काग्रेस पडसरी गाउ सभापतिको राजिनामा

भैरहवा ३ असार,
नेपाली काग्रेसको पडसरी गाउ समिती कार्यालयको सभापतिले आफ्नो पदबाट राजिनामा दिएका छन् । उम्मेदवारी चयनको विषयमा असुन्तुष्टि जनाउदै बाबुराम पौडले सभापति पदबाट राजिनामा दिएका हुन् ।
उनले ओमसतिया गाउपालिका वडा नम्बर एकबाट सिफारिस गरिएका वडा अध्यक्ष लगायत ४ जना सदस्यमा एक जना सदस्य मात्र कायम राखी अन्यम नामवली रद्द गरी आफु खुशी नाम चयन गरेको दिएको कारण राजनिमा दिएको बताए ।
आफु खुशी गरिएको निर्णय सच्याउने विषयमा जानकारी गराउादा समेत जिल्ला समितीले कुनै वास्ता नगर्दा पदबाट राजिनामा दिनुपरेको बताए ।
गाउ समितीको सिफारिसको न्यायिक पुनरावलोकनका लागि पुन अनुरोध गर्दै पार्टी विधी विधान मर्यादा संगाठनिक र अधिकार प्रति गरिएको ठाडो हस्तक्षेप जिल्ला नेतृत्वले पनि टुलुटुलु हरेर बस्ने केही गर्न नसक्ने हो भने टुलुटुलु हेरेर पदमा बस्नु गाउा समिती र यहााका जनताको अपमान ठानी सभापति पदबाट राजिनामा दिएको भन्ने राजिनामा पत्रमा उल्लेख गरिएको छ ।

LEAVE A REPLY