राजपा द्धारा भैरहवामा लाठी जुलुस प्रर्दशन

????????????????????????????????????

भैरहवा जेठ १४
सरकारले संविधान संसोधन नगरी स्थानिय तहको निर्वाचन गराउन लागेको विरोधमा राष्ट्रिय जनता पार्टी नेपालले (राजपा) भैरहवामा लाठी जुलुस निकालेको छ । घोषित केन्द्रिय कार्यक्रम अनुसार राजपाले भैरहवामा लाठी जुलुस निकालेको हो ।
राजपाको पार्टी कार्यालयबाट निकालिएको जुलुस कालिका पथ, बैंकरोड हुदै मिलन चोक पुगेको थियो । मिलन चोकमा पुग्ने क्रममा प्रहरीले पार्टीका नेता, कार्यकर्ताको लाठी खोसेको थियो ।
प्रहरीले लाठी खोस्ने क्रममा कार्यकर्ताले बोकेको पार्टीको झण्डा च्यातिएपछि समान्य विवाद भएको थियो ।
राजपाका नेता ओमप्रकाश यादवले (गुल्जारी) सरकारले मधेसी जनताको माग पुरा नगरी स्थनिय तहको निर्वाचन गराउन खोजेको भन्दै मधेसी जनताको माग पुरा नगरी निर्वाचन गराउने नहुने बताए । जुलुसमा राजपाका नेताहरु राजेन्द्र प्रसाद गुप्ता, उमा शंकर यादव, अजय गुप्ता, प्रशान्त गुप्ता, मनमोहन चौधरी,देवमणी पाण्डे , नागेन्द्र सहानी , शैलेन्द्र पाण्डे । श्रीनिवास यादव, बिजय शिंह थारु, मोहम्द अली , बबी यादव लगायतको सहभागिता रहेको थियो ।

LEAVE A REPLY