भैरहवामा जारी महोत्सवमा दर्सकको चाप बढ्दै ,आइतबारदेखि कुस्ती प्रतियोगिता हुने

भैरहवा मंसिर २
भैरहवामा सुरु भएको चौथो राष्ट्रिय औद्योगिक व्यापार मेलामा क्रमिक रुपमा दर्शकहरु बढ्न सुरु गरेको छ । शनिबार तेस्रो दिन २५ हजार बढी दर्शकहरुले महोत्सवको अवलोकन गरेका मेला सचिवालयले जानकारी दिएको छ ।
राष्ट्रिय स्वाधिनताको लागि राष्ट्रिय अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्र निर्माणको लागि राष्ट्रिय औद्योगिकरण तथा व्यापार विविधकरण भन्ने नाराका साथ यही कार्तिक ३० गतेदेखि भैरहवामा शुरु भएको चौथो राष्ट्रिय औद्योगिक व्यापार मेलामा सुरु भएको थियो ।
शनिबार बिदाको दिन भएकाले दर्शकको चाप बढी भएको थियो । बिहान ११ बजेदेखि महोत्सव स्थलमा प्रबेस गरेका दर्शकहरु सांझ ४ बजेसम्म निरन्तर प्रबेस गरेपछि महोत्सव प्रबेसद्वार बाहिर राखिएका ६ वटा टिकट काउन्टरबाट टिकट बिक्री गर्न सम्भव नभएपछि आयोजक संस्थाका महासचिव तथा महोत्सव सचिवालय संयोजक अनिलकुमार ज्ञवालीको नेत्रीत्वमा १० जनाले काउण्टर बाहिरबाटै टिकट बिक्री बितरण गरेको मुल आयोजक समिति संयोजक नारायण प्रसाद भण्डारीले बताए ।
विगतका महोत्सवहरुमा बिदाको दिन धेरै दर्सकहरु आउने भएको हुंदा टिकट काट्न समस्या परेको महसुस गर्दै यस महोत्सवमा दर्सकहरुलाइ सहज होस भन्ने हेतुले काउण्टर भन्दा बाहिरबाटपनि टिकट बिक्री गरिएको उनले बताए । शनिबार मात्र अत्यधिक दर्शकहरुको सहभागिता भएपछि कारोबारपनि पनि बृद्धी भएको मेला सचिवालले जानकारी दिएको छ । बिषेशत अटोमोबाईल्स क्षेत्रका गाडीहरुको बिक्री भएका कारण मेलामा कारोबाको रकम बढेको छ । शनिबार मात्र १० करोडको हाराहारीमा कारोबार भएको संयोजक भण्डारीले बताए । बिहिबार पुर्व प्रधानमन्त्री पुस्पकमल दाहाल प्रचण्डले उद्घाटन गरी सुरुवात गरेको चौथो औद्योगिक महोत्सवमा उद्घाटनको दिन र शुक्रबार दोस्रो दिनपनि दर्सकहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
भैरहवामा आयोजना हुने महोत्सवहरुको इतिहास रच्दै यसपटकको महोत्सवमा ४ सय भन्दा बढी स्टलहरु दर्ता गर्न सफल भएको आयोजक संस्था उद्योग व्यापार संगठनले महोत्सवमा लिएको ६० करोड आर्थिक कारोबार र ३ लाख दर्सकको लक्ष्यपनि पुरा गर्ने आधार शनिबारको महोत्सवले तय गरेको आयोजकको विस्वास छ ।
महोत्सवमा प्रदर्सन गरिएको बनको राजा भनेर चिनिने राउटे, नेपालमै पहिलोपटक ड्राइगनको मुखाकृत प्रबेसद्वार, आकर्षक स्टेज, मायांदेवी मन्दिर, सेल्फी स्पेस लगायतमा दर्सकले रुचि राखेको सांस्कीर्तिक संयोजक गिरिष चन्द्र त्रिपाठीले बताए ।
शनिबार महोत्सवमा उपस्थित दर्सकहरुलाइ कलाकारहरु काली प्रसाद बास्कोटा, शिरिष देवकोटा, मिना निरौला, हास्य कलाकार रासी रिसाल लगायतले मनोरन्जन दिएका थिए । महोत्सवमा आयोजना गरिएको जिल्ला स्तरिय नृत्य प्रतियोगिताले पनि दर्सकको मुहारमा खुसियाली छाएको थियो ।
यसैबीच चौथो राष्ट्रिय औद्योगिक व्यापार मेला कृषि तथा पर्यटन महोत्सवमा आइतबार देखि कुस्ती प्रतियोगिताको आयोजना गरिएको आयोजकले जनाएको छ । महिला तथा पुरुषहरु बीचको कुस्ती प्रतियोगितामा विभिन्न स्थानका ४० जना प्रतियोगिहरुको सहभागिता रहने कुस्ती व्यवस्थापन समिति संयोजक प्रभु यादवले बताए । कपिलवस्तु, नवलपरासी, मर्चवार, भारतको गोरखपुर, बनारस र अयोध्या लगायतका क्षेत्रबाट ५ जना महिला र ३५ जना पुरुष प्रतिस्पर्धिहरु बीच गुस्ती प्रतियोगिता हुने उनले बताए । प्रतियोगिता आइतबार, सोमबार र मंगलबार गरी तीनदिन सम्म चल्ने छ ।
कुस्ती प्रतियोगिताको साथमा आइतबार आधुनिक गायक हिमाल सागर, लोक तथा दोहोरी गायक रामजी खांड, हास्य कलाकार माइला बा लगायतको पनि प्रस्तुती रहने सांस्कृतिक संयोजक गिरिषचन्द्र त्रिपाठीले बताए ।

LEAVE A REPLY