भाष्करानन्द माया शर्मा अक्षय कोषद्धारा १८ जना बिध्यार्थीहरुलाई छात्रबृद्धी प्रदान ।

पत्रकार ज्ञवाली सम्मानित

भैरहवा कात्तिक ११
भाष्करानन्द माया शर्मा अक्षय कोषद्धारा यस बर्ष १८ जना गरिब तथा जेहेन्दार बिध्यार्थिहरुले छात्रबृद्धी प्राप्त गरेका छन् । शनिबार भैरहवामा एक कार्यक्रमको आयोजना गरी छात्रबृति बितरण तथा पत्रकार सम्मान कार्यक्रम सम्पन्न भएको छ । सो अवसरमा लामो समय देखी पत्रकारिताका क्षेत्रमा सकृय पत्रकार अरुण ज्ञवालीलाई नगद संगै सम्मान पत्रले सम्मानीत गरीएको छ । साथै छात्रबृद्धी प्राप्त गर्ने बिध्यार्थीहरुलाई पांच हजार देखी दश हजार सम्म कक्षा तहका आधारमा छात्रबृद्धी प्रदान गरिएको छ ।

लुम्बिनि खबर अर्ध साप्ताहिकका समाचार सायोजक पत्रकार अरुण ज्ञवाली लाई नगद र सम्मान पत्र सहित भाष्करानन्द माया शर्मा अक्षय कोषका अध्यक्ष बि एन शर्माले सम्मान गरेका थिए । त्यसैगरी छात्रबृति पाउने छात्र छात्रामा प्राबि तर्फ सुसास्कृत माबीका सुदिल हरिजन,लक्ष्मण मुखिया,मनकामना बोर्डिड स्कुलका रोहित बाल्मीकी र काशि नोबल एकेडमीकी प्रिति धवल रहेका छन ।
त्यसैगरी निमाबी तर्फ सु सास्कृत माबीका बिशाल गुप्ता, महात्मा बुद्ध माबीका पुजा बानिया,निकिता यादब,रुपन्देहीका लिलाराम माबीका दया श्रेष्ठ,फयुचर लाईट माबीका प्रशान्त काफले,मोर्डन पब्लिकका आकाश अग्रहरी,मनकामना ईडलिशका सन्दिप आले, र नेपाल नालन्दाका अनिषा शायबुद्धिन रहेका छन । त्यस्तै माबि तर्फ रुपन्देही लिलाराम माबीका रमेश कोहार, भानु माबीका उपेन्द्र कुमार मुराउ,रुपन्देही लिलाराम माबीका प्रशान्त कुमार गुप्ता, रोजी चौधरी,सु सास्कृत माबीका मुस्कान ठाकुर र मुन लाईट आबासिय माबीका बिशाल हरिजन रहेका छन ।
उक्त अवसरमा बोल्ने बक्ताहरुले सिद्धार्थनगरमा शिक्षा क्षेत्रको बिकाशमा भाष्करानन्द शर्मा बि एन र माया शर्माको बिशिष्ठ योगदान रहेको चर्चा गर्दै स्वर्गिय माया शर्माको निधन पछि भाष्करानन्द शर्माले अक्षय कोष स्थापना गरी गरिब जेहेन्दार बिद्यार्थीका लागी अतुलनिय कार्य गरेकोमा प्रशशाा गरेका थिए । कार्यक्रममा सिद्धार्थनगर नगर पालिकाका प्रमुख हरि प्रसाद अधिकारीले शिक्षा क्षेत्रमा भाष्करानन्द र माया शर्माले पुराएको योगदानको उच्च मूल्यााकन गरिनुपर्नै बताए ।
उनले नयाा सोच र चिन्तनका साथ शिक्षा क्षेत्रलाई अगाडी बढाउन सबैको सहयोग आवश्यक रहेको चर्चा गर्दै सिद्धार्थनगरका रहेका सामुदायिक बिद्यालय लाई सहयोग गर्न नगरपालिका सधै अग्रसर हुने बताए । अधिकारीले सामुदायिक बिद्यालयको शिक्षाको स्तर खस्कदै गएकोमा चिन्ता समेत ब्यक्त गरे । नगर उप प्रमुख उमा काफलेले भाष्करानन्द माया शर्मा अक्षय कोषले साचारकर्मीको सम्मान र गरिब जेहेनन्दार बिद्यार्थीलाई प्रत्येक बर्ष छात्रबृति प्रदान गर्नै कार्य गरेर पुन्य कार्य गरेको बताईन । उनले बिगत केही बर्ष यता शिक्षा क्षेत्रमा केही बिकृती बिसागती बढेकोमा चिन्ता ब्यक्त गर्दै त्यसका बिरुद्ध सबै समुदाय अगाडी आउनु पर्नैमा जोड दिईन ।
भाष्करानन्द माया शर्मा अक्षय कोषका अध्यक्ष बि एन शर्माको अध्यक्षता,उपाध्यक्ष भिम प्रसाद लामिछानेको स्वागत र सल्लाहकार के बी गुरुडको सचालनमा साम्पन्न कार्यक्रममा शिक्षाबिद बालकृष्ण भटराई, मायादेबी गााउपालिका वार्ड न ८ का अध्यक्ष चोप बहादुर कुावर, नमुना एकिकृत बिकाष परिषदकी अध्यक्ष ज्ञानु पौडेल, सामुहिक बिद्यालय परिवारका अध्यक्ष प्रेम पौडेल, बौद्धिक अपाङ्ग अभिवावक सघ रुपन्देहीका अध्यक्ष बाबुराम शर्मा, लुम्बिनि प्रेश क्लबका उपाध्यक्ष दिपेश पछाई,पत्रकार अरुण ज्ञवाली अभिवावक बुद्धिराम हरिजन, मानार्थ सदस्य देबीदत्त ज्ञवाली, बिद्यार्थीद्धय मुस्कान ठाकुर, प्रशान्त काफले लगायतले अक्षय कोष र छात्रबृतीका बारेमा बोलेका थिए ।

LEAVE A REPLY