उम्मेदवार छनौटमा तातीयो कांग्रेस , उपमेयरमा माधवी शर्मा वाग्ले

भैरहवा, १४ जेठ
आगामाी जेठ ३१ गते हुने स्थानीय तह निर्वाचनको मनोनय मिती नजीकीदै गर्दा नेपाली काग्रेस रुपन्देही उम्मेदवार छनौटमा जुटेको छ ।
बडा, नगर तथा क्षेत्रीय समीतीबाट सर्वसम्वत उम्मेदवार चयन हुन नसकेका स्थानहरुमा सर्वसम्वत गराउन जिल्ला कार्यसमीती अन्तीम कसरतमा जुटेको छ । नेपाली काग्रेस रुपन्देहीको आईतवार भैरहवामा बसेको बैठकले उम्मेदवार छनौट तथा सर्वसम्वत हुन नसकेका स्थानमा सर्वसम्वत उम्मेदवार छनौट गर्ने जिम्मा जिल्ला छनौट समीतीलाई दिएको छ ।
जिल्ला छनौट समीतीले आईतवारदेखीनै सर्वसम्वत गराउन पहल थालेको छ । सोमवार बस्ने बैठकमा उम्मेदवार सर्वसम्वत गराउन अन्तीमसम्म पनि प्रयास गरीने र सर्वसम्वत हुन नसकेको स्थानको नामावली केन्द्रीय छनौट समीतीमा पठाईने नेपाली काग्रेस रुपन्देहीका सभापति एवं सासंद अब्दुल रज्जाकले जानकारी दिए ।
उनका अनुसार जिल्लामा धेरै जसो बडा अध्यक्ष तथा सदस्यहरुको क्षेत्रीय छनौट समीतीले सर्वसम्वत रुपमा उम्मेदवार छनौट गरी जिल्लामा पठाएको छ । क्षेत्रीय छनौट समीतीले मिलाउन नसकेका नगरपालीका तथा गाउपालीका उम्मेदवारहरुको जिल्ला छनौट समीतीले सर्वसम्वत गराउने प्रयास गर्ने छ । ‘केन्द्रीय परिपत्र अनुसार क्षेत्रीय छनौट समीतीले उम्मेदवारहरुको नामावली जिल्ला कार्यसमीतीमा पठायो । जिल्लाको बैठकले क्षेत्रबाट सर्वसम्वत नभई आएको नामावलीलाई छानविन गरी उम्मेदवार टुगों लगाउने जिम्मा जिल्ला छनौट समीतीलाई दिएको छ,’ जिल्ला छनौट समीतीका सयोंजक समेत रहेका सभापति रज्जाकले भने । यता नेपाली काग्रेस क्षेत्रीय छनौट समीती क्षेत्र नम्वर २ ले सिद्धार्थ नगरको उपमेयरमा माधवी शर्मा वाग्लेको नाम निर्णय गरेको छ । क्षेत्रीय छनौट समीतीको आईतवार बसेको बैठकले शर्मालाई नेपाली कांग्रेस सिद्धाथनगरको उपमेयरको उम्मेदवार बनाउने निर्णय गरेको हो । क्षेत्रीय छनौट समीतीले उपमेयरको टुगों लगाए पनि मेयर पदको भने टुगों लगाएको छैन् । यसअघी नगरसमीतीबाट सिफारीस भएका ६ जनालाईनै क्षेत्रले जिल्लामा सिफारीस गरेको हो । नगर प्रमुखकालागी क्षेत्रले ओम कुमार श्रेष्ठ, मातृका प्रसाद यादव, सुरेन्ऽ जंग थापा, दिपक क्षेत्री न्यौपाने, गोपालमान राजभण्डारी र महेन्ऽ कुमार श्रेष्ठलाई सिफारीस गरेको हो । ओमसतिया गाउा पालिकाका अध्यक्षमा महेन्ऽ प्रताप चौधरी र उपाध्यक्षमा मिना भण्डारी काग्रेसबाट उम्मेदवार भएका छन् । यसअघी भएको सिद्धार्थ नगर १ को सदस्य पदमा क्षेत्रले ससोधन गरेको छ । यसअघीको निर्णयलाई ससोधन गर्दै क्षेत्रले वडा सदस्य पुरुष तर्फ राज किशोर अहिरलाई उम्मेदवार बनाएको छ ।
क्षेत्रले सिद्धार्थ नगर नगरपालीकाको बडा नम्वर १ मा रमेसमल्ल, २ मा जगदीस पाठक, ३ मा चन्द्रवली यादव, ४ मा नरेन्द्र रौनीयार, ५ मा पुरन प्रसाद श्रेष्ठ, ६ मा धिरेन्द्र श्रीवास्तव, ७ मा भिमसेन कर्मचार्य, ८ मा राजनजगं राणाा, ९ मा श्याम खानाल, १० मा बिजय नाथ धवल, ११ मा राजेस्वर यादव, १२ मा करुणजगं श्रेष्ठ र १३ मा सोमबहादुर गुरुङ्ग (सेते) ले बडा अध्यक्षको उम्मेदवारी बनाउने निर्णय गरीसकेको छ । क्षेत्रले उम्मेदवार घोषणा गरेसगै बडा अध्यक्ष तथा सदस्यहरु प्रचार प्रसारमा जुटेका छन् ।

LEAVE A REPLY