नमुना बाल बिकास केन्द्रमा नमुनाको सहयोग ।

भैरहवा भदौ ३०,
वाल दिवसका अवसरमा नमुना एकिकृत बिकास परिषद भैरहवाले सिदार्थनगर नगरपालीका वडानं ९ मा रहेको नमुना बाल बिकास केन्द्रमा रहेका बालबालीकाहरुलाई ब्याक्ती सरसफाई तथा शैक्षिक सामाग्री बितरण गरीएको छ ।
सिदार्थनगर नगरपालीकाका मेयर हरी प्रसाद अधिकारीको प्रमुख आथित्यतामा शैक्षिक सामाग्रीहरु बितरण गरीएको थियो । सो अवसरमा बालबालीकाहरुलाई शैक्षिक सामाग्री बितरण गर्दै नगर प्रमुख अधिकारीले नगरको बिकासमा सहयोग गर्न सबै संघ संस्थाहरुलाई पांच बर्षे कार्य योजना लिएर आउन आग्रह गरेका थिए ।
कार्यक्रममा नमुना एकिकृत बिकास परिषदी अध्यक्ष ज्ञानु पौडेलले समुदायमा आधारीत बाल बिकास केन्द्र नगरपालीका भित्रको बाल बिकास केन्द्र रहेको बताउदै यस संस्थामा सहयोग गर्न पांउदा खुसी लागेको बताउनु भयो । नमुनाको बिषेश सहयोगमा संञ्चालनमा रहेको बाल बिकास केन्द्र बाट हाल सम्म २ सय छचास बढी बालबालीकाले सामान्य शिक्षा लिई अध्ययनका लागी बिध्यालय जान सुरु गरेको बताउनु भयो ।
नमुना एकिकत बिकास परिषदी अध्यक्ष ज्ञानु पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सिदार्थनगर नगरपालीकाका उपमेयर उमा काप्ले , महिला तथा बालबालीका कार्यालय रुपन्देही प्रमुख शारदा बस्याल , सिदार्थनगर नगरपालीका वडानं ९ का वडाअध्यक्ष शेशकान्त भण्डारी लगायतले बोल्दै बाल बिकास केन्द्रका लागी भवन आबस्यक रहेकोमा जोड दिएका थिए । उक्त बाल बिकास केन्द्रमा हाल बिस जना बालबालीका अध्ययनरत रहेका छन् भने भवन अभावमा स्थानीयले आ आप्नौ घरको बरण्डा पालै पालो उपलब्ध गराउदै आएका छन् ।

LEAVE A REPLY