राष्ट्रिय उधोग ब्यापार संगठन रुपन्देहीको बार्षिक कार्य योजना बैठक सम्पन्न ।

भैरहवा बैशाख २८,
राष्ट्रिय उधोग ब्यापार संगठन रुपन्देहीको बार्षिक कार्य योजना बैठक सम्पन्न भएको छ ।
संगठनका अध्यक्ष नारायण प्रसाद भण्डारीको अध्यक्षतामा बसेको बैठकले बिभिन्न २७ वटा कार्ययोजनाहरु निमार्ण गरेको छ । बैठकले उधोग ब्यापार तथा पर्यटन अवलोकन भ्रमण गर्ने , संगठनको कार्यालय निमार्णको लागी नेपाल सरकार स्थानीय निकाय तथा ब्याक्ती बाट जग्गा प्राप्त गर्न र भैरहवा मण्डपको लागी पहल गर्न खिम बहादुर कार्कीलाई चयन गरेको छ ।
त्यसैगरी उधोगी ब्यावसायीहरुका गुनासाहरु उपर छलफल गराउन तथा सम्बन्धीत कार्यालयमा सहयोग गर्न गिरीस चन्द्र त्रिपाठीलाई संयोजक तोकेको छ । महिला उद्धमी संगठन बिस्तार तथा तालीम प्रर्बदनका लागी उषा किरण गुरुड.लाई तोकेको छ भने दर्ता नबिकरण तथा उधोगी ब्यावसायी संग भेटघाट र सचिवालय ब्यावस्थापनका लागी अनिल कुमार ज्ञवालीलाई जिमेवारी तोकेको छ । त्यसैगरी सचिवालयले रुपन्देही जिल्ला अन्तरगतका नगरपालीका , गांउ पालीका शाखा उपशाखा तथा सम्र्पक कार्यालय बिस्तार तथा अनुगमन गर्ने , राजनैतिक दलहरु संग समन्वय , सम्बन्ध बिस्तार तथा वातावरण तयार गर्नका लागी चोपलाल आर्चायलाई जिमेवारी तोकेको छ ।
सरकारी कार्यालय संग समन्वय तथा सम्बन्ध बिस्तारका लागी सुरेन्द्र बस्याल , नेतृत्व बिकास तालीम गर्न ज्ञानु पौडेल , संगठनको बार्षिक कार्यक्रममा प्रायोजन सहप्रायोजन ब्यावस्थापन गर्नका लागी रामु अधिकारीलाई जिमेवारी दिएको छ । त्यसैगरी संगठनको आर्थिक ब्यावस्थापन बृद्धी तथा शुभकामना आदन प्रदान गर्नका लागी सचिन रोक्कालाई जिम्मेवारी दिएको छ । २०७४ मंसिरमा राष्ट्रिय स्तरको महोत्सवमा उधोग सम्बन्धी अन्तरकृया गर्न दर्पण श्रेष्ठलाई संयोजक तोकेको छ । महोत्सव स्थलमा ब्यापार सम्बन्धी अन्तरकृया गर्न टिकाराम भट्र्राई , कृर्षी सम्बन्धी अन्तरकृया गर्न राम मिलन यादव , पर्यटन समबन्धी अन्तरकृया गर्न राम चन्द्र रेग्मी लाई जिम्मेवारी तोकेको छ ।
त्यसैगरी अमुवामा निशुल्क स्वास्थ्य शिबीर संञ्चालन गर्नका लागी जिवन ज्ञवाली , मर्चवारमा कर शिक्षा तालीम संञ्चालन गर्न प्रभु यादव , बृक्षरोपण सम्बन्धी कार्यक्रम गर्न मधुसुधन आर्चाय , नगर सरसफाई कार्यक्रम गर्न दुर्गा श्रेष्ठ , धकधईमा कर शिक्षा तालीम गर्न कृष्ण बहादुर गुरुड.लाई जिम्मेवारी दिएको छ ।
त्यसैगरी बिभिन्न क्षेत्रको उत्कृठ क्षेत्रको पुरस्कार सचिवालयले गर्ने छ भने नया बर्ष २०७५ सालको क्यालेन्डर प्रकाशनका लागी कमला देबी क्षेत्रीलाई जिमेवारी दिएको छ । त्यसैगरी सुर्यपुरामा आंशा शिबीर संञ्चालन गर्न सुरेन्द्र पाण्डे लाई जिमेवारी दिएको छ भने रुपन्द्येहीको बिकासमा भैरहवा क्षेत्रको महत्व बिषयक राष्ट्रिय बिज्ञ तथा पत्रकार सहित राउण्ड टेवल गर्ने , लेखा तालीम गर्ने र अन्य संग संस्थाहरु संग सम्बन्ध बिस्तार गर्न बैठकले सचिवालयलाई जिम्मेवारी दिएको छ ।

LEAVE A REPLY