राप्रपाको भैरहवामा शक्ति प्रदर्शन

भैरहवा, २६ जेठ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी सिद्धार्थनगरले शुक्रबार भैरहवामा शक्ति प्रदर्शन गरेको छ । आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गरी शक्ति प्रदर्शन गरेको राप्रपाले जनाएको छ ।
वडा नं. ३ मा रहेको पार्टी कार्यालयबाट सुरु भएको र्‍याली बैंकरोड, मिलनचोक, नारायणस्थान, बर्मेलीटोल, बुद्धचोक, लुम्बिनीरोड हुादै वडा नं. ८ को प्रचार कार्यालयमा गएर कोण सभामा परिणत भएको थियो ।
कोण सभालाई सम्बोधन गर्दै पार्टीका केन्द्रिय उपाध्यक्ष दीपक बोहराले सिद्धार्थनगरको विजयीमा कसैले रोक्न नसक्ने बताउनुभयो । उहााले यहााको विकास निर्माण र आर्थिक समृद्धिका लागि राप्रपाको जित अपरिहार्य भएको बताउनुभयो ।
मेयरपदका उम्मेदवार सागरप्रताप राणाले विगतमा आफू नगरको मेयर हुादा थुप्रै विकासका काम गरेका बताउादै आगामी दिनमा सिद्धार्थनगरलाई पर्यटकीय नगरी बनाउन आफ्नो जित आवश्यक रहेको बताउनुभयो । र्‍यालीमा पार्टीका सयौं कार्यकर्ता सहभागी थिए ।

LEAVE A REPLY