बेलहीयालाई पर्यटन मैत्री नाका बनाउछौ : काग्रेस उम्मेदवार

भैरहवा, २६ जेठ
नेपाली कााग्रेस सिद्धार्थनगर भैरहवाका मेयर तथा उपमेयर पदका उम्मेदवारले रुपन्देहीको बेलहीया नाकालाई ब्यबस्थित गर्दै पर्यटन मैत्री बनाउने प्रतिबद्धता जनाएका छन् ।
घरदैलो अन्तरगत शुक्रवार सिनपा १ बेलहीयामा पुगेका कााग्रेस सिद्धार्थनगरका मेयर पदका उम्मेदवार मातृका प्रसाद यादव र उपमेयर पदकी उम्मेदवार माधवी सर्मा बाग्लेले सवै भन्दा बढी पर्यटक भित्रने र नेपालकै दोस्रो ठुलो भन्सार नाकालाई ब्यबस्थित गर्ने बताएका हुन् ।
बेलहीया नाकालाई पर्यटक मैत्री नाकाको रुपमा बिकास गर्दै बेलहीयामा यात्रु बिश्राम गृह बनाउने कााग्रेसको योजना रहेको मेयर पदका उम्मेदवार यादवले बताए ।
त्यस्तै बेलहीयाका भित्री सडकहरु बिच गर्ने र बेलहीया नाका हुदै अवैध रुपमा नेपाल भित्रने लागुऔषध नियन्त्रणकालागी बिषेस अभीयान सचांलन गर्ने उनले बताए । खासगरी भारतीय बजार सुनौलीमा लागुऔषधको खुलेयाम बिक्री हुने हुदा नेपालका कयौ युवा युवतीहरु लागुऔषध सेवन र किनबेचकालागी बेलहीया नाका हुदै सुनौली पुग्ने गर्दछन् । लागुऔषध सेवन तथा खरीदकालागी भारत जाने नेपाली युवा युवतीलाई सिमाबाटै फर्काउन र नेपालमा लागुऔषध भित्रन नदीन बेलहीयामा नगर स्तरीया सचेतना तथा नियन्त्रणका कार्यक्रम सचांलन गर्ने यादवले बताए । नेपाली कााग्रेसले सिद्धार्थनगर १ मा मुख्यता पक्लीहवा कृर्षी क्याम्पस पछाडीको खाली जग्गामा ब्यबस्थित रुपमा संसासन घाटको निमार्ण गर्ने, कृर्षी क्याम्पसको स्तरउन्नती गरी डिन कार्यालयको स्थापना गर्ने, रानी गााउ–बेलहीया, नेउडीहवा गाउाको सडक पिच गर्ने , बिषेस आर्थीक क्षेत्र (सेज) सचांलनमा बिषेस जोड दिने जस्ता जनसरोकारका मुख्य बिषयलाई प्राथमीकतामा राखेको छ ।
पहीलो चरणको घरदैलो अभीयान सकीसकेका सिनपा बडा नम्वर १ का अध्यक्षका उम्मेदवार रमेस मल्ल, सदस्यका उम्मेदवारहरु मिनबहादुर गुरुङ्ग, राजकीसोर यादव, मानवती हरीजन, हरीमाया गुरुङ्गले पनि मेयर उपमेयरसगै दोस्रो चरणको घरदैलो सुरु गरेका छन् ।
मेयर–उपमेयर सहीतको घरदैलोमा उत्साहजनक सहभागीता रहेको र नेपाली कााग्रेस प्रति सिद्धार्थनगरका सचिव सजींव सर्मा रेग्मीले बताए ।
यता पहीलो चरणको घरदैलो कार्यक्रम सकीसेका नेपाली कााग्रेस सिद्धार्थनगर बडा अध्यक्ष तथा सदस्यका उम्मेदवारहरु भने आन्तरीक भेटघाट र मतदाता सिक्षामा केन्द्रीत भएका छन् । बडा नं १२ का अध्यक्ष करुणजगं श्रेष्ठ, १३ का सोमबाहदुर गुरुङ्ग (सेते) ले पनि शुक्रवार आ आफ्नो क्षेत्रमा घरदैलो गरेका थिए । बडा नं २ का अध्यक्षका उम्मेदवार जगजिवन पाठक, ३ का चन्द्रवली यादव, ४ का नरेन्द्र रौनीयार, ५ का पुरन प्रसाद श्रेष्ठ, ६ का धिरेन्द्र श्रीवास्तव, ७ का भिमसेन कर्मचार्य, ८ का राजनजगं राणाा, ९ का श्याम खानाल, १० का बिजय नाथ धवल, ११ का राजेस्वर यादव पनि नियमीत रुपमा घरदैलो र मतदाता भेटघाटमा ब्यस्त छन् ।

LEAVE A REPLY