उद्योग व्यापार संगठन रूपन्देहीको आयोजनामा भैरहवामा बिहिबार देखी पर्यटन महोत्सव

सम्पुर्ण तयारी पुरा , ४ सय स्टल दर्ता । ३ लाख दर्शक र ६० करोड कारोबारको लक्ष्य

भैरहवा कात्तिक २९,
‘राष्ट्रिय स्वाधिनताको लागि राष्ट्रिय अर्थतन्त्र ः राष्ट्रिय अर्थतन्त्रका लागि राष्ट्रिय औद्योगिकरण तथा व्यापार विविधिकरण’ मूल नाराका साथ बिहिबार देखी भैरहवामा सुरु हुन लागेको पर्यटन महोत्सवको सबै तयारी पुरा भएको छ ।
उद्योग व्यापार संगठन रूपन्देहीको आयोजनामा हुन लागेकोे महोत्सवमा करिब ४ सय स्टल रहेका मेला आयोजक संस्थाका अध्यक्ष नारायण प्रसाद भण्डारीले बताए । स्वदेशी उत्पादनको बजार प्रवद्र्धन, उद्योगी र उपभोक्ता बीच प्रत्यक्ष सम्पर्क स्थापित गराउने, उद्योगीहरुमा प्रतिस्पर्धी क्षमता बृद्धि गर्न प्रेरित गर्ने, रुपन्देहीमा उद्योग, व्यापार, कृषि र पर्यटनको विकास र प्रवद्र्धनमा योगदान पु¥याउने लक्ष्यसहित मेला आयोजना भण्डारीले बताए । ‘मेलालाई व्यवस्थित र विगतका भन्दा स्तरीय बनाउन र उपभोक्ता एवं दर्शकलाई सन्तुष्ट बनाउन कुनै कसर बांकी नराखेको उनले बताए ।
राष्ट्रिय साना तथा घरेलु उद्योग र व्यापारको प्रोत्साहन तथा प्रबद्र्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको चौथो राष्ट्रिय औद्योगिक व्यापार मेला कृषि तथा पर्यटन महोत्सव–२०७४ उद्योगका १ सय १०, व्यापारका १ सय २५, होटल÷रेष्टुरां १५, सूचना प्रविधि २०, अटोमोबाइल्स २५, कृषिका ४०, पर्यटनका ५ र बांकी संघसंस्था र प्रायोजकका स्टलहरु रहने मेला सचिवालयले जनाएको छ । मेलाको उदघाटन अघि बिहिबार बिहान साढे ८ बजे देवकोटा चोकबाट वृहत औद्योगिक जनचेतना ¥याली निकालिने र सो ¥याली मेलास्थलमा आइसके पछि मेलाको उद्घाटन गर्ने कार्यक्रम रहेको ¥याली संयोजक टिकाराम भट्टराईले जानकारी दिए ।

मेलाको आकर्षणको रुपमा यसपटक मेला प्रवेशद्वरा ड्रागनको मुखाकृतिमा द्धार बनाइएको छ । त्यसैगरी मायादेवी मन्दिरको आकृतिमा मन्दीर बनाइएको छ । यस्तै दिनहुं राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति,महिला तथा पुरुष कुस्ती, डीजे नाइट, फेशन शो, जिल्लास्तरीय खुल्ला नृत्य प्रतियोगिता, भोजपुरी कलाकारको प्रस्तुति, लुम्बिनी दर्शन प्याकेज टुर, सेल्फी जोन, बाल उद्यान आदि मेलाको मुख्य आकर्षणको रुपमा रहने संगठनका उपाध्यक्ष गिरिशचन्द्र त्रिपाठीले जानकारी दिए ।

मेलामा उद्योग, व्यापार, कृषि र पर्यटन सम्बन्धी अन्तरक्रियात्मक गोष्ठी गरिने संगठनका महासचिव अनिल ज्ञवालीले बताए । स्थायी प्रदर्शनी स्थल र संरचना नहुंदा जग्गा व्यवस्थापन र अस्थायी संरचना निर्माणमा झण्डै एक करोड खर्च गर्नुपरेको यसपटकको मेलामा ६० करोड रुपैयांको आर्थिक कारोबार हुने लक्ष्य रहेको संगठनका कोषाध्यक्ष सचिन रोक्काले जानकारी दिए । मेलाको प्रवेश टिकट सर्वसाधारणलाई ६० रुपैयां,विद्यार्थी एवं ६० वर्षमाथिकालाई ४० रुपैयां र समूहमा आउनेलाई ३० रुपैयां, ७० वर्ष माथिका र अपांगता भएकालाई निशुल्क प्रवेशको व्यवस्था गरिएको संगठनकी उपाध्यक्ष उषाकिरण गुरुङले जानकारी दिइन् । महोत्सवको आकर्षकको रुपमा रहेको हाल सम्म नेपालमै नबनाइएको आधुनिक तरिकाको (ड्रागनको मुखबाट प्रबेश गर्ने) गेट निर्माण, मायादेवी मन्दिर निर्माण, स्टलहरु निर्माण, माछापोखरी निर्माण भएका छन् । महोत्सवमा करिब ३ लाख दर्शकले अवलोकन गर्ने र कम्तीमा ५० देखि ६० करोड सम्मको कारोवार हुने अपेक्षा राखिएको छ ।

LEAVE A REPLY