सिद्धार्थनगरसंग मेरो सांचो प्रेम ,यसको चौतर्फी विकासका लागि दुरदर्शी भिजन नै मेरो मेयरको उमेद्वारको कडी हो :

२० वर्ष पछि देशमा स्थानीय निर्वाचनको माहोल बन्यो । पहिलो चरणमा प्रदेश नम्बर ३,४ र ६ का २ सय ८३ स्थानमा पहिलो चरणमै निर्वाचन सम्पन्न भई परिणाम धमाधम आईरहेको छ । दोस्रो चरणको निर्वाचन हुने प्रदेश नम्बर १,२,५ र ७ मा निर्वाचनमा भाग दिने दलहरुले प्रचार प्रसारलाई तिब्र बनाएका छन् । कुनै दलहरुले उमेद्वार टुंगा लगाईसकेका छन् भने कतिपय दलहरुले उमेद्वार छान्न ढिलाई गर्दा आकांक्षीहरुमा अन्योलता बढेको छ । सिद्धार्थनगरमा नेकपा एमाले बाहेक अन्य दलले नगरको मेयरको टुंगो लगाउन सकेका छैनन् । यसै क्रममा नेपाली कांग्रेसभित्र मेयरका आकांक्षीहरु धेरै हुंदा कांग्रेसलाई मेयरको उमेद्वार छान्न निकै कठिन गरिरहेको छ । प्रस्तुत छ नेपाली कांग्रेसको तर्फबाट मेयरका सशतm प्रत्यासी ओम कुमार श्रेष्ठ संग सम्झना शर्माले गरेको कुराकानी ।

पार्टी प्रवेश संगै पार्टीमा यहांको भूमिका कस्तो रहेको छ ?

२०४६/२०४७ को आन्दोलनकै क्रममा त्यस जनआन्दोलन सफलतामा सानो तथा नगग्य भूमिका खेलेको भएता पनि त्यसपछिका बर्षहरुमा देशमा भएका धेरै परिवर्तन तथा महत्वका ऐतिहसिक आन्दोलनमा मेरो भुमिका महत्वपुर्ण रहेको छ । सागै २०४८ सालमा भैरहवा बहुमुखी क्याम्पसको प्रथम स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचनमा ने.वी. संघको तर्फबाट उप–सभापति पदका लागि उम्मेदवारी दिएकोमा सर्वाधिक मतले विजयी भए । यस घटनाले मेरो जीवनको धारा नै परिवर्तन गरी मलाई राजनिति मै चुर्लम्मै डुबाए । त्यसपछि २०५६ सालतिर नेपाल तरुण दल नगर समिति, सिद्धार्थनगर संस्थापक अध्यक्षको रुपमा रहि नगरै भरिका युवाहरुलाई तरुण दलमा आवद्ध गराई राष्ट्रियता,प्रजतन्त्र र बिशेष गरी समाजबादी चिन्तनको प्रचार प्रसार गरी दललाई क्रियाशील गराए । अध्यक्षको भूमिका निर्वाह गर्ने क्रममा माहामानब बि.पि कोइरालाको समाजबादि नितिलाई सांकेतिक रुपमा भए पनि कार्यक्रमको रुपमा लागू गर्न यस नगरका १३ वटै वडाका अति विपन्न १८ परिवारलाई १८ थान रिक्सा नि:शुल्क बितरण गरियो । त्यस्तै जिल्ला भरिका अति बिपन्न अपाङ्गहरुलाई २४ थान रिक्सा बितरण गरियो । नगर भरिका बालबालिकाहरुलाई जापनिज इन्सेफलाइटिस बिरुद्धको खोप तथा हेपटाइसिस बि को खोप दिने कार्यक्रम गरियो । त्यस्तै आज सम्मकै सबैभन्दा ठूलो रक्तदान कार्यक्रमका साथै थुप्रै समाजिक रचनात्मक कार्यक्रमका साथै तरुण दलका युवाहरुको व्यक्तित्व अभिवृद्धिको लागि लिडरसिप डेवलबमेन्ट ट्रेनिङ तथा पारलियामेन्टरि मिटिङ प्रडुसर ट्रेनिङहरुको आयोजना लगायतका कायक्रम सम्पन्न गरेको हुदाा हालका नेपाल सरकारका रक्षामन्त्री तथा तत्कालिन नेपाल तरुण दलका राष्ट्रिय अध्यक्ष माननिय बलकृष्ण खााण ज्यूले तरुण दलको राष्ट्रिय भेलामा मलाई नेपालकै सर्वोत्कृष्ट अध्यक्ष घोषणा गरि ताम्रपत्रबाट स–सम्मान गर्नु भएको थियो । त्यस पश्चात नेपाली कांग्रेसको नगर सचिब सम्हाल्दै हाल केन्द्र स्तरमा समेत रहेको छु ।

कांग्ेसको तर्फबाट सिद्धार्थनगर कै मेयर किन ?

म यस नगरको रैथाने हुं । मलाई यस नगरसंग आत्मियता मात्र होईन मलाई यस नगरसंग सांचो प्रेम छ । यस नगरका सारा सडक,गल्ली,टोल बस्ती तथा नगरवासीसंग म परिचित छु । तर यस नगरले विगतमा सशक्त नेतृत्व नपाउंदा र विगत पन्ध्र वर्षदेखि राजनितिक नेतृत्व नपाउंदा यो नगर नाउं विनाको डुंगा जस्तो मात्र भएको छैन कि विकास निर्माणका दृष्टीले पनि तुलनात्मक रुपमा पछि परेको छ । यसर्थ यो नगरको आर्थिक विकास चाहन्छु । सामाजिक विकास,संस्कृति तथा खेलकुद क्षेत्रको विकास चाहन्छु । तर यस चौतर्फी विकास निर्माणका लागि एउटा सशक्त मेयरको रुपमा नेतृत्व आवश्यकता छ । जोसंग नगर निर्माण गर्ने दुरदृष्टी छ,योजना छ,कार्यक्रम छ र योजना कार्यक्रमलाई कार्यान्वय गराउन सक्ने नेतृत्वदायी क्षमता छ र यी माथि उल्लेखित कुराहरु मसंग छ । त्यसैले मैले आफुलाई मेयरको रुपमा प्रस्तुत गरेको छु ।

मेयर पदमा निर्वाचित भएको खण्डाम यस नगर र नगरवासीहरुको लागि के के गर्नु हुन्छ ?

यदी मेयर पदमा निर्वाचित भएको खण्डमा सर्वप्रर्थम यस नगरको भौतिक पुर्वाधार,विकास गर्दै हरियालीपुर्ण सुन्दर तथा आर्कषक शहर निर्माणका लागि सशतm रुपमा रुची बढाउने छु । हाल संविधानले शिक्षा र स्वास्थ्यलाई पनि स्थानीय तहको अधिकारका सुचीमा राखेको हुंदा शिक्षा र स्वास्थ्य क्षेत्रको गुणस्तर अभिवृद्धि,समाजका तल्लो तहको पनि सहज पहुंच पुऱ्याउन विषेश पहल गर्नेछु ।

पार्टीबाट टिकट पाएको खण्डमा यहांको प्रतिष्पर्दी कुन पार्टीलाई मान्नु भएको छ ?

विगतको ईतिहांसमाथि दृष्टीगत गर्ने हो भने नेकपा एमाले सबैजसो निर्वाचनमा राप्रपासंग अपवित्र गठबन्धन गरेको अवस्था छ । एक्लाएक्लै त यस नगर तथा क्षेत्रका कुनै पनि राष्ट्रिय तथा क्षेत्रीय पार्टीको रुपमा नेपाली कांग्रेससंग तुलना नै हुन सक्दैन । उनीहरु नेपाली कांग्रेसको सामु ज्यादै कमजोर छन् । नेपाली कांग्रेसको पार्टीसंग संरचना एकदम चुस्त छ । कार्यकर्ता अत्यन्त मोटिभेटेट छन् । राष्ट्रियता,लोकतन्त्र र समाजको पक्षपोषण नेपाली कांग्रेसप्रति जनताको असाध्यै साथ भएको कारण तथा राष्ट्रिय,अन्तराष्टिय परिस्थिति पनि लोकतान्त्रिक मुल मान्यताप्रति रहेको हुंदा नेपाली कांग्रेसको अगाडि सबै पार्टी भिन्न छन् । तसर्थ हाम्रोसामु जित निश्चित रहेको छ ।

सिद्धार्थनगरमा यहांले निर्वाचन जित्नेमा कतिको ढुक्क हुनुहुन्छ ?

निर्वाचनमा विजय प्राप्त गर्ने कुरामा म पुर्ण विश्वस्त छु । चुनाव हुन अगावै नै यो चुनाव रुपी युद्धलाई मैले मनमा जितिसकेको छु । यस विजय प्राप्तिका थुप्रै आधारहरु छन् । मैले नेवि संघबाट राजनिति यन्त्र प्रारम्भ गरि तरुण दलको संस्थापक अध्यक्ष भई थुप्रै वडा तहका सामाजिक कार्यमा संलग्न भई रचनात्मक कार्यहरु गरेको छु । युवाहरुको उत्तरदायित्वका लागि लायन्स लगायतका विभिन्न सामाजिक संघसंस्थामा रहेर काम गरिसकेको छु । म एक राजनितिक व्यतिm,सामाजिक व्यतिm र जुजारु युवा भएका कारण पनि निर्वाचनमा जित हासिल गर्छु भन्नेमा ढुक्क छु ।
निर्वाचन घाषणा भएको ५ मिनट नवित्दै यहांले मेयरको उमेद्वारी घोषणा गर्नुभएको थियो ।

कथमकदाचित पार्टीले टिकट दिएन भने के गर्नुहुन्छ ?

मेयरमा उमेद्वारी दिने चाहना र जनताको मायारुपी मत प्राप्त गरी मेयर पदमा विजय भई जनतालाई सेवा गर्ने चाहाना मेरो केही दिन वा महिना अगाडि लहतमा निर्माण भएको चाहाना होईन् । विगत २८ वर्षदेखि निरन्तररुपमा राजनितिमा छु । नेविसंघ,तरुण दल,जेसिस,लायन्स् क्लबको नेतृत्व सम्हाली प्रभावकारी नेतृत्व क्षमता प्रस्तुत गरिसकेको छु । पार्टीमा नेपाली कांग्रेसका बुंथ,दलदेखि नगर जिल्ला हुंदै केन्द्रिय स्तरका नेतृत्वहरु मेरो संघर्षशिल चरित्र,स्पष्ट भिजन,लिडरसिप क्षमता,नगरवासीहरु समक्ष मेरो लोकप्रियता र समाजप्रतिको मेरो सेवाको भावनाबारेमा राम्ररी अवगत हुनुहुन्छ । र यसै यथार्थको जगमा मैले दशकौं अघिदेखि यस नगरको मेयर बन्ने ईच्चा चाहाना मात्र होईन यस उद्देश्य प्राप्त गर्ने शंकल्प गरेको थिए । योजना बनाएको थिए । आफुलाई तयार गरेको थिए । त्यसैले मेरो भुमिका र पार्टीमा पुरयाएको योगदानको सही मुल्याङ्गकन गरी पार्टीले मलाई नै टिकट दिनेमा म ढुक्क छु ।

LEAVE A REPLY