सिद्धार्थनगरको विकासका लागि एमालेको जित अपरिहार्य : गिरी

भैरहवा जेठ ५
नेकपा एमालेका केन्द्रिय सदस्य लिला गिरीले सिद्धार्थनगरको विकासका लागि एकालेको जित अपरिहार्य भएको बताउनु भएको छ । सम्बृद्ध सिद्धार्थनगरको विकासको खाकासहित एमाले अगाडि बढेको जनाउादै गिरीले त्यसको सार्थकताका लागि पनि एमालेको विजयी आवश्यक रहेको बताउनुभयो ।
शुक्रबार एमाले सिद्धार्थनगर वडा नं. ८ को स्थानीय तह चुनाव प्रचार प्रसार कार्यालयको उद्घाटन गर्दै एमाले रुपन्देहीको इन्चार्ज समेत रहनुभएका उहााले देश एमालेकै नीति र सिद्धान्त अनुसार चलिरहेकाले आगामी दिनमा एमालेका विकास, निर्माण तथा सम्बृद्धिका एजेन्डालाई स्थापित गराउन पनि एमालेको जित अत्यावश्यक रहेको बताउनु भयो । उहााले बुद्धनगरी भएर पनि अझै सिद्धार्थनगरले विकासमा थुप्रै कामहरु गर्न बााकी रहेको बताउादै सिद्धार्थनगरलाई नेपालकै नमूना सहर गराउन आगामी जेठ ३१ मा हुने स्थानीय तह निर्माचनमा एमाले उम्मेदवार हरिप्रसाद अधिकारीलाई जिताउनु पर्ने बताउनुभयो ।
एमाले पााच नं. प्रदेश निर्वाचन परिचालन कमिटीका सदस्य भरतकुमार पोखरेलले सिद्धार्थनगर आर्थिक, पर्यटन, शिक्षा, स्वास्थ्य एवं औद्योगिक हिसाले महत्वपूर्ण नगर भएकाले त्यसको मुहार फेर्न एमालेलाई जिताउन आग्रह गर्नुभयो ।
सिद्धार्थनगर मेयरका उम्मेदवार हरिप्रसाद अधिकारी र उपमेयरकी उम्मेदवार उमा काफ्लेले आफूहरुले जिते सिद्धार्थनगरलाई भ्रष्टाचारमुक्त नगर बनाउने उद्घोष गर्नुभयो । उहााहरुले विगतमा शक्तिमा पुगेका मेयरहरुले सरकारी जग्गा व्यक्तिको नाममा गराई भ्रष्टाचार गरेको भन्दै त्यस्ता जग्गाहरुको संरक्षण गरिने बताउनुभयो । उहााहरुले सिद्धार्थनगरको २, ९, १०, ११ लाई कृषि उत्पादनको हब बनाउने बताउादै समग्र सिद्धार्थनगरको विकासमा आफूहरु लाग्ने बताउनुभयो । उहााहरुले कहिल्यै पनि जनताका मनमा गलत प्रतिनिधिलाई चुन्यौ भन्ने निरासा आउन नदिने बताउनुभयो ।
सिद्धार्थनगर वडा नं. ८ का वडाअध्यक्षका उम्मेदवार राजेन्द्रप्रसाद पन्थीले आफू यस अघि वडाअध्यक्ष भएकाले थुप्रै अनुभवहरु संगालेको जनाउादै ८ नं. को विकासमा विगतमा थुप्रै विकास गरेको बताउनुभयो । उहााले बााकी रहेका विकासका कामहरुलाई सम्पन्न गर्नका लागि पनि आफूले जित्न आवश्यक रहेको बताउनुभयो ।
कार्याक्रममा एमाले जिल्ला कमिटी सदस्यहरु प्रेमकुमार सेन्चुरी, जीवलाल अर्याल, पम्फावति खनाल, वडा नं. १ का अध्यक्षका उम्मेदवार धर्मराज गिरी, ३ का उम्मेदवार थानेश्वर पौडेल, ६ का उम्मेदवार नसिवदार मुसलमान, १२ का उम्मेदवार घनेन्द्रविक्रम पाण्डे लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम तारापति भण्डारीको स्वागत तथा थानेश्वर पाण्डेको संचालनमा सम्पन्न भएको थियो ।
यसैबीच एमाले सिद्धार्थनगरले विभिन्न वडाहरुमा प्रचारप्रसार अभियानलाई तीव्रता दिएको छ । एमाले सिद्धार्थनगर निर्वाचन परिचालन कमिटीका अध्यक्ष जीवलाल अर्यालका अनुसार शुक्रबारसम्म सिनपा १, २, ३, ९, ११, १२ मा घरदैलो सम्पन्न भएको छ ।

LEAVE A REPLY