केपिएम एजुकेशन मधवलीयामा अन्तराष्ट्रि मापदण्डको युनिफाईड स्र्पोट्स एकेडमी संञ्चालन हुने

भैरहवा मंसिर २,
केपिएम एजुकेशन प्राली मधवलीयाले युनिफाईड स्र्पोट्स एकेडमी संञ्चालनमा ल्याएको छ । एकेडमीले पत्रकार सम्मेलनको आयोजना गरी एकेडमीमा प्रशिक्षण लिएका खेलाडीहरुले ओलम्पीकमा सहभागीता जनाउने बताएको छ ।
बिषेशत बौद्धीक अपाङ्गगता भएका बिध्यार्थीहरुलाई सहभागीता गराईने ओलम्पीक कमिटीका पदाधिकारी दिब्या तिवारीले बताईन । केपिएम एकेडमीको भौतीक पुर्वाधार स्तरीय भएकै कारण उपत्यका बाहीर युनिफाईड स्र्पोट्स एकेडमी संञ्चालनका लागी अनुमती दिएको उनले बताईन । शारिरिक अपाङ्गगता भएका बालबालीका बाहेक अन्य अपाङ्गगता भएका बिध्यार्थीहरुलाई केपिएम एकेडमीमा अध्ययनरत बिध्यार्थीहरु संगको समन्वयमा उनिहरुलाई पढाईका साथ साथ खेलकुदमा सहभागीता गराईने छ । दुई देखी सात बर्षका बालबालीकाहरुलाई प्रशिक्षण दिई आठ बर्ष उमेर पुगेपछि ओलम्पीकमा सहभागीता गराईने एकेडमीका अध्यक्ष अमित गोयन्काले जानकारी दिए । ओलम्पीकमा फुटवल , बुची र एथलेटिक्सका खेलहरु खेलाईने छ । यस अगाडी सन २०१५ मा भएको ओलम्पीक अव दुई बर्ष पछि सन २०१९ मा हुने छ । एकेडमीमा भर्ना हुन चाहने बालबालीकाहरुलाई अभिभावक आफैले ल्याउन सक्ने छन्र भने एकेडमीको गाडी सुबिधा पनि रहने छ । बिध्यार्थीहरुलाई प्रयोगात्मक र उनिहरुको चाहना अनुसारनै अध्ययन र खेलमा सहभागी गराईने गोयन्काले जानकारी दिए ।

LEAVE A REPLY