भैरहवामा ५ करोडको लागतमा सानु डिपार्टमेन्टल स्टोर संञ्चालनमा

भैरहवा बैशाख ६
रुपन्देहीको भैरहवामा ५ करोड रुपैयाको लागतमा सुविधा सम्पन्न सानु डिपार्टमेन्टल स्टोर संञ्चालनमा आएको छ ।
सर्वसाधरणको सेवा सुविधालाई ध्यान राख्दै एकै स्थान बाट बच्चा देखि प्रौढ सम्मका ग्राहकलाई सन्तुष्टि प्रदान गर्ने उद्देश्यका साथ डिपार्टमेन्टल स्टोर संचालनमा ल्याइएको स्टोरका संचालक सानु शर्माले बताए ।
सिदार्थनगर नगरपालीकाको नारायण पथमा रहेको ७ तल्ले भवनमा स्टोर रहेको छ । यो भवन र स्टोर भैरहवाकै सबैभन्दा सुबिधासम्पन्न ब्यापारीक भवन हो । पुर्ण वाताअनुकुलित, अन्डरग्राउण्ड पार्किङ्ग, रेष्टुरेण्ट, लिफ्ट सहितको सुविधा पनि स्टोरमा रहेको छ ।
भवनको प्रत्येक तल्लामा फरक फरक प्रकृतिका स्वदेशी तथा विदेशी साम्रगीहरु विक्री वितरणका लागि उपलब्ध रहेको स्टोरका संरक्षक रामकुमार शर्माले बताए । उनका अनुसार स्टोरमा बच्चाका लाखी खेलौना देखी लिएर खाद्यन्न, जुत्ता, चप्पल, कपडा ,अर्गानिक कृषी उपज सम्मका साम्रगीहरु उपलब्ध रहेको छ ।

बुधवार देखि संचालनमा आएको स्टोरमा युवा पुस्ता, गृहणी, लगायतका ग्राहकहरु आर्कषित भएका छन् ।

LEAVE A REPLY