भैरहवामा जारी राष्ट्रिय रोट्रर्‍याक कप सुपर सिक्सको उपाधि सैनामैनालाई ।

भैरहवा मंसिर १६,
रोट्रर्‍याक क्लब अफ सेनट्रल लुम्बिनी को आयोजनामा भैरहवामा जारी राष्ट्रिय रोट्रर्‍याक कप सुपर सिक्स प्रतियोगिताको उपाधी रोट्रर्‍याक क्लब अफ सैनामैनाले जितेको छ । सैनामैनाले रोट्रर्‍याक क्लब अफ बुटवललाई ९१ रनले पराजित गरेको आयोजक क्लबका अध्यक्ष दिनेश पौडेलले बताए । प्रतियोगीतामा म्यान अफ द टुनामेन्ट रोट्रर्‍याक क्लब अफ बुटवल साउथका महेन्द्र सुबेदी भएका थिए । प्रतियोगीताका बिजयी खेलाडीहरुलाई खेलका मुख्य प्रायोजक केटिएम ईन्फोसेस कन्सलटेन्सी बुटवल शाखाका म्यानेजर अमित पौडेल , रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त बिक्रम मल्ल , रोटरि क्बल अफ सेन्ट्ल लुम्बिनीका बिमल सेन्चुरी , लगायतले सम्युक्तरुपमा पुरस्कार तथा प्रमाणपत्र बितरण गर्नु भएको थियो । बिजयी टिकले नगद पचास हजार सहित मेडल तथा प्रमाणपत्र , तथा उपबिजेताले बिस हजार नगद तथा प्रमाणपत्र प्राप्त गरेका थिए ।
राष्ट्रियस्तर सुपर सिक्स क्रिकेट नक आउट टुर्नामेन्ट रोट्रर्‍याक कप मा १६ टिमले सहभागिता जनाएका थिए । रोट्रर्‍याकका सदस्यहरु मात्र सहभागी हुने प्रतियोगितालाई नकआउट पक्रिया अनुसार खेलाइएको थियो । विगतका वर्षमा अन्य क्षेत्रमा काम गर्दै आएको संंस्थाले पहिलो पटक राष्ट्रिय स्तरका सुपर सिक्स प्रतियोगिता गर्न लागेको हो । रोट्रर्‍याकहरुको क्रिकेट प्रतिभाहरुलाई प्रस्फुटन गर्ने उद्देश्यले रााष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गरिएकोमा यसले समग्र क्रिकेटको विकास गर्ने, सामाजिक क्षेत्रमा क्रियाशिल युवाहरु बिचमा आपसी भाइचारा स्थापित गर्दै,सम्बन्ध बिकास हुने रोट्रर्‍याक क्लब अफ सेनट्रल लुम्बिनी अध्यक्ष दिनेश पौडलले बताए । प्रतियोगितामा आयोजक रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनी ‘ए’, रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनी ‘बि’, रोट्रयाक्ट क्लब अफ लुम्बिनी सिद्धार्थनगर, रोट्रयाक्ट क्लब अफ सैनामैना, रोट्रयाक्ट क्लब अफ तिनाउसिटी, रोट्रयाक्ट क्लब अफ क्षितिज ईन्टरनेशनल, रोट्रयाक्ट क्लब अफ कपिलबस्तु, रोट्रयाक्ट क्लब अफ बुटवल, रोट्रयाक्ट क्लब अफ तिलोत्तमा देबदह, रोट्रयाक्ट क्लब अफ लुम्बिनी बाणिज्य क्याम्पस, रोट्रयाक्ट क्लब अफ भैरहवा, रोट्रयाक्ट क्लब अफ तिलोत्तमा रुपन्देही रोट्रयाक्ट क्लब अफ बुटवल साउथ, रोट्रयाक्ट क्लब अफ तुलसीपुर(दांग), रोट्रयाक्ट क्लब अफ रुपन्देही र रोट्रयाक्ट क्लब अफ बुटवल डाउनटाउनको सहभागिता रहेको थियो । कार्यक्रम क्लबका अध्यक्ष दिनेश पौडेलको अध्यक्षता सुरज गौतमको संयोजन र खेमराज उपाध्यायको संचालनमा सम्पन्न भएको थियो ।

LEAVE A REPLY