राष्ट्रिय जनमुक्ती पार्टीले स्थानिय निर्वाचनमा सिध्दार्थनगरमा सबै पदहरुमा उमेदवार उठाउने

प्रमुख पदहरुमा महिलालाई प्राथमीकता

भैरहवा जेठ १४
राष्ट्रिय जनमुक्ती पार्टीले स्थानिय निर्वाचन २०७४ को लागि सिध्दार्थ नगरमा सबै पदहरुमा उमेदवार उठाउने निर्णय गरेको छ ।
नगरको मेयर,उपमेयर सहित सबै वार्डहरूमा आफ्नो उम्मेदवारी उठाउने भएको हो । प्राय प्रमुख पदमा महिलाहरूलाई प्राथमिकता दिने ईन्चार्ज सूर्य सारू मगरले जानकारी दिए ।
मेयर,उपमेयर सहित प्राय सबै वार्डहरूमा उम्मेदवारी तय भएसकेको जानकारी दिनु दिए ।
साथै वार्ड वार्डमा घरदैलो कार्यक्रम पार्टीको २३ बुदे प्रतिबध्दता पत्र सहित गरीरहेको छ । प्रतिबद्धता पत्रमा .जनमुक्तिको शासनस् भ्रष्टाचार मुक्त प्रशासन .बेरोजगारलाई रोजगार,स्वरोजगारलाई पुरूस्कार .शिक्षा सबैको पहुाच .हरियाली गाउ शहर .बालबालिका स्यार केन्ऽ .बहुआयामिक पर्यटन . उन्नत कृषिप्रदेशको मेरूदण्ड लगायत रहेको छ ।
यसैबिच
घरदैलो कार्यक्रम आईतबार वार्ड नं.६ मा समपन्न गरेको छ । सोमबार बिहान ७ बजेदेखि वार्ड नं. ९ का महिला अध्यक्ष पदका उम्मेद्वार माया सूर्यवशी सहितका नेता तथा कार्यकर्ताहरूले घरदैलो कार्यक्रम गरिने जानकारी नगर निर्वाचन परिचालन समितिले जनाएको छ ।
यसैबिच
राष्ट्रिय जनमुक्ती पार्टीको भातृसंगठन जनमुक्ती युवा महासंघ सिध्दार्थनगर को भेला भैरहवामा सम्पन्न भएको छ ।
भेला नगर समितिका अध्यक्ष अजय गुरूङ्गको उपस्थितिमा सिनपा ९ मा युवाहरूको भेला सम्पन्न भएको छ । भेलाले जनमुक्ति महासंघ वार्ड ईकाई समिति गठन भएको छ । नरेश बस्नेतको अध्यक्षतामा १३ सदस्य नयाा कार्यसमिति गठन भएको छ ।उपाध्यक्षमा सुमन थापा,सचिव अमर राना,सहसचिव मोबित गुरूङ्ग,कोषाध्यक्ष समीर राना रहेका छन् । सदस्यहरू शेखर थापा,सूर्य गुरूङ्ग,विशाल गुरूङ्ग,योगेश गुरूङ्ग,सबिन राना,शिव खनाल,मनोज थापा चयन भएका छन् ।
,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,

LEAVE A REPLY