पोखरेल,डा.रामप्रसाद वस्याल,हितराज पन्थी,पम्फावति खनाल,उमा काफ्ले ,जिवलाल अर्याल,लगायतले बोल्नु भएको थियो । कार्यक्रमको सन्चालन सचिव थानेश्वर पौडेलले गर्नुभएको थियो ।

LEAVE A REPLY