ग्रामीण क्षेत्रमा शिक्षा र स्वास्थ्यमा काम गर्ने लुम्बिनीमा दयाराम हेल्प फाउण्डेसन स्थापना

भैरहवा कात्तिक ११,
ग्रामीण क्षेत्रमा शिक्षा र स्वास्थ्यमा काम गर्ने प्रमुख उद्देश्यका साथ रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका १ मा दयाराम हेल्प फाउण्डेसन स्थापना गरिएको छ ।
साविक भगवानपुर गाविसका पूर्व अध्यक्ष एवं समाजसेवी स्वर्गीय दयाराम यादवको नामबाट उहााकी छोरी पुनिता यादवले संस्था स्थापना गर्नु भएको हो । फाउन्डेसन स्थापना कार्यक्रममा बोल्दै यादवले लुम्बिनी क्षेत्रलाई शिक्षा स्वास्थ्य मार्फत् अगाडी बढाउने बुवाको चाहाना र अभियानलाई आफूले पुरा गर्न लागेको बताउनुभयो । उहाको अल्पआयुमै निधन भएपछि अभियान रोकिएको थियो अब मैले पुरा गर्छु यादवले भन्नुभयो । संस्थाका उपाध्यक्ष सिवकुमार यादवले यादवको अभियानलाई सार्थक गर्न अहिले छोरी पुनिता जुट्नु भएकाले सबैले साथ दिनु पर्ने बताउनुभयो ।
कार्यक्रममा लुम्बिनी सांस्कृतिक नगरपालिकाका मेयर मनमोहन चौधरीले दयाराम फाउन्डेसनसग नगरपालिकाले हातेमालो गरेर अगाडि बढ्ने बताउनुभयो । दयाराम समाजसेवी भएको बताउादै चौधरीले दयारामको सामाजिक कार्यबाट धेरैले पाठ सिक्नु पर्ने धारणा राख्नुभयो । रुपन्देहीका प्रहरी प्रमुख श्याम ज्ञवालीले जसले समाजका लागि केही काम गर्छ त्यो नै सामाजिक व्यक्तित्व भएको बताउनुभयो । उहाले प्रहरीको तर्फबाट फाउन्डेसनलाई भरिपूर्ण सहयोग गर्ने बताउनुभयो । विपन्न वर्गको उत्थानका लागि फाउन्डेसन कोसेढुंगा सावित हुनेमा प्रहरी प्रमुख ज्ञवालीले आफू विश्वस्त रहेको औल्याउनुभयो ।
यादवका ६ छोरी मात्र हुन् । यि मध्ये पुनिता जेठी हुनुहुन्छ । हाल अस्ट्रेलियामा बस्दै आउनुभएकी उहााले गाउमा स्वास्थ्यको पहुाच पुर्‍याउने र खासगरी युवतीहरुलाई शिक्षा आर्जन गर्न सहयोग गर्ने उद्देश्यले संस्था स्थापना गर्नुभएको हो । सो अवसरमा विपन्न परिवारका सदस्यहरुलाई जाडो मौसमका लागि बलाङ्केट वितरण समेत गरिएको थियो । फाउन्डेसनले केही दिनमै एम्बुलेन्स समेत संचालनमा ल्याउने जनाएको छ ।

LEAVE A REPLY