नयाँ सिद्धार्थनगर

शैलेन्द्र प्रसाद श्रेष्ठ
बरिष्ठ इन्जिनियर
निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल, लुम्बिनीको नजिकै रहेको, भारतसंग जोडिएको, पैदल मार्ग भएर सबैभन्दा बढी पर्यटक भित्रिने, उत्तर दक्षिण छ लेनको सिद्धार्थ राजमार्ग, पूर्व पश्चीम हुलाकी सडक, गोरखपुरबाट रेलमार्गभै भारतको बिभिन्न सहर जान सकिने, भैरहवा भुमही सडकबाट पूर्व तर्फ र चार लेनको बन्न लागेको लुम्बिनी सडक बाट पश्चिम तर्फ जाने सुबिधा, एसियाली विकास बैंकको लगानी सहयोगमा संचालित एकीकृत सहरी विकास आयोजनाबाट निर्माणाधीन १०.५ किलोमीटर मुख्य मुख्य कालोपत्रे सडक, डुबान क्षेत्र न्यूनीकरणका लागि बनाइएको ३० किलोमीटर प्रमुख नाला र २० किलोमीटर मर्मत, पट्खौलीमा बन्न गैरहेको फोहोर मैला प्रसोधन केन्द्र, एसियाली विकास बैंकको अर्को लगानी सहयोगमा संचालित क्षेत्रीय सहरी विकास योजना बाट निर्माण हुन लागिरहेको २५ किलोमीटर र सहरी विकास मन्त्रालय बाट निर्माण हुन लागिरहेको २१ किलोमीटर फुट पाथ साहित् को सुविधायुक्त सडक, बसोबास का लागि उपयुक्त थलो, नगरको integrated urban development plan र municipal transportaiton management plan को तयारी आदि इत्यादी बिषय यस नगरलाइ अगाडी बढाउन भए गरिएका सकारात्मक पक्ष हुन्.
समथर भूभाग भएको कारण पानि जम्ने, नाला बनाउन ठुलो धन रासी खर्चन पर्ने, नाला मा ढक्कन राख्न नसक्नाका कारण फोहोर जम्माभै प्रत्यक वर्ष सफाई गर्नुपर्ने, दक्षिण सिमानामा भारत द्वारा निर्माण गरिएको बाध र त्यसका कारण हुने डुबान, सफाईमा जागरुकता नहुनु, जनसंख्या, क्षेत्रफल् र आन्तरिक आयको आधारमा नेपाल सरकारले दिने अनुदान रकम निकै कम हुनु, नगरपालिकाको आफ्नै आम्दानी कम हुनु, प्राक्रितिक श्रोत नहुनु, घर निर्माण का क्रममा सडकमा जथाभाभी निर्माण सामाग्री सडकमा राख्नाले आवागमनमा असुविधा, सडकको आयुमा कमि, गाडी पार्किंगको स्थान छनौट र ब्यबस्थापन नहुनु, सुनौलीमा सामान सस्तो पाइने भ्रमका कारण खरिद गर्न जाने परम्पराले नगर भित्र आर्थिक कम्पन ल्याउन नसक्नु, नेपालको उत्तर तर्फको बजार ओगट्नमा कमि, सार्बजनिक सम्पत्ति माथि अतिक्रमण, बुटवल भैरहवा ट्रान्समिसन लाइन नभएको ले नेसनल ग्रिडबाट सप्लाई नपाउनुको कारण कम भोल्टेज को बिद्धुत र अनियमित बिद्धुत आदि कारण र लामो समय सम्म जनप्रतिनिधि नहुनुले यस क्षेत्रको प्रगतिमा केहि सिथिलता आएको हो.
नगरपालिका ले आफ्नो आन्तरिक आय बढाऊन सिनपा ३ स्थित हालको बस पार्कको पूर्व तर्फको जग्गा मा ब्यबस्थित पार्किंग र कबल घर निर्माण, बेलहियामा रहेको जिप पार्कमा बहुतले भवन सहितको पार्किंग ब्यबस्थापन, त्यसैगरी हाटबजारमा पनि बहुतले भबन, बसपार्क र पंचबाटिका पार्कलाइ ब्यबस्थित गरिने, हालको गेस्ट हाउस भएको स्थानमा नपाको भबन निर्माण गरि अहिले नपा रहेको स्थानलाइ आधुनिक पार्किंग सहित व्यापारिक भवन बनाउने. सिनपा १२ र ४ मा भएको स्वर्गद्वारी घाट लाइ ब्यबस्थित गर्ने कार्यक्रम तयभै काम सुरु गरिसकेको अवस्था हो. पुर्बाधरको क्षेत्र मा मात्र होइन नगरपालिकाले सामाजिक विकासको पाटो पनि उत्तिकै अगाडी बढेको अवस्था छ. एकीकृत सहरी विकास योजनाबाट होस् वा नपा को आफ्नै श्रोतबाट होस् धेरै जसो ग्रामिण बस्तीहरुमा सानातिना पुर्बधार विकासको काम, जन-चेतनामुलक काम, शिपमुलक तालिम दिई उनीहरुको आय आर्जन वृद्धि गराएर ग्रामिण बस्तीहरु लाइ न्याय दिएको छ.
अब हुने स्थानीय तह को निर्बाचन पछि निर्बाचित हुने जन प्रतिनिधिले निकट भबिष्यमा लागु हुन गइ रहेको स्थानीय तह ऐनमा उल्लेख भएका काम कर्तब्य र अधिकार लाइ जन-भावना अनुरुप प्रयोग गरि नगरपालिका कार्यालयको आन्तरिक सुधार र बैज्ञानिक ब्यबस्थापन सहित नगरको अल्पकालीन तथा दिर्घकालिन कार्यक्रम तर्जुमा गर्ने हो भने मात्र पनि यो सानो सहर सुन्दर, ब्यबस्थित र अहिले भन्न थालिएको स्मार्ट सहरमा परिणत हुने छ.

नगरबासीका अधिकांस सेवामुलक सहित अन्य आबश्यकीय कामहरु अब उप्रान्त बडा बाटनै हुने भएपछी नगरपालिका लाइ दिनानुदिन गरिरहेका कामहरुको भार स्वभावैले कम हुन जान्छ. त्यस्ता प्रकृतिका कामहरु गर्न वडामा कर्मचारीहरुको त्यसै अनुसार ब्यबस्थापन गरिनु पर्छ र जनताको काम छिटो छरितो गर्न तर्फ अग्रसर हुनु पर्छ. नपा लाइ केन्द्रको रुपमा राखेर योजना तर्जुमा गंरिनु पर्छ. अबको स्थानीय तह पहिलाको स्थानीय निकाय भन्दा धेरै भिन्न भएकाले यसको अत्यन्त ठुलो महत्व छ. यहि महत्व र गरिमालाइ कायम राख्न सकिएन भने हामीले चाहेको नगर बन्न सक्दैन. नेपाल सरकारले स्थानीय तहको बारेमा workshop राखेर सबै जन-प्रतानिधिहरु र कर्मचारीहरु संग छलफल समेत गर्ने जानकारी प्राप्त भएको छ.
समयले धेरै कोल्टो फेरिसकेको छ र सधै गतिशील भै अगाडी बढ्छ. यो निरन्तर प्रक्रिया हो. जन-निर्बाचित पदाधिकारी होस् या त्यहाँ कार्यरत कर्मचारी होस् जन-भाबना अनुरुप काम गर्नै पर्छ नसके सधै पछाडी पर्छ. जुनसुकै नगरको विकास को लागि त्यो नगरको आयश्रोत प्रमुख कारण हुन्छ. दात्री निकायले पनि लगानी गर्नु पर्दा नगरपालिका को आन्तरिक आय को विश्लेषण गरेर मात्र आफ्नो लगानीको पहिचान गर्दछ. जे सुकै अवस्था होस् नपा को आफ्नै आम्दानी समय सुहाउदो हुनुपर्छ. क्षेत्रफल् को हिसाबले भक्तपुर नपा हामी भन्दा सानो भएपनि उसको आय हाम्रो भन्दा निकै गुना बढी छ. त्यसै ले आन्तरिक श्रोत लाइ बैज्ञानिक सुधार गर्ने पर्छ. धेरै कर लगाउनु भन्दा थोरै कर लगाएर कर को दायरा बढाई धेरै आम्दानी गर्न सक्नु पर्छ. आन्तरिक आय बलियो नभए सम्म कुनै पनि नपाको बृहत्तर हित सोच्नु बेर्थ हुन जान्छ भन्नुमा अतिसयुक्त हुँदैन .
अबको युग भनेको संचारले फट्को मारेको बेला हो. कम्प्युटर मा नया नया software को प्रयोग गरि नगरबासीलाइ छिटो छरिटो सेवा दिन सक्नु पर्छ. त्यसैगरि सबै वडा कार्यालयहरु लाइ सरल र सुविधायुक्त बनाइ वडाबाट दिइने काम र सेवाहरु पनि छिटो छरिटो हुनुपर्छ. नक्सा पास शाखा लाइ ब्यबस्थित र मर्यादित बनाउनु पर्छ. हाटबजारलाइ उपभोक्ता मैत्री र ब्यबस्थित बनाउनु पर्छ. स्वास्थ्यको क्षेत्र मा दरिलो पाइला चाल्नु पर्छ. मेला तथा प्रदर्शनी स्थल को खोजि हुनुपर्छ. बनिसकेको नाला को संरक्षण, सफाई र मर्मत गर्ने हो भने डुबानबाट जोगिन सघाउ पुर्याउछ. यो कार्यलाई अगाडी बढाउनु पर्छ. नगरबासीको चाहना अनुरुप विकास निर्माणलाइ अगाडी लानु पर्छ. पर्यटकलाइ टेवा पुग्ने कार्यक्रमहरु तर्जुमा गर्नुपर्छ. उद्धोग बाणिज्य संघ र उद्धोग व्यापार संगठन जस्ता संस्थाहरु संग मिलेर राजश्व वृद्धि लगाएत विभिन्न क्षेत्रको बिकासको खाका बनाउन सकिन्छ. उद्धोग, व्यापार, शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, निर्माणसंग सम्बन्धित नीति को तर्जुमा गरि नगरको सर्बांगिंग विकास लाई अगाडी बढाउन सकिन्छ. यसैमा नगरको उज्यालो भबिष्य छ. नगरको सर्बोपरी विकास भनेकै निर्बाचित जनप्रतिनिधिहरु को प्रमुख कर्तब्य हो र ऐन ले सम्पूर्ण अधिकार उनीहरुलाई नै सुम्पेको छ. कुलमान घिसिंगले बिगत २० वर्ष भन्दा अगाडी देखि बिद्धुत प्राधिकरणमा काम थालेका हुन्. उनले काम थाले देखिनै नेपालमा लोड सेडिंगको समस्या सुरुआत भएको हो. उनीले पनि २० बर्ष सम्म लोड सेडिंग लाइ टुलु टुलु हेरेरै बसेका हुन्. जब उनि सीईओ भए तब मात्र हटाउन सफल भए. भन्नुको मतलब काम गर्न अधिकार पनि चाहिन्छ उ संग ज्ञान त थियो नै प्रयोग गर्न पाएका थिएनन. अधिकार पाउना साथ् देखाइदिए. त्यसैले नगर बनाउने सम्पूर्ण अधिकार पनि निर्बाचित प्रतिनिधिमा नै छ, कामना गरौ हामि सिद्धार्थनगर बासी सिद्धार्थनगरको भबिष्य उज्जल बनाउन सक्ने जनप्रतिनिधिको पर्खाइमा छौ.

मिति: २०७४ जेष्ठ 25

LEAVE A REPLY