लुम्बिनी बिकास कोषको जिमेवारी बोधको अभावले लुम्बिनी गुरु योजनाको काम लम्बीदै गएको सरोकारवालाको भनाई ।

दिपेश पछाई ,
भैरहवा बैशाख २३
लुम्बिनी बिकास कोष भित्रको आन्तरीक किचलोका कारण समयमै लुम्बिनी गुरु योजना सम्पन्न हुन नसकेको भैरहवामा आयोजीत एक कार्यक्रमका सहभागीहरुले बताएका छन् ।
नेपाल पत्रकार महासंघ रुपन्देहीको आयोजनामा २५६१ औं बुद्ध जयन्तीको अवसरमा शनिबार भैरहवामा आयोजीत लुम्बिनीको विकासमा राष्ट्रिय चासो विषय अन्तरक्रिया कार्यक्रममा बोल्ने सहभागीहरुले लुम्बिनी विकाष कोषका पदाधीकारीहरुको एक आपसको किचलोका कारण गुरुयोजनाको कामलाई बाधा परेको बताए ।
प्रतिसप्रर्धात्मक ढंगलले सक्षम व्याक्ति भन्दा पदाधीकारीहरुको राजनीतिक नियुत्ती हुनु, स्थानीय सग समन्वय गरेर काम गर्न नसक्नु , बजेटको अभाव , बेलाबेलामा काममा अवरोध आदी कारणले ४० वर्ष अघि बनेको लुम्बिनी गुरुयोजनाको काम अझै सम्पन्न हुन नसकेको उनीहरुले बताए ।
लुम्बिनीको बृहत्तर विकासका लागि राजनैतिन नियुक्ती भन्दा पनि लोकसेवाबाट आउनुपर्ने सहभागीहरुले सुझाव दिए । लुम्बिनीको विकास र प्रवद्र्धनको जिम्मा पाएको लुम्बिनी विकास कोषले अपनत्व नलिदा लुम्बिनी गुरुयोजनाको काम कछुवा गतिमा भैरहेको सहभागीहरुको भनाई थियो ।
सहभागीहरुले नया ढंग बाट गुरुयोजना बनाई फाष्टट्रायकबाट लुम्बिनीको विकास गर्नुपर्नेमा जोड दिए । चालिस वर्ष अगाडिको गुरुयोजना परिवर्तन नभएसम्म लुम्बिनीको विकास हुन नसक्ने उनिहरुको तर्क थियो ।
कार्यपत्र प्रस्तुत गर्दै लुम्बिनी विकास कोषका सदस्य सचिव अजितमान तामाङले बृहत्तर लुम्बिनीको विकास भइरहेको भन्दै लुम्बिनीलाई सास्कतिक रुपमा विकास गर्नुपर्ने बताए । लुम्बिनीलाई केन्द्रविन्दु बनाएर बौद्ध परिपथको कल्पना गरेको भन्दै परिपथ निर्माण पछि लुम्बिनी आर्थिक केन्द्रको रुपमा पनि विकास हुदै जाने तामाड.ले दाबी गरे ।
चालु आर्थिक वर्ष गुरुयोजनाका लागि ६६ करोड रकम बिनियोजित भएको थियो । तर अहिले सम्म जम्मा ४५ प्रतिशत काम भएको छ । आएको बजेट पनि खर्च गर्न नसक्दा गुरुयोजनाको अवधी झन लम्बीदै गएको छ । गुरुयोजनाको बााकी रहेको २० प्रतिशत काम लुम्बिनी विकास कोषले आगामी ५ वर्ष भित्र सम्पन्न गर्ने लक्ष्य लिएको कोषका सदस्य सचिव अजितमान तामाङ्गले बताए ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बिनोद प्रकाश सिंहले लुम्बिनी क्षेत्रको विकासका लागि गुरुयोजना संगसागै समग्र लुम्बिनी नगरपालिकाको विकास आवस्यक रहेको बताए । लुम्बिनीलाई बजारीकरणका रुपमा विकास गर्न भन्दा पनि धार्मिक स्थलका रुपमा विकास गर्नुपर्ने सिंहले जोड दिए । नेपालमा एउटामा सांस्कृतिक नगरपालिका लुम्बिनी सास्कृतिक नगरपालिका रहेको अवस्थामा नगरपालिकालाई धार्मिक रुपमा विकास गर्न लुम्बिनी विकास कोषले नगरपालिका तथा स्थानीयसाग समन्वय गर्न आवश्यक रहेको प्रजिअ सिंहले बताए । पदमा बस्ने पदाधिकारी जिम्मेवार नहुदा सम्म लुम्बिनीको विकास नहुने सिंहको भनाई थियो ।
लुम्बिनीका कर्मचारीहरु तर्फ ईंकित गर्दै सुरक्षाका कारण देखाउदै काठमाडौंमा बसेर लुम्बिनीको कार्यालय चलाउन नहुने भन्दै सुरक्षा आवश्यक परे सुरक्षा दिन आफु तयार रहेको बताए । लुम्बिनीमा चढाउने गरेको भेटी अब प्रत्येक महिना पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गर्नुपर्ने बताए ।
१५ वर्षमा सक्ने गरी सन् १९७८ बाट शुरु गरिएको लुम्बिनी गुरुयोजनाको काम रकम, प्रतिबद्धता र जिम्मेवारीबोधको अभावमा निर्माणले गति लिन नसकेको हो । गुरुयोजनाको काम लम्बीदा लुम्बिनीको विकास र संरक्षणमा समस्या देखिएको कोषका पूर्व सदस्य तथा समाजसेवी आमकार गौचनले बताए ।
लुम्बिनीमा पर्यटकसंगै पर्यटन व्यवसाय प्रवद्धन गर्न वौद्ध सर्कीटको तत्काल विकास र व्यवस्थीत पर्यटन योजना लागू गर्न आवश्यक रहेको पर्यटन व्यवसायी सागर अधिकारीले बताए । वुद्ध जन्मस्थल लुम्बिनीसंगै आसपासमा वुद्धले २९ वर्ष बिताएको तिलौराकोट, मावली देवदह, अष्टिधातु रहेको रामग्राम जस्ता वौद्धदृष्टिले महत्वपूर्ण स्थल छन् , ती वुद्ध स्थलमा जान स्तरीय सडक, सवारी, आवास र भ्रमण प्याकेज छैन , यसले गर्दा लुम्बिनी आउने अधिकांश पर्यटकहरु लुम्बिनीमात्रै घुमेर उसै दिन फर्किने गरेका छन् , लुम्बिनीमा पर्यटकसंगै पर्यटन व्यवसाय प्रवद्धन गर्ने हो भने वौद्ध सर्कीटको तत्काल विकास र व्यवस्थीत पर्यटन योजना लागू गर्न छ पर्यटन व्यवसायी अधिकारीले भने ।
कार्यक्रममा सिद्धार्थ उद्योग बाणिज्य संघका उपाध्यक्ष कुल प्रसाद न्यौपानेले ४० बर्ष देखि हुादै आएको लुम्बिनीको कछुवा गतिको विकास अब २, ३ बर्षमा हुन्छ भन्ने आश मरेको बताए । नेपाल भारत अबैध मैत्री समाज रुपन्देहीका अध्यक्ष अजय कुमार गुप्ताले लुम्बिनीको प्रबेशद्धार भैरहवालाई बृद्धमय बनाउन लुम्बिनी विकास कोषले अवधारणा ल्याउनुपर्ने बताए ।
उद्योग व्यापार संगठनका केन्द्रीय उपाध्यक्ष मनिष कुमार जोशीले स्थानियहरुलाई पनि लुम्बिनी विकास कोषमा सहभागिता बनाउनुपर्ने भन्दै स्थानियको सहभागिता भए मात्र लुम्बिनीको विकासमा सहयोग पुग्ने बताए ।
कार्यक्रममा पर्यटन व्यवसायी सागर अधिकारी, प्राध्यापक उमेशचन्द्र रिजाल, कपिलदेव लामिछाने, गम्भिर गुरुङ, समाजसेवी भरतकुमार पोखरेल, भैरहवा बहुमुखी क्याम्पसका पुर्व क्याम्पस प्रमुख बनमाली निराकार, सिद्धार्थ उद्योग बाणिज्य संघका सदस्य विजय पाण्डे, नेपाल पत्रकार महासंघ रुपन्देहीका संस्थापक अध्यक्ष बालकृष्ण चापागाई, पुर्व अध्यक्ष दिपक ज्ञवाली, निवर्तमान अध्यक्ष शेरबहादुर के.सी, पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष दिनेश पाण्डे, लुम्बिनी प्रेस क्लवका अध्यक्ष माधव ढुंगाना, पत्रकार ईन्दिरा अर्याल, लक्ष्मण पोखरेल, सहित्यकार लक्ष्मी शर्मा ,नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जिसी, उपाध्यक्ष निरु गौतम,सचिव रामप्रसाद आचार्य लगायतले बोल्दै लुम्बिनीको बिकास सबैको चासो बिषय रहेकाले गुरु योजना छिटो पुरा गर्न दवाव आबस्य रहेको बताएका थिए ।

LEAVE A REPLY