मोन्टेश्वरी एशोसिएसन भैरहवा गठन ।

भैरहवा कात्तिक १४
मोन्टेश्वरी विद्यालयहरुको सााझा संस्था मोन्टेश्वरी एशोसिएसन भैरहवा गठन भएको छ ।
भैरहवामा छरिएर रहेका मन्टेश्वरी स्कुल, पूर्व–प्राथमिक विद्यालयहरुलाई आवद्ध गर्दै संस्थागत तथा व्यबसायिक विकास, नीजि लगानीको सुरक्षा र संरक्षणलाई प्रमुख प्राथमिकताका साथ अगाडि बढाउदै सिप तथा क्षमता विकासलाई सहयोग पुर्याउन तथा समग्र बालबालिकाहरुको चौतर्फि विकास , गुणस्तरिय शिक्षा र सेवा प्रदान गर्ने उद्देश्य सहित मन्टेश्वरी एसोसियशन भैरहवा गठन भएको हो ।
विभिन्न मन्टेश्वरी स्कूलका संस्थापकहरुको भेलाबाट टाइनी टोडलर्स मन्टेश्वरीका प्रिन्सिपल अनामिका बस्यालको अध्यक्षतामा मन्टेश्वरी एशोसिएन भैरहवा तदर्थ समिति चयन गरिएको छ । समितिको उपाध्यक्षमा लिटिल बुद्ध मन्टेश्वरी स्कूलका प्रिन्सिपल उर्मिला सिलवाल, सचिवमा न्यू रोज मन्टेश्वरी स्कुलका प्रिन्सिपल ईशा खडका, कोषाध्यक्षमा टाईनी टोडलर्सका संस्थापक राम मनोहर जयसवाल, सहसचिवमा ड्रिम ल्याण्ड मोन्टेश्वरीका प्रमुख गंगा भुुसाल चयन हुनु भएको छ । यस्तै सदस्यहरुमा बाल नेत्र एकेडमीका प्रिन्सिपल माधवी गुरुङ, बेबी स्टार मोन्टेश्वरीका प्रिन्सिपल दिपीका अधिकारी, सिद्धार्थ यूरो किड्सका प्रमुख प्रतिष्ठा चालिसे मल्ल, हेभेन्ली किड्स क्याम्पसका प्रिन्सिपल रचना क्षेत्री , बेबी स्टार मोन्टेश्वरीका सहायक प्रिन्सिपल विनिता पाण्डे चयन हुनु भएको छ । तदर्थ समितिले संस्थाको विधान बनाई विधिवतरुपमा दर्ता गरिसकेको अध्यक्ष बस्यालले बताउनु भयो । साथै एशोसियशनले कार्यालय स्थापना र यहा संचालित अन्य मन्टेश्वरी स्कूल बीच समन्वय गरि सदस्यता प्रदान गर्ने सबैको हकहितका लागि संस्थालाई बलियो बनाएर केन्द्रसम्म पूर्‍याउने बताउनु भयो ।
सम्पूर्ण मन्टेश्वरी स्कूलहरु एक ढिक्का भई अगाडि बढ्नुपर्ने आजको आवश्यकता भएको ठहर गर्दै संस्थाको स्थापना पश्चात् शैक्षिक जगतमा थप एक आयाम थपिने, विद्यार्थी, संस्थाको हकहित र संरक्षणका साथै शैक्षिक गुणस्तर अभिबृद्धिका लागि मन्टेश्वरी एशोसिएशन भैरहवा प्रतिबद्ध भएर काम गर्ने उपाध्यक्ष सिलवालले बताउनु भयो । यही शुक्रबार बालबालिकाको साइकलोजी अभिबृद्धिका लागि काठडमाण्डौाबाट ट्रेनर ल्याएर सेमिनार र शनिबार यहा भएका बालबालिकामा भएको विविध प्रतिभालाई प्रस्फुटन गर्ने उद्देश्यले टयालेन्ट शो (कला प्रदर्शनी) गर्दै छौ ।

LEAVE A REPLY