तेरियालाई भैरहवामा सम्मान

भैरहवा बैशाख १६
भारतीय च्यानलबाट प्रसारित लाइभ सो डान्स इण्डिया डाण्स (डिआइडी) र झलक दिखलाजा कार्यक्रमकी विजेता तेरिया फौजा मगरलाई शनिबार भैरहवामा सम्मान गरिएको छ ।
भैरहवाका समाजसेवी सत्यलाल हिराचनले तेरियाले झलक दिखलाजाको विजेता भई अन्तराष्ट्रिय जगतमा नेपाल र नेपालीको नाम फैलाउन सफल भएकोमा नगद र सम्मानपत्र सहित सम्मान गरेका छन् ।
शनिवार भैरहवामा एक कार्यक्रमको आयोजना गरी तेरियालाई एक लाख रुपैयाा र सम्मान पत्र सहित सम्मान गरिएको कार्यक्रमकी संयोजक रमिता थापा मगर केसीले बताइन् ।
राष्ट्रिय प्रतिभालाई नागरिक समाजबाट आफ्नो गच्छे अनुसार प्रोत्साहन स्वरुप केही न केही सहयोग गर्नुपर्छ भन्ने मनमा लागेको कारण तेरियालाई सम्मान गरिएको समाजसेवी हिराचनले बताए ।
तेरिया सन् २०१४ मा डिआइडी र सन् २०१७ मा झलक दिखलाजा कार्यक्रमकी प्रथम विजेता भएकी थिइन् ।

LEAVE A REPLY