भैरहवा मेलामा कुस्तीको रौनक शुरु ,भारतीयमाथि नेपाली पहलमानको जित

भैरहवा मंसिर ३,
उधोग ब्यापार संगठन रुपन्देहीको आयोजनामा भैरहवामा जारी चौथो राष्ट्रिय औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सवमा आइतबारदेखि महिला तथा पुरुष कुस्ती शुरु भएको छ । कुस्ती प्रतियोगिताको मेला आयोजक मूल समिति संयोजक नारायणप्रसाद भण्डारीले उद्घाटन गरेका हुन् । आइतबार भएका कुस्ती खेलहरुमा भारतीय पहलमानमाथि नेपालका पहलमानहरु हावी भएका छन् । आइतबार पुरुष कुस्तीतर्फ गोरखपुरका अनिललाई नवलपरासी पिपरहवाका इन्द्रकेशले पराजित गरेका छन् । कानपुरका बजरंगीलाई नवलपरासीकै वैजनाथले जितेका छन् । यस्तै महाराजगंजका राजेशलाई नवलपरासी पिपरहियाकै इन्द्रकेशले हराएका छन् । लखनउका धर्मवीरलाई रुपन्देही सिलौटियाका धर्मेन्द्रले जितेका छन् ।
उद्योग व्यापार संगठन रूपन्देहीले २०६६ सालमा पहिलोपटक भैरहवा मेलामा कुस्ती प्रतियोगिता भित्राएको संगठनका अध्यक्ष नारायणप्रसाद भण्डारी बताउंछन् । ‘कुस्ती खेलको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले २०६६ सालदेखि हरेक मेलामा निरन्तरता दिएका छौं’–अध्यक्ष भण्डारीले भने । मंसिर ५ गतेसम्म चल्ने कुस्ती दंगल प्रतियोगितामा सोमबार एक दर्जन खेल हुने संयोजक प्रभु यादवले जानकारी दिए । यस्तै मेलामा उट नाचले पनि दर्शकलाई मनोरन्जन दिलाएको छ भने विश्वकै सबैभन्दा कम जनसंख्या भएको लोपोन्मुख राउटे जातिको भेषभुषा र कला संस्कृति हेर्न पनि दर्शकहरु झुम्मिने गरेका छन् । आइतबार चर्चित लोकदोहोरी गायक रामजी खांण र आधुनिक गायक हिमाल सागरले संगीतपारखी दर्शकलाई मनोरन्जन दिलाए भने हास्य कलाकार माइलाबाको पनि प्रस्तुति रहेको थियो । आइतबार डान्स आइडलको टप १२ को प्रस्तुति रह्यो जसबाट २ जना बाहिरिएका छन् । मंसिर ११ गतेसम्म चल्ने मेलामा उद्योग, ब्यापार, होटल÷रेष्टुरां, सूचना प्रविधि , अटोमोबाइल्स, कृषि, पर्यटन र संघसंस्था तथा प्रायोजकका गरी करिब चारसय स्टल रहेका छन्

LEAVE A REPLY