राष्ट्रिय जनमुक्ती पार्टी द्धारा ओमसतिया गााऊपालिकामा प्रमुख,उप प्रमुख पदमा नाम सिफारीस ।

भैरहवा जेठ १६
राष्ट्रिय जनमुक्ती पार्टीले ओमसतिया गाऊपालिकामा प्रमुख पदका उम्मेद्वार नन्द प्रसाद गुरूङ्ग र उप प्रमुख पदमा माया गुरूङ्गको नाम तय गरेको छ ।
साथै सोही गााऊपालिका वार्ड नं. १ को लागि अध्यक्ष पदमा तिल बहादुर गुरूङ्गको नाम सर्वसहमतिबाट निर्णय गरेको छ ।
अन्य सदस्यहरूमा माया शिरीष,शारदादेवी बिक,ईश्वर गुरूङ्ग र विश्वनाथ थारू रहेका छन् । संघियतालाई ईमान्दारपूर्वक कार्वानयन र गाऊको विकासको लागि जनमुक्ति पार्टीको विकल्प नरहेको बताउदै ईन्चार्ज सूर्य सारूमगरले सबै उम्मेदवारहरूलाई शुभकामना दिदै टीका र खादा लगाई दिएका थिए ।
जनताको सेवा गर्न उम्मेदवारहरूले घामपानी भन्न हुदैन भन्दै आजको सिमसिम झरीमा पनि ठूटिपिपल नया गाउमा उम्मेद्वार र पार्टीका नेता तथा कार्यकर्ताहरूले घरदैलो कार्यक्रम सम्पन्न गरेको ओमसोतिया गाउपालिका प्रसारप्रचार समितिले जानकारी दिएको छ । बुधबार बिहान ७ बजे देखि ठुटिपिपल फरेना र क्याप्टेनटोलमा घरदैलो गरिने भएको छ ।

LEAVE A REPLY