नेपाल राष्ट्रिय शिक्षक संगठन सिद्धार्थनगरको प्रथम अधिवेशन सम्पन्न ।

भैरहवा असोज २
नेपाल राष्ट्रिय शिक्षक संगठन सिद्धार्थनगरको नगर समितिको प्रथम अधिवेशन सम्पन्न भएको छ । रुपन्देहीको साविक क्षेत्र नं. २ का नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष देवी प्रसाद न्यौपानेको अध्यक्षयता एवंम जिल्ला अध्यक्षय रिषिश्वर अर्यालको प्रमुख आतिथ्यमा नगर समिति गठन गरिएको छ ।
जस्को अध्यक्षय देवि प्रसाद न्यौपाने, महिला अध्यक्ष पवित्रा कोईराला, उपाध्यक्ष लाल बाहादुर बरै, सचिब रामकाजी क्षेत्री, कोषाध्यक्ष पिताम्बर पन्थ, सहसचिव सुनिता शर्मा, सहकोषाध्यक्ष राधा शर्मा, सदस्यहरुमा क्रमश बसन्त कुमार बस्नेत, प्रभास आचार्य, प्रेमराज मरासिनी, धूर्व प्रसाद ज्ञवाली ,हरि प्रसाद हरिजन रहेका छन भने महिला सदस्यहरुमा बसन्ती पाण्डेय, सुनिता गौतम, बिष्णु क्षेत्री र संस्थागत विद्यालयतर्फ मन्जु पाण्डेय एंवम पिन्टु चौधरी सर्वसम्मत रुपमा निर्वचित भएका छन् ।
सोही समारोहमा कृष्णचन्द्र बस्यालको अध्यक्षतामा ओमसतिया गाउँपालिका गाउँसमिति समेत गठन गरिएको छ । रुपन्देही शिक्षक युनियनका सदस्य कृष्णचन्द्र बस्यालको सञ्चालन तथा पवित्रा कोईरालाको स्वागतमा सम्पन्न अद्यिवेशनमा शिक्षक युनियनका रुपन्देहीका उपाध्यक्ष डिल्लीराज भण्डारीको संयोजकत्वमा बसन्त खनाल र बिमा दुवे रहेको निर्वाचन मण्डलले उक्त सम्पूर्ण पदाद्यिकारीहरुलाई निर्विरोध निर्वाचन गरेको नवनिर्वाचित नगर अध्यक्ष देवि प्रसाद न्यौपानेले जनाउनु भएको छ ।
सो कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय प्रतिनिधि मोतिलाल सुबेदी, यूनियनका डिल्लराज भण्डारी, संगठनका जिल्ला सचिव चण्डी प्रसाद पाण्डेय, जिल्ला अध्यक्ष एंवम अद्यिवेशनका प्रमुख अतिथि रिषिश्वर अर्याल, देवि प्रसाद न्यौपान,े लालबहादुर बरै लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो ।

LEAVE A REPLY