गाडी चढ्न र कुर्सीमा बस्न होइन्, विकास गर्न उम्मेदवार बनेको हु: अधिकारी

भैरहवालाई शैक्षिक हब बनाउाछौं: एमाले उम्मेदवार स्वयंसेविकाको भत्ता बृद्धि गछौं

??

भैरहवा जेठ २७
नेकपा एमाले सिद्धार्थनगर नगरपालिकाका मेयर पदका उम्मेदवार हरिप्रसाद अधिकारीले आफू चिल्लो गाढी चढ्न र घुम्ने कुर्सीमा बस्न उम्मेदवार नभएको बताउनु भएको छ ।
शनिबार भैरहवामा एमाले वडा नं. ८ प्रचार प्रसार कमिटीले आयोजना गरेको मतदाताहरुसागको अन्तरक्रियामा बोल्दै अधिकारीले आफूसाग अनुभव र स्पष्ट खाका भएकाले नगरमा केही गरौं भन्ने उद्देश्यकासाथ मेयरको उम्मेदवार बनेको बताउनु भयो ।
‘म ०४८ र ०५४ सालमा वडाअध्यक्ष र उपमेयर हुादा व्यक्तिगत फाइदा हेरेको भए आज सन्यासी जस्तो हुनु पर्ने थिएन’, अधिकारीले भन्नुभयो– ‘मेरो लवाई, खवाई र आर्थिक अवस्थालाई हेरेर मूल्यांकन गर्नुहोस् सन्यासी हुा की सम्पन्नता हुा ।’ नगरको समग्र विकास गर्नेे योजना र चाहना अनुरुप आफू अगाडि बढेको बताउादै उहााले नगरको विकास भन्दा आफ्नो फाइदा हेर्ने जनप्रतिनिधि र कर्मचारीकै कारण नगरको विकास हुन नसकेको बताउनुभयो ।
‘यहााभन्दा पछि घोषणा भएका छिमेकी गाउापालिका र नगरपालिका हेर्नुहोस्, आज बजेट, पूर्वाधार, स्रोत र साधनमा कति सम्पनता छन्’, उहााले भन्नुभयो– ‘बजेट पनि यहाा नै थोरै आउाछ, नदी नाला, स्रोत र साधन पनि यही कम छ । कसरी विकासु हुन्छ । त्यसका लागि नगरपालिकाको क्षेत्र बढाएर उपमहानगर बनाई स्रोत र साधनको व्यवस्था गर्नुपर्ने उहााको भनाई छ ।
०५४ सालमा आफू उपमेयर हुादा तत्कालीन मेयरले सहयोग नगर्दा पााच वर्ष विताउन पचास वर्ष विताए जस्तो भएको बताउादै उहााले कयौं पटक मेयरले गरेका गलत निर्णयमा हस्ताक्षर गर्न मन नलागेपछि माइन्यूट च्यातेर फालेको समेत बताउनुभयो । उहााले आफूले जिते जनताकै सहभागिता आफ्ना ६५ बुादे प्रतिबद्धतालाई कार्यान्वयन गर्ने जनाउनुभयो ।
उपमेयरकी उम्मेदवार उमा काफ्लेले हिजो एडिवि बजेट ल्याउन हुन्न भन्ने र एकीकृत सम्पत्ति करको विरोध गर्नेहरु आज एडिविको बजेट र एकीकृत सम्पत्ति कर आफूहरुले सुरु गरेको भन्दै गलत प्रचारप्रसार गरी जनतालाई भ्रममा पार्न खोजेको बताउनुभयो । उहााले जनमतको कदर गर्न नसक्नेले कहिल्यै विकासको काम गर्न नसक्ने बताउादै यहााको विकासका लागि एमालेको जित आवश्यक रहेको बताउनुभयो ।
वडा नं. ८ का अध्यक्षका उम्मेदवार राजेन्द्रप्रसाद पन्थीले एमालेको जितले मात्र वडा र नगरको विकास हुने बताउनु भयो । सहभागिहरुले एमालेको नीति सही भएको बताउादै जितपछि जनभावना समेटेर काम गर्न अनुरोध गरेका थिए । तारापति भण्डारीको अध्यक्षता, अरुण पन्थीको संचालनमा भएको उक्त कार्यक्रममा वडा सदस्यका उम्मेदवार, निर्वाचन परिचालन कमिटीका सदस्य जीवलाल अर्याल, भरतकुमार पोखरेल र वडा नं. ८ का सयौं मतदाताहरुको सहभागिता रहेको थियो ।

भैरहवालाई शैक्षिक हब बनाउाछौं: एमाले उम्मेदवार
यसैबीच मेयर र उपमेयर पदका उम्मेदवारहरुले भैरहवालाई शैक्षिक हब बनाउने घोषणा गरेका छन् ।
भैरहवामा सञ्चालित निजी विद्यालयहरुद्वारा शनिबार यहाा आयोजित कार्यक्रममा बोल्दै मेयर पदका प्रत्यासी हरिप्रसाद अधिकारीले शिक्षा क्षेत्रको व्यवस्थापनको जिम्मेवारी पनि अब स्थानीय तहमा आएकाले निजी विद्यालयहरुको समस्या समाधान गरी शैक्षिक हबको रुपमा स्थापित गर्न विशेष पहल गर्ने बताउनु भयो । उपमेयर पदकी उमेदवार उमा काफ्लेले शैक्षिक गुणस्तरमा भैरहवा आफै शैक्षिक केन्द्र हुादाहुादै पनि दैनिक हजारौ विद्यार्थी बुटवल तथा अन्यत्र पढ्न जानु दु:खद् राम्रो सन्देश नभएको बताउादै गुणस्तरीय शिक्षा प्रदान गर्नेगरी भैरहवामै शैक्षिक प्रतिष्ठानको व्यवस्थापनमा सघाउने प्रतिबद्धता जनाउनुभयो ।
प्याब्सन नेपालका केन्द्रिय सदस्य विष्णु पन्थीले भैरहवा क्षेत्रका अविभावकहरुले यहांका विद्यालयले प्रदान गर्ने गुणस्तरीय शिक्षाप्रति राजनीतिक दलले विश्वास व्यक्त गर्नुपर्नेमा जोड दिनुभयो । उहााले एमालेको नीति र सिद्धान्तले बैज्ञानिक तथा ब्यवहारीक शिक्षामा जोड दिएकोले आसन्न स्थानीय तहको निर्वाचनमा संस्थागत विद्यालयहरुले एमाले उम्मेदवारको पक्षमा माहौल सृजना गर्ने बताउनुभयो ।
प्याब्सन पूर्व केन्द्रीय उपाध्यक्ष ज्ञानदेव हटुवालले विद्यालय शान्ति क्षेत्र भएकोले समय सापेक्षा शिक्षा प्रदान गर्नका लागी एमालेले लिएको नीति र सिद्धान्त ठीक भएको बताउादै स्थानीय तहमा एमाले उम्मेदवारले शिक्षाप्रति गर्ने सम्मानजनक व्यवहारको कारण सम्पूर्ण शिक्षाप्रेमीहरु एमाले उम्मेदवारलाई जिताउन लागि परेको जनाउनुभयो ।
कार्यक्रममा एमालेको तर्फबाट वडा नम्बर ८ का अध्यक्ष पदका उमेदवार राजेन्द्र प्रसाद पन्थी, वडा नम्बर ९ का अध्यक्ष पदका उमेदवार शेषकान्त भण्डारी, १२ नम्बर वडाका अध्यक्ष पदका उमेदवार घनेन्द्र विक्रम पाण्डेले भैरहवा क्षेत्रमा सस्तो र सर्वसुलभ मूल्यमा बैज्ञानिक र समयसापेक्ष शिक्षा प्राप्तीका लागी असार १४ गते हुने निर्वाचनमा सिद्धार्थनगर नगरपालिकामा एमालेका उम्मेदवारलाई मतादान गर्न सबै शिक्षक तथा प्राचार्यलाई आग्रह गर्नुभएको थियो ।
प्याब्सन रुपन्देहीका सचिव लक्ष्मण ज्ञवालीको सञ्चालनमा भएको कार्यक्रममा उपाध्यक्ष महेश भूर्तेलले राजनीतिक दलका नेताहरुले आफ्ना छोराछोरीलाई भैरहवामा नै सञ्चालित विद्यालय तथा कलेजमा पढाउन आग्रह गर्नुभएको थियो । एमाले सिद्धार्थनगरले एक महिना अगाडी जारी गरेको आफ्नो ६५ बुादे घोषणा पत्रको ५७ र ५८ नम्बर बुादामा शिक्षा क्षेत्रलाई सम्बोधन गरेको छ ।

स्वयंसेविकाको भत्ता बृद्धि गछौं
यस्तै मेयर र उपमेयर पदका उम्मेदवारले सिद्धार्थनगरमा कार्यरत स्वयंसेविकाहरुको समस्या समाधा गर्न आफूहरुले कुनै कसर बााकी नराख्ने बताउनुभएको छ ।
भैरहवा शनिबार भएको अन्तरक्रियामा बोल्दै मेयरका उम्मेदवार हरिप्रसाद अधिकारीले जनसरोकारको विषयमा लामो समयदेखि सेवारत स्वयंसेविकाहरुको पारिश्रमिक समय सान्दर्भिक नभएको भन्दै आफूले जिते सेवासुविधा र तलब भत्ता बृद्धि गर्ने बताउनुभएको छ । उपमेयर उम्मेदवार उमा काफ्लेले एउटा दिवश पारेर दुईचार सय भत्ता दिएर मात्रै स्वयंसेविकाको सम्मान नहुने बताउादै स्वास्थ्य क्षेत्रमा उनीहरुले खेलेको भूमिकाको सही कदर गरिने बताउनु भयो । उहााले प्रत्येक वर्ष पुरस्कार व्यवस्था गरी उनीहरुलाई सम्मानपूर्वक सेवा गर्ने वातावरणको सिर्जना गरिने बताउनु भयो । अन्त्रर क्रियामा सिद्धार्थनगरमा कार्यरत स्वयंसेविकाहरुको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY