जन चेतना आधारभूत विद्यालयद्वारा जननिर्वाचित प्रतिनिधिलाई स्वागत

भैरहवा असोज २
जनचेतना आधारभूत विद्यालय राहिणी ३, रुपन्देहीले एक कार्यक्रमबिच जननिर्वाचित प्रतिनिधिहरुलाई स्वागत तथा बधाई कार्यक्रम सम्पन्न गरेको छ ।
सोमबार विद्यालयमा आयोजित कार्यक्रममा जिल्ल समन्वय समितिका उपसभापति पशुपति यादव, रोहिणी गाउापालिका प्रमुख सनोज यादव, वडा नं. ३ का वार्ड अध्यक्ष वीरबहादुर क्षेत्री र सदस्यहरुलाई विद्यालयले सम्मान गरेको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि उपसभापति पशुपति यादवले विद्यालयलाई सहयोगको लागि सधै तत्पर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । विशिष्ट अतिथि गाउा पालिका प्रमुख सनोज कुमार यादवले ५ वर्षभित्र गाउपालिकाभित्र रहेका सबै विद्यालयहरुको स्तर उन्नति गरिने बताउनुभयो । वडा अध्यक्ष वीरबहादुर क्षेत्रीले बालबालिका भोलिका कर्णधार भएकाले बालबालिकाहरुमा नै लगानी गर्नुपर्ने बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मिलन यादवको सभापतित्व, प्रधानाध्यापक लक्ष्मी जि.सी.को स्वागत तथा शिक्षक अनिल यादवको सञ्चालनमा सम्पन्न कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष शम्भुनाथ चौधरी, माआवादी केन्द्रका वार्ड संयोजक रामगोपाल चौधरी, रामनरेश माध्यमिक विद्यालयका अध्यक्ष राज कुमार यादवलगायतले शुभकामना दिनुभयो ।

LEAVE A REPLY