मर्चवार क्षेत्रको बिकास काँग्रेसले गर्छ ः यादव

भैरहवा कात्तिक २४
आगामी मसिंर २१ गते हुने प्रतिनीधी सभाकालागी रुपन्देही क्षेत्र नं ४ मा काँग्रेसबाट उम्मेदवार बनेका प्रमोद यादवले मर्चवार क्षेत्रको बिकासकालागी काँग्रेसको बिकल्प नरहेको बताएका छन् । शुक्रवार मायादेवि गाउँपालीकामा अगुवा कार्यकर्तालाई सम्वोधन यादवले मर्चवार र ४ नम्मवर क्षेत्रले खोजेको उर्जासिल र नयाँ अनुहारको चाहाना अनुसार आफुहरुको उम्मेदवारी परेकाले जित शुनिश्चीत रहेको समेत बताए ।
पटक–पटक मर्चवारबाट जितेर पनि मर्चवारको बिकास गर्न नसक्नेलाई यसपटक जनताले विस्वास नगर्ने उनले बताए ।
मर्चवारबासिहरु अहीले पनि शिक्षा, स्वास्थ्य जस्ता आधारभुत आवश्यकता बाट समेत बञ्चीत हुनु परेको भन्दै अव काँग्रेस उम्मेदवारलाई जिताएपछि मर्चवार वासी न्युनतम सुविधाबाट समेत बञ्चीत हुनु पर्ने अवस्था नआउने दावी यादवको थियो ।
यो चुनाव सामान्य नभई लोकतन्त्रलाई जोगाउनेकी फेरी लोकतन्त्रलाई खतरामा पार्ने भन्ने दुई धारबिचको जनमत जस्तै भएकाले पनि जनताले यसपटक बिबेक पुर्याएर लोकतन्त्रको पक्षमा मतदान गर्नु पर्ने उनले बताए ।
यस्तै प्रदेस सभा १ का उम्मेदवार अष्टभुजा पाठकले एउटै ब्यक्तीको विस्वासमा पर्दा मर्चवार वासीले धेरै पटक धोका खाएकाले यसपटक जनता झुक्कीन नहुने तर्फ सचेत गराए । उनले मर्चवार र ४ नम्वर क्षेत्रको बिकासकालागी काँग्रेस उम्मेदवारलाई जिताउनुको बिकल्प नरहेको दोर्याए ।
जनताले बिकास चाहेको र जन चाहाना अनुसारको बिकासको सम्वोधन आफुहरुबाट मात्र सम्भंव रहेको उनले बताए । प्रदेस सभा २ का उम्मेदवार वसिउद्दीन खाँ लोकतन्त्र रक्षा र स्थानीय स्तरमा बिकासकालागी पार्टी भित्रका सामान्य असन्तुष्टिलाई बिर्षीएर एक जुट भएर लाग्नु पर्ने बेला आएको बताए । काँग्रेसबाट मात्र मुलका सम्बृद्धी र लोकतन्त्रको रक्षा सभंव भएकाले आफु यो पटक जुनसुकै हालतमा पनि काँग्रेसले जित हासिल गर्नु पर्नेमा जोड दिए । सो अवसरमा सघिंय समाजबादी फोरमबाट स्थानीय तह निर्वाचनमा मायादेवि गाँउपालीकाका अध्यक्षका उम्मेदवार हरी कुमार चौधरी काँग्रेस प्रबेस गरेका थिए । हिमाल–पहाड जोड्ने, सवै बर्गा समुदाय र जातजाती अट्न सक्ने पार्टी काँग्रेस भएकाले उनले आफु पार्टी प्रबेस गरेको बताए ।

LEAVE A REPLY