लुम्बिनीमा बुद्ध जयन्ती

लुम्बिनीको विकासका लागि बुद्ध सर्किट अपरिहार्य : उपराष्ट्रपति

दिपेश पछाई
लुम्बिनी बैशाख २७
२५६१ औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवसको अबसरमा आज लुम्बिनीमा आयोजित कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले समग्र बुद्ध जन्मस्थल लुम्बिनी सहित अन्य बौद्ध स्थलको एकिकृत बिकाशका लागी बुद्ध सर्किट (बुद्ध परीपथ) अनिबार्य भएको बताउनु भएको छ ।
उपराष्ट्रपति पुनले बुद्ध र बुद्ध जीवनसाग जोडिएका ठाउाहरु रामग्राम, गोटिहवा, तिलौराकोट, देवदह लगायतलाई जोडेर बुद्ध सर्किट निर्माण भए लुम्बिनीको बिकाशले प्रगति गर्नेर् बताउनुभयो ।
बुद्ध एक महान दार्शनिक भएको बताउादै विश्वका शान्ति कामीहरुले बुद्धको शान्तित्वलाई अनुसरण गर्नु पर्ने जनाउदै विश्वका बौद्ध मार्गी र बौद्ध दर्शनसाग सम्बन्ध राख्नेले मात्रै नभई विश्वका सबै धर्मावलम्बीहरुले बुद्ध दर्शनको अनुसरण गरी शिक्षा आर्जन गर्न जरुरी रहेको उपराष्ट्रपति पुनले बताउनु भयो ।
बुद्धको पञ्चशिलको सिद्धान्तलाई व्यवहारिक रुपमा ढाल्न सकेमा जिवन सार्थक हुने र बुद्ध दर्शन तथा यसको विकास नेपालमा भएको कारण नेपालमा शान्तीगामी चेतनाको निर्माण भएको उहाको भनाई थियो ।
नेपालीहरको लािग भगवान गौतमबुछ गौरवको विषय भएको बताउनुभयो ।
उहााले लुम्बिनीको विकासको लागि विकास कोष र सरकारलले थप कार्य योजना अगाडी बढाउनु पर्ने बताउनुभयो । उहााले बुद्धको जन्मस्थालबारे फैलाइएको भ्रम चिर्न जरुरी रहेको समेत बताउनु भयो । लुम्बिनी आउने पर्यटकलाई कम्तीमा पनि १० दिन बस्न सक्ने वातावरण मिलाउन सकेमा लुमिबनीको विकास हुने उहााको धारणा छ ।
कार्यक्रममा नेपालका लागि थाइल्याण्डका राजदूत भकावत तान्सकुलले लुम्बिनीको विकासमा थाइल्याण्डको साथ रहने बताउनुभयो । रुपन्देही क्षेत्र ७ का सांसद कमलेश पुरी गोश्वामी, पर्यटन सचिव शंकर अधिकारी, कोषका उपाध्यक्ष भिक्षु निग्रोध, कोषाध्यक्ष सुरेन्द्रमुनि शाक्यले अब लुम्बिनी बृहत्तर विकास गर्नु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा लुम्बिनीको प्रबद्र्धन तथा सम्बद्र्धनमा बिशेष भुमिका निर्बाह गरेको भन्दै लुम्बिनीबिकाश कोषका सदभावना दुत पर्यटन बिद बिक्रम पााडे, लुम्बिनी कासाई होटलका अध्यक्ष एबं जापानी नागरीक नोर्बु तोकुसिन कासाई, बुद्ध ईज बर्न इन नेपाल चलचित्रका निर्देशक रमित ढुंगाना, पुरातत्वबिद प्रा. प्रोफेशर कलिंगम लगायतलाई सम्मान गरीएको थियो । कार्यक्रममा सामुदायिक बिद्यालयका १ सय जना छात्रछात्रालाई जनही ५ हजार रुपैया सहीत मायादेबी छात्रबृति प्रदान गरीएको थियो । कार्यक्रममा लुम्बिनी बिकाश कोषमा लामो समय सम्म कार्यरत कर्मचारीहरुलाई उत्कृष्ट सेवा पुरस्कार दिईएको थियो । कार्यक्रम पुर्ब बुद्धजन्मस्थल लुम्बिनी मायादेबी मन्दिरबाट झाकी सहीतको शान्ति ऱ्यालीले लुम्बिनीको बिभिन्न स्थल परीक्रमा गरी कार्यक्रम स्थल आईपुगेको थियो ।
सर्बसाधारणको भिड
बुद्धजयन्तीको दिन मायादेबी मन्दीर अवलोकन गर्ने सर्बसाधारणहरुको बिहानै देखि भिड थियो । मायादेबी मन्दीर, अशोक स्तम्भ, पबित्र पुष्करणी कुण्ड लगायत लुम्बिनीका अन्य बिभिन्न देशी तथा बिदेशी बिहारहरुमा बिहानै देखि सर्बसाधारणहरुको बृहत उपस्थिती थियो ।
श्रद्धालुलाई निशुल्क पिउने पानी
लुम्बिनीमा बुद्ध जयन्तीको अबसरमा आउने श्रद्धालुहरुलाई मध्य नजर गर्दै बिभिन्न संघसस्थाहरुले निशुल्क पिउने पानीको ब्यबस्था गरेका छन् । लुम्बिनीका होटल तथा पर्यटन ब्यबसायी, रोटरी क्लब अफ भैरहवा, रोट्रयाक्ट क्ल अफ भैरहवा, लियो क्लब अफ सिद्धार्थनगर , थकाली सेवा समाज, लगायत दर्जनौ संघसस्थाले निशुल्क पिउने पानी बितरण गरेका थिए ।
आगन्तुक लाई निशुल्क भोजन
बिगतमा जस्ते यस बर्ष पनि लुम्बिनी स्थित होटल कासाईले लुम्बिनीमा आउने आगन्तुकहरुलाई निशुल्क भोजन गराएको छ । बिगत ११ बर्ष देखि निरन्तर निशुल्क भोजन गराउदै आएको होटलले यस बर्ष पनि ५ हजार जनालाई निशुल्क भोजन गराएको होटलका महाप्रबन्धक बिनेश मानन्धरले बताए ।
बिदेशी पर्यटकको बाक्लो उपस्थिती
बिगतका बर्षहरुमा भन्दा यो बर्ष लुम्बिनीमा बिदेशी पर्यटकहरुको बाक्लो उपस्थिती लुम्बिनीमा देखियो । बुछ जयन्तीको दुई दिन अघि देखिनै लुम्बिनीमा पर्यटकहरुको आगमन बढेको थियो । लुम्बिनी क्षेत्रका होटलहरु प्राय सबै भरीभराउ रहेका छन् ।
लुम्बिनी दिवसकै अबसरमा देशका बिभिन्न क्षेत्रबाट स्वदेशी तथा बिदेशी साईकल यात्रीहरुले लुम्बिनी सम्मको यात्रा तय गरेका छन् ।
बेलुका द्धिप प्रज्वलन
मायादेबी मन्दीर परीरसमा बुद्ध जयन्तीका दिन बेलुका द्धिप प्रज्वलन बिभिन्न संघसस्थाले गर्ने भएका छन् ।

LEAVE A REPLY