गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थल निमार्णका क्रममा बिस्थापीत परिवारहरुलाई स्थान्तरण गर्न नमुना बस्ती बनाउने तयारी

पुर्बाधार बिकासका लागी पहिलो चरणमा ३० करोड बजेट बिनियोजन गरीने ।

दिपेश पछाई
भैरहवा जेठ १५
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निमार्णका लागि आबस्यक पर्ने थप जग्गा अधिग्रहणका क्रममा बिस्तापित हुनेहरुको लागी नया बस्ती बसाउन नया योजना अगाडी सारिएको छ ।
सरकारले पछिल्लोपटक गर्न लागेको अधिग्रहणमा परेका बस्तीहरुमा रहेका करिब ४ सय ७० घरपरिवारका लागी नया स्थानमा बसाल्नका लागी गौतमबुद्ध अन्तराष्ट्रि बिमान स्थल निमार्ण परियोजनाले योजना अगाडी सारेको हो ।
मायादेवि चोक देखि पश्चिम तिनाउ खोला सम्म र बनगाई देखि मर्चवार जाने बाटोको दाया बाया सडकमा पर्ने घनावस्तिहरु बिस्थापीत भएका छन् ।
परियोजनाले नमुना बस्तीको नक्शा समेत तयार पारेको छ । बिचमा पोखरी रहेको छ त्यसको छेउ आसपास खुल्ला स्थान अनी खुल्ला स्थान अगाडी ब्यापारीक प्रयोजनका लागी सटरहरु रहेका छन् । त्यस पछि मात्र वरिपरिबाट बस्तीको बिकास गरिएको छ । बस्तीमा रहेका भवनहरु एकै प्रकृतीका रहेका छन् । बस्ती बरिपरि बिभिन्न धर्म संस्कृतीका मठमन्दीर , बिध्यालय , शिक्षा स्वास्थ्यको पनि ब्यावस्था गरीएको छ ।

२६ बिगाहा क्षेत्रफलमा बस्तीको बिकास गरीने गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थल निमार्ण परियोजनाका प्रमुख ओम शर्माले बताए । ७ बिगाहा क्षेत्रफलमा पोखरी फैलीएको छ । पोखरीको आसपास खुल्ला मैदान रहेको छ भने त्यसपछि ब्यापारीक प्रयोजनाका लागी सटरहरु निमार्ण गरिएका छन् । ति सटरहरु बिमानस्थललेले भाडामा लगाउने छ र आन्तरकि आम्दानी गर्ने छ । बस्ती अगाडी निमार्ण गरीएका ब्यापारीक भवनहरुबाट बिस्थापीत घर परिवारका कम्तीमा एक जनाले रोजगारी समेत पाउने छन् । त्यसको पुर्बाधार बिकासका लागी पहिलो चरणमा ३० करोड बजेट माग भएको शर्माले बताए ।
कम्तीमा दश धुर क्षेफलमा घरहरु बन्ने छन् । कम भन्दा कम मुल्यमा भवन निमार्ण गरीने छ । जहा निम्न आय भएका सर्बसाधारणले पनि बस्ने सक्ने खालको हुने छ । बस्तीको पछाडी रहेका घरहरु कृर्षी पेशा संग जोडीएकाहरु बस्न सक्ने परियोजना प्रमुख ओम शर्माले बताए । उनिहरु घर नजीकका जग्गाहरु भाडामा वा खरीद गरेका काम गर्न सक्ने छन् उनले भने । बस्ती भित्र मोटर पाकिङ्ग, चार मिटर चौडाईको पैदल मार्ग रहने छ ।
निमार्णधिन बिमानस्थल नजीकै बनाउन लागीएको बस्ती बिभिन्न हिसावले उपयुक्त रहेको परियोजना प्रमुख शर्माले बताए । बिमानस्थलको दक्षिण तर्फ खुल्ला स्थान रहेकाले ति स्थानहरु बाट निल गाई बिमानस्थल भित्र प्रबेश गरी दुर्घटना गराउन सक्ने भएकाले मानव बस्तीको बिकास भए स्थायी रुपमा गाईहरुलाई नियन्त्रण गर्न सकिने छ । ति क्षेत्रमा अधिक्तम सार्बजनिक जग्गा रहेकाले सरकारले जग्गा खरीद गर्दा बढी मुल्य खर्च गर्नु नपर्ने अवस्था रहेको छ । सुन्द पर्यटकीय गन्तब्य बन्न सक्ने र आम्दानीको श्रोत बढाउन सकिने छन् शर्माले भने ।

बिमानस्थल निमार्णका लागि पछिल्लो पटक सिद्धार्थनगर नगरपालिका वडा नं.–४ (ग), साविक भुजौलीको २,३,४,५, ६,७,८ र ९ नम्बर वडाका अधिकांश किताहरू अधिग्रहण गरेको छ । त्यस्तै हाटी बनगाई गाविस वडा नं.–१ (क) र (ख), वडा नं.–७ र ८ (क), सिनपा ४ को (ग), (ङ) र (च) का कित्ताहरूसहित चार हजार पाच सय चार र सोमा थपघट हुने अन्य कित्ता समेत ५ सय विगाहा जग्गा र सोमा रहेका ४ सय ७० घर टहराहरू अधिग्रहणमा परेका छन् ।
पुस्तौ देखिको बस्दै आएको पुर्खाहरूको थाकथलो छोड्नु परेकोमा स्थानीयलाई दुु:ख लाग्ने भएकाले उनिहरुलाई अन्यत्र एकै स्थानमा बसोबास गर्ने बातावरण मिलाउनका लागी परियोजनाले नया बस्तीको अवधारण ल्याएको परियोजनाका प्रमुख ओम शर्माले बताए ।

LEAVE A REPLY